Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #उत्तराखण्ड बाढी
  • #कैलाश गुरुङ
  • #कमला नदीको पक्की पुल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नेताको शैलीमा प्रहरीको गतिविधि
नेताको शैलीमा प्रहरीको गतिविधि
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०७६
कुनै बेला विश्वकै चर्चाको विषय बन्दै आएको नेपाल प्रहरी अहिले भने बद्नाम बन्दै गएको छ । राजनीतिक दलहरूको स्वार्थका कारण नेपाल प्रहरी विवादमा पर्दै आएको हो । कार्यपालिकाको सबैभन्दा उच्च स्थानको प्रहरी अहिले बद्नामभन्दा अरु केही हुन सकेको छैन । प्रहरीहरू पनि व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुब्दा संगठनको बेइज्जती भएको देखिन्छ । प्रहरी निःस्वार्थ मात्र होइन, निष्पक्ष हुन नसक्दा मुलुकमा शान्ति सुरक्षा कायम हुन सकेको छैन । जनताको जीउ, धनको सुरक्षाको जिम्मा लिएको प्रहरीले आफ्नो स्वार्थ मात्र हेर्दा आमजनताले प्रहरीमाथि विश्वास गर्नै छाडेको छ । जनताले प्रहरीमाथि विश्वास नगरेपछि उसले जनताको काम गर्न सक्छ कि सक्दैन ? यसप्रति प्रश्न उठ्न थालेको छ । प्रहरीले नेताझैँ भाषण गरेर हिँडेको देखिएको छ । सुशासन, आर्थिक पक्षमा शून्य सहनशीलताको नीति लिने भनेर प्रहरीले भाषण गर्दै हिँड्छन् तर प्रहरीले नै आर्थिक फाइदाका लागि गलत काम गर्दै आएको देखिएको छ । प्रहरीको आचरण व्यवहारमा सुधार गरी गुणस्तरीय प्रहरी सेवा प्रवाह गर्ने आफ्नो एक मात्र उद्देश्य रहेको भन्ने प्रहरी नै चोखा छैनन् । नातावाद र कृपावादबाट प्रहरीमा बढुवा भएकाहरूले सुशासनको गुड्डी हाँकेको सुहाउँदैन तर पनि भाषण गर्न छाड्दैनन् । प्रहरीले सुरक्षा सुदृढीकरण सम्बन्धी भन्दै अन्तक्र्रिया तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै हिँडेको देखिएको छ । भाषण गर्दै हिँड्ने काम नेताको भए पनि अहिले प्रहरीले साथ दिएको पाइन्छ । जनताको सुरक्षाको जिम्मा लिने प्रहरी नै भाषण र आश्वासन बाँड्दै हिँडेपछि जनताले सुरक्षा पाउलान् त ? आर्थिक अनियमितता, भ्रष्टाचारलाई निर्मूल पार्न नसकिए मुलुकमा सुशासन र आर्थिक समृद्धि आउन नसक्ने भएकाले प्रहरीले दिने सेवा प्रवाहमा कुनै कर्मचारी आर्थिक अनियमिततामा संलग्न भएमा त्यसलाई कहिल्यै क्षमा नदिने भनेर प्रहरीका अधिकृतहरूले नेताले झैँ भाषण छाँट्दै हिँडेको देखिन्छ । सुशासन र समृद्धिको नारा त सरकारले लगाउने हो । प्रहरीले त दिगो शान्तिका लागि मात्र प्रयास गर्ने हो । तर, प्रहरी नै एक कदम अघि सरेर सुशासन र समृद्धिको भाषण छाँटेपछि अब कस्को के लाग्छ र ? प्रहरीले त लागुऔषध दुव्र्यसनी, गलत काम गर्ने, शान्ति सुरक्षा भड्काउने, समाजमा कोलाहल मच्चाउने, अशान्ति मच्चाउनेहरूमाथि जाइलाग्नुपर्ने बेला विकास र समृद्ध भन्दै अघि बढेपछि यो मुलुकमा विधिको शासन छ कि छैन ? भनेर सोध्नुपर्ने बेला भएको छ । बाहिर निस्किँदा सुगन्धित सडक, मर्यादित समाज, आचरण व्यवहारले समुन्नत नागरिक शान्त, सुरक्षित समाज बनाउने कुरामा प्रहरीले सधैँ ध्यान दिनुपर्ने हो । मुलुकमा बलात्कारका घटनाहरू वृद्धि भएको भएै छ, व्यक्ति हत्याजस्ता काम रोकिएको छैन । गलत कामविरुद्ध आवाज उठाउनेहरूलाई दिनदहाडै मारिएका छन् । प्रहरीले उनीहरूलाई पक्राउ गर्ने होइन, उनीहरूलाई संरक्षण दिने काम गर्दै आएको छ । यस्तो प्रहरीबाट यो समाजको सुरक्षा होला त ? महिला हिंसा, बलात्कार वा आत्महत्याका घटना रोकथाम गर्न नसक्ने प्रहरीले भाषण दिएर चर्चामा आउनु सुहाउँछ त ?
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  ०७:३६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
राजनीतिमा वर्षैभरि गाईजात्रा
राजनीतिमा वर्षैभरि गाईजात्रा आइतबार, साउन २५, २०८२
अभिमुखीकरण तालिममा बेथिति
अभिमुखीकरण तालिममा बेथिति शुक्रबार, साउन २३, २०८२
वैकल्पिक दलमा पनि पुरानै रोग !
वैकल्पिक दलमा पनि पुरानै रोग ! बिहीबार, साउन १५, २०८२
मधेसको समस्या सम्बोधनमा जुटौं 
मधेसको समस्या सम्बोधनमा जुटौं  बुधबार, साउन १४, २०८२
स्वतन्त्र र स्वायत्त हुनुपर्छ मिडिया काउन्सिल
स्वतन्त्र र स्वायत्त हुनुपर्छ मिडिया काउन्सिल मंगलबार, साउन १३, २०८२
स्रोतको पहिचान र बाँडफाँट न्यायोचित होस्
स्रोतको पहिचान र बाँडफाँट न्यायोचित होस् सोमबार, साउन १२, २०८२
भ्रष्टाचारको थलो स्थानीय तह !
भ्रष्टाचारको थलो स्थानीय तह ! आइतबार, साउन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP