Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • विकृतिविरुद्ध बोल्नै नहुने ?
विकृतिविरुद्ध बोल्नै नहुने ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २९, २०७६
Hardik health
लोकतान्त्रिक गणतन्त्रले अन्ततः कानुनको धज्जी उडाउने भएको छ । कानुनी राज्यको कल्पना गर्ने व्यवस्थाले आज विकृतिविरुद्ध आवाज निकाल्दा मारिनु परेको छ । विकृतिको विरुद्ध आवाज उठाउँदा ज्यान नै गुमाउनु पर्याे भने जनता कहाँ सुरक्षित छन् ? प्रहरीले नेताले जस्तै शान्ति सुरक्षा दिएको भनेर भाषण गर्दै हिँड्छन् । प्रहरी सडकमा भाषण गदै हिँड्ने मात्र होइन, सरुवा बढुवा हुनका लागि नेताहरूको खुट्टा मोल्दै आएको देखिन्छ । जनताको सुरक्षाको जिम्मा लिएको प्रहरीले आफ्नो व्यक्तिगत स्वार्थमा मात्र अल्झिने हो भने उसले पदमा बस्ने नैतिक अधिकार गुमाएको छ । तर, उसले यस्तो महसुस गर्दैन बरु अपराधीलाई संरक्षण गरेको भनेर छाती फूलाएर हिँडेको पाइन्छ । प्रहरीको यस्तो गलत काममा राज्यले स्यावासी दिन्छ । राज्य सञ्चालन तहका व्यक्तिहरूले नै अपराधीहरूलाई संरक्षण गर्न निर्देशन दिन्छन् । प्रहरी पनि यहि गलत काम गर्दा मख्ख देखिन्छ । ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन् रोक्ने क्रममा ट्रिपरले किचेर हत्या गरिन्छन् । साधारण व्यक्ति सुरक्षित छैनन् । अपराध गर्नेहरू सधैँ प्रहरी र मुख्यगरी राज्य सञ्चालनका तहबाट नै संरक्षित हुँदा उनीहरूको मनोबल बढेको देखिन्छ । ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन्विरुद्ध बोल्नेको वास्तविक दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ । तर, यसको वास्तविक हत्यारासम्म पुग्ने हैसियत प्रहरीसँग छैन । हत्या प्रकरणमा संलग्न व्यक्तिलाई सजाय मात्रै दिनेभन्दा पनि अब कहिलै त्यस्तो हुँदैन भनेर सुनिश्चित गर्नुपर्ने बेला प्रहरीले नै पीडितलाई सजाय दिने काममा पछि हट्दैनन् । प्रहरीले उनै गलत प्रहरीलाई बढुवा गरेर पुरस्कृत गरेको पाइन्छ । राज्य सञ्चालक र प्रहरीको यो उद्दण्डता रोक्ने कस्ले ? हिजो राजाबाट यस्तो काम हुँदा राजाका विरुद्ध कुर्लनेहरू आज राज्य सञ्चालन तहमा पुगेका छन् । उनीहरूबाट पनि उहि राजाको पथ अंगीकार गरेको देखिन्छ । सरकारले क्रसर उद्योग सञ्चालकलाई छाडा छाड्दिएको छ । हिजो राजाका विरुद्ध विरोध गर्न पाइन्थ्यो तर आज सरकारको विरुद्ध बोल्नेहरू ५ वर्ष कैद र १५ लाख रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । अहिलेका छोटेराजाले राजाभन्दा बढी निरंकुशता ल्याएका छन् । सरकार र उसका मतियारहरूले गरेको गलत कामको विरोध गर्दा हत्या गरिनु अत्यन्तै ठूलो गलत काम भएको छ । त्यस घटनामा प्रहरी प्रशासन उदासीन देखिएको छ । हत्याराको खोजी गर्न प्रहरी असक्षम छन् । प्रहरीले व्यक्तिगत स्वार्थ र नेताहरूको गुलामी गर्नुभन्दा अर्को केही गरेको छैन । कानुन हातमा लिएर अपराधीको संरक्षण गर्दै जाने प्रहरीबाट अब जनता सुरक्षित हुनै सक्दैनन् । जनताले छाक काटेर तिरेको करबाट तलब भत्ता खाने र उहि अपराधी र भ्रष्टाचारीलाई मात्र संरक्षण दिने हो भने प्रहरी प्रशासनमाथि अब प्रश्न उठाउनै पर्ने भएको छ । यसबाट राज्यमा सरकार छ, प्रहरी प्रशासन छ, प्रहरी प्रशासनप्रति विश्वास गर्ने वा नगर्ने अन्योल उत्पन्न भएको छ । यहि कुरा बाहिर गर्ने हो भने प्रहरीबाट तिनैमाथि मुद्दा पर्न सक्छ । पहुँचको आधारमा प्रहरी प्रशासनले काम गर्न थालेको देखिन्छ । व्यक्ति हत्या हुँदा, व्यक्तिमाथि सार्वजनिक रूपमा आक्रमण हुँदा पनि प्रहरीले चासो लिँदैन भने प्रहरी प्रशासनको काम के ? अब सरकारले जनतालाई उत्तर दिनैपर्छ ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  ०६:३९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP