Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • त्रिविमा सधैंको बेथिति
त्रिविमा सधैंको बेथिति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १५, २०७९
Hardik health
देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय अनेक उतारचढावबाट गुज्रिरहेको छ । बौद्धिक, प्राज्ञिक, दक्ष जनशक्ति उत्पादनको प्रमुख थलोका रुपमा रहेको त्रिवि अहिले आफैं थला परिरहेको छ । भद्रगोल बनेको छ । अनेक राजनीतिक दाउपेचको मारमा परेको त्रिवि घिसिपिटी गरिरहेको छ । त्रिवि कहिले विद्यार्थी संगठनको झडपस्थल बन्छ, कहिले प्राध्यापकमाथि आक्रमणमा उत्रिन्छन् त्यहीँका विद्यार्थी । भद्रगोल व्यवस्थापन र राजनीतिक दाउपेचको केन्द्र बन्दा त्रिविको शाख गुम्न थालेको छ । पछिल्लो समय त्रिविका पदाधिकारीले सुरक्षा थ्रेट रहेको भन्दै निजी सुरक्षाकर्मी माग्न थालेका छन् । योभन्दा लाजमर्दो विषय के हुन सक्छ ? प्राज्ञिक व्यक्ति उत्पादन गर्ने थलोका पदाधिकारी त्यहीँभित्रबाट असुरक्षित महसुस गर्नु हाम्रो प्राज्ञिक क्षेत्रकै गम्भीर विषय हो । उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले त्रिविका पदाधिकारीलाई असुरक्षा भएको भन्दै गृह मन्त्रालयसँग निजी सुरक्षा अधिकारी (पिएसओ)को नै माग गरेका छन् । गत शुक्रबार आफूहरूमाथि भौतिक आक्रमणको खतरा रहेको भन्दै त्रिविका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिस्ट्रारले निजी सुरक्षा अधिकृत (पिएसओ) माग गरे । त्रिवि पदाधिकारीलाई दैनिक फोन गरी धम्क्याउने, गाली बेइज्जती गर्ने, सडकको बीचमा बसी आक्रमण गर्ने शैलीमा प्रस्तुत हुने, प्रचलित कानुनले निषेध गरेका शब्दहरू प्रयोग गरी मोबाइलमा सन्देश पठाउने तथा कार्यालय प्रवेशमा अवरोध गर्ने काम निरन्तर गरिएको उनीहरुको भनाइ छ । दैनिक कार्यालय र सार्वजनिक काममा उपस्थित हुँदासमेत भौतिकरूपमा नै आक्रमण हुने सम्भावना रहेकाले त्रिवि उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारलाई दुई÷दुईजना निजी सुरक्षा अधिकृत (पिएसओ)को व्यवस्था गरेर शान्तिपूर्ण रूपमा कामकारबाही गर्ने वातावरण मिलाइदिन भनिएको छ । आाइतबार त्रिवि परिसरमा पत्रकार सम्मेलन गर्दै त्रिवि पदाधिकारीहरूले तालाबन्दी र तोडफोड निरन्तर गरिएका कारण आफूहरूलाई काम गर्नै कठिन भएको र अप्रिय निर्णय लिनुपर्ने अवस्था सिर्जना भएको बताएका थिए । त्रिविका उपकुलपतिको कार्यालय, रेक्टर, रजिस्ट्रार, व्यवस्थापन संकायको डीन र कृषि डीन गरी छ वटा कार्यालयमा तालाबन्दी जारी छ । नेपाल विद्यार्थी संघ त्रिविले उपकुलपति बाँस्कोटालाई हुबहु प्रश्नपत्र निकाल्ने कार्यमा संग्लग्नहरुको नाम सार्वजनिक गर्न भन्दै मुख्य माग राखेको छ । त्रिविको प्रश्नपत्रमा हुने लापरवाही बन्द गर्नुपर्ने, छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, परीक्षाफल समयमै प्रकाशन गर्नुपर्ने, बिबिएको प्रश्नपत्रमाथि छानबिनका लागि पूर्वप्राध्यापकहरूलाई नियुक्त गर्नुपर्ने नेविसंघको माग छ । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले भने त्रिभुवन विश्वविद्यालयमा नेविसंघले गर्ने क्रियाकलाप खेदजनक भएको बताएको छ । नेविसंघले त्रिविमा लगाएका ताला फोड्नुपर्ने, शैक्षिक संस्थालाई बन्धक बनाउन नहुने र उच्छृंखल गतिविधि गर्न नहुने भन्दै नेविसंघविरुद्ध उत्रिएको थियो । प्रजातान्त्रिक प्राध्यापक संघ भने विद्यार्थीको पक्षमा उभिएको छ । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय देशको उच्च शिक्षा प्रदान गर्ने सबैभन्दा पुरानो ठूलो प्रतिष्ठित प्राज्ञिक संस्था भएको जनाएको छ । तर, त्रिविका वर्तमान पदाधिकारीहरुले विश्वविद्यालयलाई राजनीतिक नेतृत्वको संरक्षणमा बन्धक बनाइएको संघको आरोप छ । त्रिविका कुनै पनि गतिविधि शैक्षिक गुणस्तरको पक्षमा नरहेको संघको आरोप छ । जसले जे भनोस्, त्रिवि लामो समयदेखि राजनीतिक दाउपेचको केन्द्र बनेको छ । दल र संगठनहरुले आफ्नो स्वार्थसिद्धिका लागि त्रिविलाई प्रयोग गर्ने गरिरहेका छन् । राजनीतिक नेतृत्वले फरक–फरक रुपमा त्यहाँका पदाधिकारीलाई बोक्ने गरेका कारण समस्या भएको छ । अब त्रिविको समस्या तत्काल समाधान गर्नुपर्छ । शैक्षिक धरोहर र प्राज्ञिक जनशक्ति उत्पादनको केन्द्रलाई खण्डहर बनाउन हुँदैन ।
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  ०९:१६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP