Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • फोहोरको दीर्घकालीन समाधान खोज
फोहोरको दीर्घकालीन समाधान खोज
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २५, २०७९
Hardik health
काठमाडौं उपत्यकाको प्रमुख समस्यामध्ये एक हो फोहोर व्यवस्थापन । देशको संघीय राजधानी रहेको सहर काठमाडौंमा फोहोरको समस्या बल्झिरहन्छ । साँस्कृतिक सहर दुर्गन्धमा अल्झिरहन्छ । उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले दीर्घकालीन उपाय अवलम्बन नगर्दा समस्या हरेक वर्ष दोहोरिने गरेको छ । हरेक वर्षजसो विभिन्न बहानामा उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध आउने गर्छ । अवरोधले उपत्यकावासीलाई समस्यामा पार्छ भने सडकभर फोहोरको थुप्रो लाग्छ । सरकारले फोहोर व्यवस्थापन गर्ने ‘ल्याण्डफिल साइट’को उचित व्यवस्था नगर्दा फोहोर फालिने क्षेत्रका बासिन्दाले पनि विभिन्न समस्या भोगिरहेका छन् । उनीहरूसँग पटक–पटक गरिएका सम्झौता कार्यान्वयन भएको छैन । त्यसले गर्दा ल्याण्डफिल साइट क्षेत्रका बासिन्दा बर्सेनि आन्दोलित हुने गरेका छन् । सिसडोलवासीका प्रतिनिधि, काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तह, कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीच बेलाबेला हुने विवादको मारमा भने उपत्यका र ल्याण्डफिल साइट क्षेत्रका सर्वसाधारण पर्ने गरेका छन् । सरकारले १७ वर्षदेखि सिसडोल क्षेत्रमा फोहोर फाल्दै आएको छ । सुरुमा दुई वर्षका लागि भनेर त्यस क्षेत्रलाई ल्याण्डफिल साइड बनाइएको थियो । बञ्चरेडाँडाको डम्पिङ साइट तयार नहुँदासम्म सिसडोलमा अस्थायी रूपले फोहोर फाल्ने सम्झौताअनुसार २०६२ जेठ ६ गते भएको थियो । हाल काठमाडौं महानगरपालिकाबाट दैनिक ५१६ टन, कीर्तिपुरबाट छ, कागेश्वरी मनहराबाट २०, चन्द्रागिरीबाट ३०, गोकर्णेश्वरबाट ५५, टोखा, बँढानीलकण्ठ र तार्केश्वर नगरपालिकाबाट ३५÷३५ टन फोहोर उत्पादन हुन्छ । दक्षिणकालीबाट १५, नागार्जुनबाट ३५ र शंखरापुरबाट आठ टन फोहोर उत्पादन हुने तथ्यांक छ ।यस्तै, ललितपुर महानगरपालिकाबाट १३० टन, गोदावारीबाट २५ टन, महालक्ष्मीबाट ३०, मध्यपुर थिमीबाट ३०, चाँगुनारायणबाट १५ र सँर्यविनायकबाट २५ टन फोहोर उत्पादन हुने गरेको छ । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि लागँ हुनेगरी कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै उठाउने भन्यो । घर, पसल, होटल, कार्यालयलगायतबाट निस्किने फोहोरलाई छुट्टाछुट्टै राख्न महानगरले आग्रह ग¥यो । त्यसरी फोहोर नछुट्याए कारबाही गर्ने महानगरले चेतावनी पनि दियो । नछुट्याएको फोहोर नउठाउने भन्यो । सोहीअनुसार महानगरले बार निर्धारण गरेर फोहोर उठाउन थाल्यो । तर, साउन १ गतेदेखि नै काठमाडौं उपत्यकाको फोहोर नियमित भने उठ्न सकेको छैन । यतिबेला काठमाडौं उपत्यकाका विभिन्न चोक र सडकमा फोहोर थुप्रिएको छ । यता काठमाडौं उपत्यकामा फोहोर थुप्रिएको छ भने उता फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेका छन् । सोमबार राति बञ्चरेडाँडा पुगेका स्काभेटर, डोजर र फोहोर बोकेका गाडीमाथि स्थानीयवासीले तोडफोड गरेका छन् । बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने दुईवटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौंबाट फोहोर बोकेर गएका तर रात परेर खन्याउन नपाएर आलेटारनजिक पार्किङ गरेर राखिएका १४ वटा गाडीहरूमा तोडफोड भएको बताइएको छ । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार तोडफोड गरिएका सवारी तथा उपकरणहरूमध्ये क्यापिङ गर्ने र फोहोर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएका छन् । यस्तै, रोकेर राखिएका गाडीहरूको सिसा फोडिएको छ । स्थानीय तहको निर्वाचनअघि फोहोर व्यवस्थापनलाई मुख्य मुद्दा बनाएका बालेन्द्र (बालेन) शाह मेयरमा निर्वाचित भएपछि फोहोर व्यवस्थापन सहज हुने अनुमान गरिएको थियो । मेयर शाह आफैंले पटक–पटक सिसडोल र बञ्चरेडाँडा पुगेर फोहोर व्यवस्थापनका लागि सहजीकरणको प्रयास नगरेका होइनन् । तर, समस्याको दीर्घकालीन समाधान हुन सकेको छैन । र, सबै समस्या काठमाडौं महानगरपालिका एक्लैले सम्बोधन गर्न सक्दैन । क्षेत्राधिकार पनि पर्दैन । तसर्थ, यो समस्याको दीर्घकालीन समाधानका लागि सरकारले पहल लिनुपर्छ । नत्र हरेक वर्ष दोहोरिरहनेछ फोहोरको कथा । अनि उपत्यकावासीले बेहोरिरहनुपर्नेछ फोहोरको दुर्गन्ध । सरकार र सरोकारवाला सबै यसमा जिम्मेवार बन्न जरुरी छ । फोहोरमाथिको राजनीति तत्काल अन्त्य गरिनुपर्छ ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १०:१५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP