Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • युवालाई अवसर खै ?
युवालाई अवसर खै ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १३, २०७९
Hardik health
शनिबार सम्पन्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्रीका रुपमा उम्मेदवार बनाएर आगामी निर्वाचनमा होमिने निर्णय ग¥यो । मंसिर ४ गतेलाई तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि एमालेको सरकार बनाउनेगरी चुनावमा होमिने र ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमालेको निर्णय छ । ७१ वर्षीय ओली यसअघि दुईपटक प्रधानमन्त्री बनिसकेका छन् । ओली पहिलोपटक २०७२ सालमा प्रधानमन्त्री बनेका थिए । रोचक कुरा त के भने जब उपमहासचिव प्रदीप ज्ञवालीले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव बैठक हलमा प्रस्तुत गरे तब हल दुई मिनेटसम्म तालीले गुञ्जियो । र, यसरी ताली बजाउनेमा युवा नेता पनि थिए । राजनीतिमा युवा नेताहरूको वर्चश्व रहेपनि उपल्लो तहमा पुग्नलाई मुस्किल छ भन्ने एउटा उदाहरण हो एमालेको निर्णय । एमालेभित्र प्रधानमन्त्रीका लागि सम्भावना बोकेका थुप्रै युवा नेता छन् । जसलाई अवसर दिए कुनै घाटा हुनेवाला छैन । तर, यसअघि दुईपटक प्रधानमन्त्री भइसकेका, उमेरले वृद्ध बन्दै गएका र अघिल्लोपटक दुईपटक प्रतिनिधिसभा विघटन गरेका ओलीलाई नै एमालेले किन भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै छ ? एमाले नै जानोस् ।तर, आमरुपमा हेर्दा यो निर्णय अरुलाई खासगरी पार्टीभित्रको दोस्रो र तेस्रो तहलाई निषेध गर्न गरिएकोमा कुनै सन्देह छैन । प्रश्न स्वाभाविक उठ्छ– के एमालेभित्र ओलीबाहेक त्यस्तो कुनै नेता जन्मिएको छैन, जो प्रधानमन्त्रीका लागि ‘डिजर्भ’ गर्छ । के आन्दोलनको रापताप र सांगठनिक रूपमा निखारिएर आएका अर्को कुनै नेता छैनन् एमालेमा ?, जो ओलीको सट्टा प्रधानमन्त्रीको उम्मेदवार बनाइन्थे । कुरा, एमालेको मात्र होइन । अन्य प्रमुख राजनीतिक दलको पनि हो । यो सगोल चित्र हो, नेपाली राजनीतिको । अहिले सरकारमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलको पनि उस्तै हालत छ । एमालेले त कमसेकम चुनावपछि आफ्नो पार्टीको सरकार बन्ने अवस्था आयो भने कसलाई प्रधानमन्त्री बनाउने भन्ने निर्णय ग¥यो । तर, गठबन्धनले यो आ“टसमेत गर्न सकेको छैन । गठबन्धन अहिलेकै अवस्थामा रह्यो, गठबन्धन आबद्ध दल चुनावमा इमान्दार देखिए भने मंसिर ४ पछि पनि गठबन्धनकै सरकार बन्ने पक्कापक्की जस्तै छ । त्यो बेला गठबन्धनका तर्फबाट प्रधानमन्त्री को ? प्रश्न स्वाभाविक उठ्छ । शेरबहादुर देउवा ?, पुष्पकमल दाहाल? माधवकुमार नेपाल ? झलनाथ खनाल ? वा, को ? प्रश्न अनगिन्ती छन् । र, कुरा प्रस्ट छ यिनै अनुहारमध्ये कसैलाई प्रधानमन्त्रीका रूपमा देख्नुपर्नेछ । देउवा त अहिले पनि प्रधानमन्त्री छन् । उनी आफ्नो जीवनको पा“चौं प्रधानमन्त्रीत्वकालमा छन् । ज्योतिषीमा अति विश्वासमा गर्ने देउवा अबको चुनावपछि पनि प्रधानमन्त्री बन्ने दाउमा छन् । किनकि, उनलाई ज्योतिषीले सातपटक प्रधानमन्त्री हुने ‘भविष्यवाणी’ गरिदिएका छन् । कथं, देउवा प्रधानमन्त्री हुने अवस्था रहेन भने गठबन्धनबाट उनीपछि दाहाल प्रधानन्त्रीका बलिया दाबेदार हुन् । उनी पनि यसअघि दुईपटक प्रधानमन्त्री भइसकेका छन् । र, उमेरले ‘आराम गर्नुपर्ने’ अवस्थामा पुग्दै छन् । राजनीतिक दलहरू आफ्नो पार्टीमा युवालाई प्राथमिकता दिइरहेका दाबी गर्छन् । युवा त परेको कुरा पार्टीभित्रका दोस्रो तहका नेतालाई समेत उनीहरू प्रधानन्त्रीका रूपमा स्वीकार्न सक्दैनन् । युवालाई त सांसदको टिकटै सकस पर्ला ।एमाले किन घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टहरूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन सक्दैन ? कांग्रेस किन गगन थापा, विश्वप्रकाश शर्मा, मिन विश्वकर्माहरूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन सक्दैन ? माओवादी किन वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतहरूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन सक्दैन ? किनकि, पार्टीको शीर्ष तहमा रहेका नेताहरू विश्राम लिन चाह“दैनन् । उनीहरू सकेसम्म जीवनको अन्तिम कालखण्डसम्म पार्टी सत्ता र राजकीय सत्ताको नेतृत्वमा रहन चाहन्छन् । यसर्थ, युवालाई अवसर दिने भनेर हु“कार गरेर मात्र हु“दैन । त्यसको परिणाम व्यवहारमा देखिनुपर्छ । हाम्रा राजनीतिक दल र तिनको नेतृत्वमा रहेकाहरू सा“च्चै युवालाई अवसर दिन तयार छन् भन्ने सन्देश दिनुपर्छ । नभए, युवाको जोस, जा“गर, विद्वता मात्र पार्टी र संगठन निर्माणमा खर्च हुने तर, निर्णय तहको सहभागितामा अवरोध खडा गर्ने भइरहने हो भने आदर्शवचनको कुनै अर्थ रह“दैन ।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  ०८:१६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP