Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • जनताका अभिव्यक्ति स्वतन्त्रता खोस्नु गलत
जनताका अभिव्यक्ति स्वतन्त्रता खोस्नु गलत
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २७, २०७६
Hardik health
सरकारले आफ्नो आलोचना गर्नेलाई सहन सकेको छैन । अहिले २१औँ शताब्दीका शासक वर्गले त आफ्नो आलोचना नरुचाउँदा रहेछन् भने २०औँ शताब्दीका शासक वर्गका लागि आलोचना रुचाउने कुरै भएन । हिजो राजाको आलोचना गर्न नपाउँदा नेताहरूले जनतालाई साथमा लिएर गणतन्त्र स्थापना गरेकै हुन् । लोकतन्त्र भनेकै खुला समाज हो । खुला समाजलाई नै नरुचाउने नेताहरू आज शासक वर्गमा पुगेका छन् । उनीहरूबाट शासन सत्ता सञ्चालन हुँदा मुलुकले पक्कै पनि अर्को अधिनायकवादको सामना गर्नु परेको छ । सरकारले लोकतन्त्रको खोल ओढेर अधिनायकवादको सुरुवात गर्न थालेको छ । बहुमतको सरकारबाट जनताले यस्तो आस गरेका थिएनन् । जनताले विकासको कल्पना गर्दैगर्दा सरकारले भने अधिनायकवाद लाद्न खोजेको देखिन्छ । नेपालको संविधानमा अभिव्यक्ति स्वतन्त्रलाई स्विकारिएको अवस्था छ । तर, सरकारले लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरेको छ । सरकारले संविधान विरोधी विधेयक ल्याएर लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गर्न खोजेको देखिन्छ । लोकतन्त्रको प्राप्तिका लागि जनताले बलिदान दिएका थिए । तर, आज तिनै नेताहरू जब शासक वर्गमा पुगे तब उनीहरू पनि उहि लोकतन्त्रविरोधी निस्केका छन् । नेताहरूका कारण जनताले संर्घष गरेर र बलिदान दिएर ल्याएको लोकतन्त्रमाथि प्रहार भएको छ । जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त अधिकार खोसिन थालेको छ । लोकतान्त्रिक मुलुक भए पनि जनताको वाक तथा प्रकाशन अधिकारमाथि हस्तक्षेप गर्न खोजेको छ । सरकारका कारण लोकतान्त्रिक अधिकार खोसिँदै छन् । जनताका अभिव्यक्ति स्वतन्त्रता खोसिने विधेयक ल्याएर नेताहरू अधिनायकवादको पक्षपाती देखिन थालेका छन् । सरकारले सूचना विधेयक फिर्ता नलिए सरकारकै लागि समेत प्रतिउत्पादक हुन सक्छ । भोलि यहि पार्टी प्रतिपक्षमा पुगेको बेला अर्को पार्टीले यहि ऐनमा टेकेर उनीहरूमाथि प्रहार हुन सक्छ । अहिलेको पार्टीले शासन व्यवस्था लिएका होइनन् । उनीहरू त आवधिक निर्वाचनमा बहुमत ल्याएर शासन सत्ता सञ्चालन गर्नका लागि मात्र सत्तामा गएका हुन् । अहिलेको सरकारले शासन व्यवस्था नै सधैँका लागि परिवर्तन ग¥यो भने उसले ल्याएको विधेयक उत्पादक हुन सक्छ । उसले संविधान नै संशोधन गरेर शासन व्यवस्थ परिवर्तन ग¥यो भने उत्तम हुन्छ अन्यथा उसैका लागि यो कानुन काउसो बन्ने निश्चित छ । सरकारले विधेयक ल्याएर जनतालाई जिस्क्याउन खोजेएको देखिएको छ । यो विधेयक ल्याएर सरकारले नागरिकको अधिकार खोस्न खोज्दा स्वयं सरकार सञ्चालनमा रहेकाहरू नै नासिनेछन् । लोकतन्त्रमा आलोचना अपरिहार्य छ । तर, सामाजिक सञ्जालमा आएको आफूमाथि हुने टिप्पणीलाई नियन्त्रण गर्ने गरी कानुन बनाउन खोजियो भने यसले सरकारलाई नै बढार्ने देखिन्छ । सूचना प्रविधि विधेयक अहिलेको अवस्थामा पारित भए सरकारको विरोध गर्नेहरू कोही बाँकी रहने छैनन् । त्यत्ति मात्र होइन, सरकारमा रहने सदस्यहरूको विरोध गर्ने जो कोही पनि अन्ततः कारबाहीको भागीदार बन्ने हुनाले सरकारले अधिनायकवादको कल्पना गरेकाले यो विधेयक जस्ताको तस्तै पारित गर्न खोज्नु कुनै पनि हालतमा सही होइन ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  ०८:०४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP