Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • पदीय मर्यादा ख्याल गर
पदीय मर्यादा ख्याल गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ३, २०७९
Hardik health
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा केही रोचक र आशालाग्दा दृश्य देखिए । तीमध्ये देशको प्रमुख सहर, संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र (बालेन) शाहको जित र कम्युनिस्ट (खासगरी नेकपा एमाले)को लालकिल्लाका रूपमा चिनिएको पूर्वको पुरानो सहर धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित । बालेन चुनावअघि नै चर्चामा थिए । तामझामसहित प्रचारप्रसारमा दौडिन्थे । मूलधारका सञ्चारमाध्यमले उनलाई फलो गरिरहेका हुन्थे । चर्चित सामाजिक सञ्जाल ग्रुपहरूले पनि बालेनको पक्ष्ँमा क्याम्पियन गरिरहे । तर, त्यसको ठीक विपरीत हर्क भने एक्लै चुनावी अभियानमा दौडिरहे । मानिसका आगनमा गएर, चोकमा, चौतारामा गएर भाषण गरे । प्रचार सामग्री बोकिदिने कोही थिएन । मानिसहरू उनका भाषण सुन्न आएनन् । भीडभाड गरेनन् । बालेनको जस्तो तामझाम देखिएन । सञ्चारमाध्यमले त चुनावी परिणामा लिड गर्दा मात्रै ख्याल गरे । तर, धराने जनताले विद्रोह गरे । र, हर्क मेयरको कुर्सीमा पुग्न पाए । स्वाभाविकरूपमा दलीय दलदलबाट दिक्क भएका मतदाताले स्वतन्त्र उम्मेदवारलाई जिताएर एउटा राजनीतिक सन्देश त दिए नै, स“गै बालेन र हर्कजस्ता युवाबाट केही अपेक्षा पनि गरे । जुन स्वाभाविक हो । तर, निर्वाचित भएको तीन महिना बितिसक्दा पनि उनीहरूले अपेक्षाकृत काम गर्न सकेका छैनन् । बरु सामाजिक सञ्जालको आत्मरतिमा रमाइरहेका छन् । संयोगले यी दुवैले स्थनीय निर्वाचनमा लौरो चुनाव चिह्न पाएका थिए । धरानका मेयर हर्क दिनमा दर्जनौं स्टेटस फेसबुकमा पोस्ट गर्छन् । सस्तो लोकप्रियताका काममा रमाइरहेका छन् । हर्कजति नभए पनि बालेनसमेत सामाजिक सञ्जालमा क्रियाप्रतिक्रिया दिइराख्छन् । अलि पहिले लेखेको ‘काम गर्न देऊ, डिस्टर्ब नगर’वाला स्टेटस मात्र होइन हालै हर्कको स्टेटसमा गरेको कमेन्टले पनि बालेन ‘अपरिपक्व’ नै देखिन्छन् । फेसबुकका अन्य ग्रुपहरूमा उनले गर्ने गरेका कमेन्टले पनि बालेनको ‘हलुकापन’ देखिन्छ । अहिले त दुवैबीच सामाजिक सञ्जालको शीतयुद्ध चलिरहेको छ । हर्कले एकपछि अर्को गर्दै बालेनलक्षित टिप्पणी गरिरहेका छन् । हर्कको तुलनामा बालेन यसमा केही संयम देखिएका छन् ।संविधानले स्थानीय तहलाई धेरै अधिकार दिएको छ । स्थानीय सरकार प्रमुखका रूपमा मेयरका धेरै काम, कर्तव्य र अधिकार छन् । नीति निर्माणदेखि दीर्घकालीन योजना र रणनीति बनाएर अघि बढ्नुपर्नेछ । खास भन्दा आफ्नो क्षेत्रको विकासका लागि गर्न सक्ने पहिलो व्यक्ति नै स्थानीय सरकार प्रमुख हो । दलीय विकृतिबाट वाक्क भएका नागरिकले स्वतन्त्र उम्मेदवारबाट सुशासन र समृद्धिको अपेक्षा गरेकै छन् । तर, कामलाई भन्दा सस्तो लोकप्रियतालाई ध्यान दिने, सामाजिक सञ्जालमा विवादस्पद टिप्पणी गर्दै जाने हो भने जनताको विश्वास धर्मराउन समय लाग्ने छैन । उनीहरू जनताको नजरबाट गिर्नेछन् । जसरी उनीहरूलाई उनीहरूको निर्वाचन क्षेत्रका मात्र नभई देशभरकै नागरिकबाट सहानुभूति र अपेक्षा छ, त्यो कम हु“दै जाने जोखिम छ । जब उनीहरू पदीय जिम्मेवारीअनुसारको काम गर्दैनन्, अनावश्यक बरालिन थाल्छन्, पक्कै पनि त्यसको नजिता राम्रो हुने कुरै छैन ।स्थानीय सरकार प्रमुखका हिसाबले बालेन र हर्कलाई संविधानले बराबर जिम्मेवारी दिए पनि भूगोल, अवस्थिति, समस्या, आवश्यकता हिसाबमा काठमाडौं र धरानबीच भिन्नता छ । त्यसकारण एकले अर्कोको उछितो काढ्नु शोभनीय हुँदै होइन । हो, निर्वाचित भएको तीन महिना बितिसक्दा उनीहरूले अपेक्षाकृत काम गर्न सकेका छैनन् तर, लौ बर्बाद भयो भन्ने पनि भइसकेको छैन । किनकि, काम गर्नलाई समय छ । र, यो बीचको समयमा पनि उनीहरूले केही न केही गरिरहेकै होलान् भन्ने विश्वास गरौं । सबैभन्दा मुख्य कुरा मान्छेको जिम्मेवारी हो । व्यक्तिगत स्वभावका हिसाबले मान्छेको प्रकृति सबैको आ–आफ्नै हुन्छ । कार्यशैली आ–आफ्नै हुन्छ । तर, मेरो पदीय दायित्व र जिम्मेवारी के हो, सामाजिक दायित्व के हो, गरिमा के हो भन्ने कुरालाई ख्याल गरिएन भने सार्वजनिक पदधारण गरेका कुनै पनि व्यक्तिको बहिर्गमन एकदम नमीठो र अकल्पनीय हुन्छ । जुन कुरा धरान र काठमाडौंका मेयर मात्र होइन सबैले समयमै बुझ्नुपर्छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १४:३४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP