Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • आयोगले खुट्टा नकमाओस्
आयोगले खुट्टा नकमाओस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १४, २०७९
Hardik health
सरकारले आउँदो मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै निर्वाचन आयोगले तयारीलाई तीव्रता दिएको छ । नेपाल प्रहरीले म्यादी प्रहरी भर्नाको तयारी गरेको छ भने सरकारका अन्य निकाय पनि चुनावको तयारीमा तीव्ररूपमा जुटेका छन् ।निर्वाचन आयोगले चुनावका लागि बनाएको आचारसंहिता सोमबार सार्वजनिक गरेको छ । आयोगले निर्वाचन कार्यतालिका स्वीकृत, प्रत्यक्ष र समानुपातिकतर्फका लागि दल दर्ता आह्वानदेखि, मतदाता नामावली अद्यावधिक र आचारसंहिता निर्माणको काम सम्पन्न गरिसकेको छ । आयोगले तयार पारेको आचारसंहिता सोमबार राजपत्रमा प्रकाशित भएको हो । र, अब आयोगले निर्णय गरेका दिनदेखि यो आचारसंहिता लागू हुनेछ । आयोगले तयार पारेको आचारसंहितामा धेरैजसो विषय अघिल्ला निर्वाचनहरूमा बनाएका आचारसंहितामै समेटिएका छन् भने केही नयाँ विषय पनि थपिएका छन् । जस्तो, स्थानीय तहका जनप्रतिनिधिले प्रचारप्रसार गर्न नपाउने भएका छन् । प्रधानमन्त्रीदेखि मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्री र स्थानीय कार्यपालिका तथा त्यसका पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको छ । निर्वाचनमा आफैं उम्मेदवार भएका प्रधानमन्त्री, मन्त्री प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीले आफँ उम्मेदवार भएको क्षेत्रमा मात्र प्रचारप्रसार गर्न पाउने व्यवस्था नयाँ हुन् । यसअघि यस्ता व्यवस्था गरिएको थिएन । यसैगरी, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूले आफ्नो सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था पनि आयोगले पहिलोपटक गरेको छ । आचारसंहितामा भएको व्यवस्था अनुसार, उम्मेदवारहरूले आफ्नो वैयक्तिक विवरणसमेत पेस गर्नुपर्नेछ । आयोगले आचारसंहितामा समेटेको अर्को गज्जबको विषय हो खर्चको स्रोत खुलाउनुपर्ने । निर्वाचनमा मनोनयनपत्र दर्ता गर्ने उम्मेदवारहरूले आफँले गर्ने सम्भावित खर्च र त्यसको स्रोतसमेत खुलाउनुपर्ने आयोगको आचारसंहिता उल्लेख छ । मनोनयनका क्रममा नै उम्मेदवारहरूले छुट्टै खाता खोलेर खाता सञ्चालन गर्ने प्रतिनिधिको विवरणसमेत बुझाउनुपर्नेछ । उम्मेदवारले सम्बन्धित प्रतिनिधिबाहेक अरूबाट खर्च गर्न पाउने छैनन् । यस्तै, राजनीतिक दलहरूले पनि निर्वाचन प्रचारप्रसारका लागि छुट्टै खाता खोलेर निश्चित प्रतिनिधिमार्फत खर्च गर्नुपर्नेछ । आचारसंहिता अनुसार २५ हजार रुपैयाँभन्दा बढीको आर्थिक सहयोग बैंकमार्फत मात्रै लिनुपर्नेछ । कसैले नगद दिएमा चन्दादाताको नामसहित त्यो रकम बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । खर्चको विवरण र बिलभर्पाई पनि सुरक्षित राख्नुपर्ने आयोगले भनेको छ । समग्रमा यो आचारसंहिता अघिल्ला आचारसंहिताभन्दा परिष्कृत छ । पृथक छ । समायानुकूल छ । बढ्दै गएको चुनावी खर्च र मौलाउँदो विकृतिलाई नियन्त्रण, नियमन गर्नेखालको छ । आमजनताका लागि राम्रो छ तर, केही प्रावधानले दल र उम्मेदवारका लागि भने ‘टाउको दुखाइ’ हुने पक्का छ । खासगरी जसले चुनावमा अनुचित र अवाञ्छित गतिविधि गर्ने गरेका थिए, उनीहरूका लागि यो आचारसंहिता व्यवधान बनेर आएको छ । आयोग सचेत हुनुपर्ने यहीँनेर हो । आचारसंहिता उत्कृष्ट बनाउनुमात्र मुख्य कुरा होइन, मुख्य कुरा त त्यसको असल र सफल कार्यान्वयन हो । त्यसकारण आयोगले निर्वाचनका लागि बनाएको यो आचारसंहिता कडाइका साथ पूर्ण कार्यान्वयन गरोस् । कुनै पनि व्यक्ति वा शक्तिको डर, त्रास, आग्रह र पँर्वाग्रहमा परेर आयोगले आचारसंहिता कार्यान्वयनमा खुट्टा नकमाओस् ।
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP