दोहा– रोजगारीको सिलसिलामा कुवेत पुगेकी एक नेपाली चेलीको मृत्यु भएको छ । घरेलु कामदारका रूपमा कार्यरत मोरङ घर भएकी कुमारी राजवंशीको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको हो ।
मृतक राजवंशी नेपाल फर्कने तयारीमा रहेकी थिइन् । सुरुमा हाउसमेडमा आएकी उनी पछिल्लो समय गैरकानुनी रूपमा अन्यत्र काम गर्थिन् । अवैधानिक भएकाले उनी पछिल्लो समय डिपोर्टेसनमार्फत घर फर्कन आप्रवासी सेल्टरमा थिइन् ।
एक्कासि बेहोस भएकी उनलाई तत्कालै स्थानीय फर्बानिया अस्पतालमा पु¥याइएको थियो । चेकजाँच गर्दा मृगौला, पिसाब र छातीमा समस्या देखिएपछि उनको आइसियु कक्षमा उपचार भइरहेको थियो ।
मृतक राजबंशीको शव परिवारसँग समन्वय गरेर नेपाल पठाउने तयारी भइरहेको कुबेतस्थित नेपाली नेपाली दूताबासका तृतीय सचिव मनोजकुमार सिंहले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६ ०५:२४