Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ‘एक्सन’मा मेयर बालेन
‘एक्सन’मा मेयर बालेन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ९, २०७९
Hardik health
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सबैभन्दा चर्चा र चासोमा रह्यो काठमाडौं महानगरपालिका । देशको राजधानी तथा मुलुकको सबैभन्दा धेरै जनसंख्या भएको महानगर भएकोले मात्र चर्चामा आएको थिएन । र्‍यापर तथा इञ्जिनियर बालेन्द्र (बालेन) शाहले स्वतन्त्र उम्मेदवारी घोषणा गरेसँगै चर्चा र चासो बढेको थियो । युवाहरुमाझ लोकप्रिय बालेनले जित्नेमा भने धेरैजसोले विश्वास गरेका थिएनन् । किनकि, प्रमुख राजनीतिक दलका चर्चित अनुहारहरु चुनावी मैदानमा थिए । तर, ती आशंकालाई गलत सावित गर्दै अन्ततः ठूलो मतान्तरसहित बालेन काठमाडौंको मेयरमा विजयी भए । बालेनको विजयीलाई राजनीतिक दलहरूप्रतिको वितृष्णाको रुपमा लिइएको छ । कतिपयले बालेनले पाएको मत ‘नो भोट’को मत भएकोसमेत तर्क गरेका छन् । पटक–पटक राजनीतिक दलका उम्मेदवारलाई जिताए पनि अपेक्षित परिणाम पाउन नसकेर आजित बनेका महानगरवासीले यसपटक स्वतन्त्र उम्मेदवार रोजेको प्रस्टै बुझिन्छ । काठमाडौं उपत्यकामा जटिल बन्दै गएको फोहोर व्यवस्थापनको विषयलाई प्रमुख मुद्दा बनाएका बालेनले जनताको मत पाए । उनीसँग महानगरवासीले ठूलो अपेक्षा गरेका छन् । यद्यपि, ती अपेक्षा पूरा गर्न उनले सुरुदेखि नै चुनौतीको सामना गर्नुपर्‍यो । महानगरको कार्यपालिकाभित्रै उनलाई वडाध्यक्षहरुले एक्ल्याउने प्रयास गरे/गरिरहेका छन् । मेयरको कार्यभार सम्हालेलगत्तै फोहोर व्यवस्थापनमा लागेका उनले विभिन्न अवरोध सामना गर्नुपर्‍यो । फोहोर व्यवस्थापन गर्ने बञ्चरेडाँडा र सिसडोलका स्थानीयको निरन्तर अवरोधका कारण फोहोर उठ्न नसक्दा उनी आलोचित बने । यद्यपि, लामो प्रयास र पटक–पटक स्थानीयसँगको सम्झौतापछि फोहोर उठ्न थालेको छ । यसलगत्तै उनले महानगरभित्र अनधिकृतरुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरेका छन् । बेसमेण्ट पार्किङसहितको भवन बनाउने अनुमति लिएका व्यापारिक कम्प्लेक्सहरुले त्यसविपरीत संरचना बनाएर व्यापार गरिरहेका थिए । पार्किङ सडकपेटीमै गरिँदा सडकमा सवारी र पैदलयात्रीले सास्ती बेहोर्नुपरेको थियो । त्यस्तो संरचना हटाएर पार्किङको व्यवस्था गर्न महानगरले ३५ दिने सूचना जारी गरे पनि बेवास्ता गरेनन् । अन्ततः ३५ दिने सूचनाको म्याद सकिना साथ मेयर बालेन आफैं अघि बढेर त्यस्ता संरचना हटाउने काम सुरु गरेका छन्, जुन प्रशंसानीय छ । मंगलबार नयाँबानेश्वर क्षेत्रका कम्प्लेक्सहरुमा निर्माण गरिएका अनधिकृत संरचना हटाएको महानगरले बुधबार सुनधारास्थित काठमाडौं मल र न्युरोडको आरबी कम्प्लेसमा पनि डोजर चलाएको छ । मेयर बालेनले अनधिकृतरुपमा निर्माण गरिएका सबै संरचना हटाउने प्रतिबद्धता जनाएका छन् । उनले कानुन सबैका लागि बराबर भएको भन्दै महानगरबाट अनुमति नलिई निर्माण गरिएका तथा नक्सा पास गर्दा दिइएको अनुमतिभन्दा विपरीत प्रयोजनका लागि प्रयोग गरिएका संरचना हटाइछाड्ने प्रतिबद्धता जनाएका छन् । मेयर बालेनको यो अभियान अति आवश्यक छ । उपत्यकामा जथाभावी संरचना बनाएर सर्वसाधारणलाई सास्ती दिने कार्य हुँदै आए पनि महानगरले कारबाही गर्न सकेको थिएन । मेयर बालेनले यसविरुद्ध ‘एक्सन’ लिन गरेको निर्णय स्वागतयोग्य छ । यस्ता संरचना हटाए उपत्यकाको फुटपाथमा देखिएका समस्या र पार्किङको समस्या धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । त्यसैले मेयर बालेनलाई यो अभियानमा सबैले साथ दिन आवश्यक छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १९:३०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP