Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन समझदारी
वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन समझदारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०७६
Hardik health
काठमाडौं– वैदेशिक रोजगारमा बढ्दै गएको ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभाग र प्रहरीबीच सहकार्य गर्ने सम्झौता भएको छ । आइतबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारसम्वन्धी मुद्दाको अनुसन्धानमा वैदेशिक रोजगार विभागले नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र मानव बेचबिखन अनुसन्धान ब्युरोको अनुसन्धान अधिकृतको सहायोग लिन सक्ने गरी विभाग र प्रहरीबीच समझदारी भएको हो । गृहसचिव प्रेम कुमार राई तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जका निर्देशक प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाही र वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भीमकुमार भुषालबीच वैदेशिक रोजगारको नाममा हुन सक्ने पेसालाई थप व्यवस्थित, मर्यादित र शोषणरहित बनाउन ६ बुँदे उद्देश्य र १३ बुँदे सहकार्य समझारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित र शोषण रहित बनाउन तथा वैदेशिक रोजगारको नाममा हुने सक्ने मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्ने त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षण तथा पुनस्र्थापना गर्न गृह मन्त्रालय, विभाग र नेपाल प्रहरीबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । विभागका महानिर्देशक डा.भीष्मकुमार भुषालका अनुसार मानव वेचविखन अनुसन्धान ब्युरोले मानव बेचबिखन सम्बन्धी मुद्दा अनुसन्धानका लागि वैदेशिक रोजगार विभागको अनुसन्धान अधिकृतको सहयोग लिन सक्ने छ । महानिर्देशक डा.भुषालका अनुसार मानव वेचविखन अनुसन्धान ब्युरोले मानव वेचविखन सम्वन्धी मुद्दा अनुसन्धानको लागि वैदेशिक रोजगार विभागको अनुसन्धान अधिकृतको सहयोग लिन सक्ने छ । त्यस्तैगरी वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित र शोषणरहित बनाउन तथा वैदेशिक रोजगारको नाममा हुन सक्ने मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै, वैदेशिक रोजगारको क्रममा हुने मानव बेचबिखन निवारणका लागि आपसमा प्रभावकारी समन्वय र सहकार्य गर्ने पनि बताइएको छ । यसबारे प्रहरी र विभागले आ–आङ्खनो क्षेत्राधिकारका विषयहरू सूक्ष्म रूपमा अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्ने, एक अर्कालाई सहयोग पु¥याउने तथा एक आपसमा सहकार्य गर्ने र रोजगारीको क्रममा मानव बेचबिखनका जोखिम कम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना तथा स्रोत परिचालन गर्नेसमेत सम्झौतामा उल्लेख छ । वैदेशिक रोजगार व्यवसाय गर्न इजाजत नलिएका व्यक्ति, संस्था, फर्म वा एजेन्सीबाट वैदेशिक रोजगार सम्बन्ध कार्य गर्ने वा वैदेशिक रोजगारसम्बन्धी ठगीमा संलग्न हुनेलाई कानुनको दायरामा ल्याई कारबाही चलाउने तथा त्यस्ता कार्य नियन्त्रण गर्न एकापसमा सहकार्य गर्ने समझदारी पत्रमा उल्लेख रहेको डा.भुषालले जानकारी गराए । वैदेशिक रोजगार व्यवसायका लागि इजाजतपत्र लिएका बाहेक अन्य व्यक्ति वा संस्थाहरूबाट वैदेशिक रोजगार व्यवसाय सम्बन्धी कार्य भइरहेको वा ठगी भइरहेको जानकारी विभागलाई प्राप्त भएमा नजिकको श्रम तथा रोजगार कार्यालयका प्रतिनिधिको संलग्नतामा वा कार्यालयका प्रतिनिधि उपलब्ध हुन नसकेको अवस्थामा विभागको सूचनाका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको समेत प्रतिनिधित्व रहने गरी नेपाल प्रहरीले त्यस्ता व्यक्ति वा संस्थाहरूको क्रियाकलापहरूको निगरानी गर्ने, सूचना संकलन गर्ने तथा अनुसन्धान गरी स्पष्ट रूपले वैदेशिक रोजगार विभागको क्षेत्राधिकारमा पर्ने भएमा कागजातसहित विभागमा पठाउने र आङ्खनो क्षेत्राधिकारको अवस्थामा नेपाल प्रहरीले अनुसन्धान तहकिकात गर्दा विभागको सहयोग चाहिने अवस्थामा विभागले संयुक्त अनुसन्धान गर्ने गरी अधिकृत कर्मचारी तोकी पठाउने डा.भुषालले जनाए ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  ०६:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP