Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अपराधको बदलिँदो स्वरुपप्रति सचेत बनाैँ
अपराधको बदलिँदो स्वरुपप्रति सचेत बनाैँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १०, २०७९
Hardik health
हामीलाई थाहा छ, समयको गतिसँगै समाज परिवर्तन भइरहेको हुन्छ । सूचना प्रविधिको तीव्र विकासले झन् परिवर्तनको गति बढाएको छ । केही वर्ष, केही महिना, केही हप्ता, केही दिन, केही घण्टा, केही मिनेट होइन केही पलमै परिवर्तन हुनसक्ने अवस्था सूचना प्रविधिले सिर्जना गरेको छ । परिवर्तन व्यक्तिको सोचमा, उसको व्यवहारमा देख्न सकिन्छ । त्यसको प्रभाव समाजमा झल्किरहेको हुन्छ । यही सन्दर्भमा समाजमा हुने अपराधको स्वरुप पनि निरन्तर परिवर्तन हुँदै आएको छ । सूचना प्रविधिको विकासले अपराधको स्वरुप र प्रवृत्ति परिवर्तन गर्न थप बल पुगेको पछिल्ला घटनाक्रमहरुले पुष्टि गर्छ । यसरी अपराधका स्वरुप र प्रवृत्तिमा आएको परिवर्तनले समाजमा चुनौती थपिँदै गएको छ । नयाँ–नयाँ स्वरुपका आपराधिक गतिविधिहरु बढ्दै जाँदा यसलाई नियन्त्रण गर्ने चुनौती थपिएको हो । यसप्रति सरोकारवालाहरुको चासो पनि बढ्दै गएको छ । बुधबार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा आयोजित ‘उपत्यका अपराध अनुसन्धान समीक्षा गोेष्ठी’का वक्ताहरुले अपराधका स्वरुप र प्रवृत्तिमा आएको परिवर्तनप्रति चासो व्यक्त गरे । बैठकमा सहभागी गृहमन्त्री बालकृष्ण खाणले अपराधका संख्या बढिरहेको र अपराधको स्वरुप र प्रवृत्तिमा पनि ठूलो परिवर्तन आइरहेको बताए । नयाँ प्रविधिका कारणले अपराधका घटना वृद्धि हुँदा थप जटिलता थपिरहेको उल्लेख गर्दै उनले यसतर्फ राज्यको ध्यान गएको दाबी गरे । महान्यायाधिवक्ता खम्मबहादुर खातीले नयाँ घटना हुने अवस्थामा त्यसको अनुसन्धानका लागि विशेषरुपमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले अपराध नियन्त्रणको चुनौतीलाई सामना गर्न राज्यको प्रणालीलाई बलियो बनाउनुपर्नेमा जोड दिए । साइबर क्राइम र आर्थिक अपराधलगायतका जघन्य अपराध नियन्त्रणमा नयाँ नीतिको आवश्यकतासमेत उनले औँल्याए । गृहसचिव टेकनारायण पाण्डेले अपराधको स्वरुप बदलिएका कारण चुनौती बढी थपिएको उल्लेख गरे । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि क्षमता विकास र प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए । सरोकारवालाहरुको यी भनाइले पनि अपराधको बदलिँदो स्वरुपले चुनौती बढाउँदै लगेको प्रस्ट हुन्छ । प्रविधिको विकासलाई रोकेर रोक्न सकिने अवस्था छैन, त्यो जायज पनि छैन । सकारात्मक प्रयोजनका लागि विकास गरिएको प्रविधिलाई नै दुरुपयोग गरी आपराधिक गतिविधि बढिरहेका छन् । यसरी बढ्दो अपराधलाई नियन्त्रण र न्यूनीकरण गर्न त्यहीअनुसारको नीति, जनशक्ति र प्रविधिको प्रयोग गर्नु आवश्यक छ । त्यसैले आवश्यक ऐन कानुन, नीति, नियम तत्काल निर्माण गरी अपराध नियन्त्रणमा खटिने निकायलाई प्रविधिमैत्री बनाउन आवश्यक छ । प्रविधिलाई सही उपयोग गर्नसके त्यसबाटै आपराधिक कार्यहरु नियन्त्रणमा सहज हुन्छ । अपराधमा नियन्त्रणमा खटिने जनशक्तिको दक्षता पनि बढाउँदै लैजानु पर्दछ । अर्कोतर्फ यस्ता अपराधका शृंखलाहरु न्यूनीकरण गर्न समाजमा साक्षरता बढाउन आवश्यक छ । सूचना प्रविधि, यसको प्रयोगबाट हुने आपराधिक गतिविधि तथा यसबाट बच्ने उपायहरुका बारेमा समाजका हरेक वर्गलाई सचेत गराउनु त्यत्तिकै जरुरी छ । यसरी सचेतना बढाउन सके केही हदसम्म अपराध न्यूनीकरणमा सहयोग पुग्ने निश्चित छ । नयाँ–नयाँ प्रविधिको विकाससँगै नयाँ स्वरुपको अपराध घट्नसक्नेतर्फ सरोकारवाला सबै चनाखो बन्नुपर्छ । त्यही अनुसारको तयारी र दक्षता बढाउँदै लैजानसके थपिँदै गएको चुनौतीको सामना गर्न सहज हुनेछ । यसतर्फ सरकार र सरोकारवाला सबै सचेत भई लाग्नुपर्ने बेला आएको छ । अन्यथा, यसबाट समाज र राष्ट्रले ठूलो क्षति बेहोर्नुपर्ने निश्चित छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP