Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • चोलेन्द्रको बयानको अन्तर्य
चोलेन्द्रको बयानको अन्तर्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १६, २०७९
Hardik health
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिन सुरु गरेको छ । बुधबार उनीसँग समितिले चरा घण्टा बयान लियो । बिहीबार थप बयान लिनेछ । राणासँगको बयानका लागि समितिले ४३ वटा प्रश्न तयार पारेको छ । यसमध्ये बुधबार चारवटा मात्र प्रश्न सोधिएका छन् । उनले समितिलाई उत्तर मात्र दिएनन्, केही प्रतिप्रश्न पनि गरे । सबभन्दा मुख्य कुरा उनले आफूमाथिको महाभियोगको प्रतिवाद गर्ने क्रममा न्यायपालिका र कार्यपालिकामाथि केही संगीन आरोप लगाए भने केही गम्भीर खुलासासमेत गरे । राणाले आफूमाथि महाभियोग ल्याइनुको मुख्य कारण ललितानिवास प्रकरणमा फैसलाको मिति तोकिनु भएको दाबी गरे । कात्तिक १५ गते ललितानिवास प्रकरणमा अन्तिम फैसला सुनाउने मिति तोकेपछि नै आफूविरुद्ध आन्दोलन थालिएको र त्यसपछि महाभियोग ल्याइएको उनको दाबी छ । उक्त प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने माग गरिएको थियो । राणाले समितिसँगको बयानका क्रममा पूर्वप्रधानन्यायाधीश, नेपाल बार एसोसिएसनका पदाधिकारी र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीमाथि संगीन आरोप लगाए । उनीहरूले न्यायाधीश नियुक्तिमा भाग मागेको र आफूअनुकूल फैसला गर्न दबाब दिएको आरोप लगाए । प्रधानन्यायाधीशबाट निवृत्त भइसकेपछि पनि कल्याण श्रेष्ठ र सुशीला कार्कीले अदालत चलाउन खोजेको उनको आरोप छ । नेपाल बारका पूर्वपदाधिकारीले उच्च अदालतको न्यायाधीश मागेको र सर्वोच्च अदालत बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले मुद्दा मिलाइदिनुपर्ने कुरा राखेको राणाको आरोप छ । नेपाल बारका पूर्वअध्यक्ष, वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र पूर्वमहासचिव लिलामणि पौडेलले उच्च अदालतमा न्यायाधीश मागेको राणाले उल्लेख गरे । त्यतिमात्र होइन राणाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई परमादेशमार्फत सत्ताच्युत गर्ने सन्दर्भमा सर्वोच्च अदालतको संवैधानिक इजलासका कतिपय न्यायाधीशहरुलाई आश्वासन दिइएको खुलासा पनि गरे । तत्कालीन संवैधानिक इजलासका अध्यक्षसमेत रहेका राणाले केही न्यायाधीशलाई आश्वासन दिएकै कारण असार २८ (२०७८) को फैसला आएको दाबी गरे । राणाले बयानका क्रममा सर्वोच्च अदालतका अन्य न्यायाधीशमाथि व्यक्तिगत आरोप लगाएका छन् । महाभियोग सिफारिस समितिका सदस्यहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा राणाले न्यायाधीश हरिकृष्ण कार्कीले आफूलाई मन लागेका मुद्दा मात्रै हेर्ने गरेको र मन नलागेका मुद्दा आए ‘हेर्न मिल्दैन’ भनेर पन्छिने गरेको बताए । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र लगत्तै हुनेवाला प्रधानन्यायाधीश हरिकृष्णका बारेमा मात्र होइन त्यसपछिका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतका विषयमासमेत राणाले बोलेका छन् । राउत नैतिक, आर्थिक र चारित्रिकरूपमा पतित व्यक्ति भएको भन्दै यस्ता व्यक्तिहरू आफ्नो विरुद्धमा लागेको राणाको टिप्पणी छ । राणाले राउतमाथि इजलास हेर्दाहेर्दै राखेर निस्किने, रक्सी खाएर मात्नेदेखि श्रीमतीमाथि हिंसा गरेर डिभोर्स गर्न लगाउनेसम्मका आरोप लगाए । राणाले वरिष्ठतम् न्यायाधीश (हालका कामु प्रधानन्यायाधीश) दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अस्वीकार गर्दा आफूमाथि महाभियोग लगाइएको दाबी गरे । आफूमाथि लागेको महाभियोगको प्रतिरक्षा गर्ने क्रममा राणाले गरेका यी खुलासाहरू सामान्य होइनन् । प्रधानन्यायाधीशबाट भएका यसप्रकारका खुलासाले नेपालको न्यायक्षेत्रको चित्र उदांगो भएको छ । राणाले आफूले सफाइ पाउनका लागि फगत आरोपमात्र लगाएका हुन् भने बेग्लै कुरा नभए सर्वोच्चको नेतृत्व गरिसकेको व्यक्तिबाट आएका यी कुरालाई सामान्यरूपमा लिनै हुँदैन । यी विषयमा थप छानबिन र अनुसन्धान हुन जरुरी छ । यी विषयलाई यत्तिकै ‘फासफुस’ पार्नुहुँदैन । राणाले बाँकी बयान के दिन्छन्, सिफारिस समितिले के गर्छ, प्रतिनिधिसभाले महाभियोग अनुमोदन गर्छ, गर्दैन ? त्यो भविष्यकै गर्भमा छ । तर, वर्तमान सत्ता समीकरणको अवस्था हेर्दा केही सांगोपांगो चित्र त आएको छ । यद्यपि, यो नै पूर्ण भने होइन । र, राणाको बयानले पनि यसमा थप सोच्नुपर्ने बनाएको छ । मुख्य कुरा त चोलेन्द्रले बयानका क्रममा गरेको टिप्पणी र खुलासा हुन् । यसलाई यत्तिकै छाड्नै हुँदैन । थप अनुसन्धान र छानबिनको विषय बनाउनैपर्छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  ०९:३२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP