Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मूल्य समायोजन खै ?
मूल्य समायोजन खै ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २४, २०७९
Hardik health
भारतको इण्डियन आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउनेबित्तिकै नेपाल आयल निगमले नेपालमा यसको मूल्य बढाउ ँछ । तर, मूल्य घटेर आउँदा भने मूल्य घटाउन निगम हत्तपत्त तयार हुँदैन । यसको उदाहरणका रूपमा पछिल्लो घटनालाई लिन सकिन्छ । आइओसीले दुईपटक मूल्य घटाएर पठाइसक्दा पनि नेपाल आयल निगमले मूल्य समायोजन गरेको छैन । विभिन्न विद्यार्थी संगठन र यातायात व्यवसायीले समेत मूल्य समायोजन गर्न दबाब दिँदै आएका छन् । तर, निगम सुनेको नसुन्यै गरेर बसेको छ । बरू जवाफ दिन्छ– निगमलाई अर्बौं घाटा भइरहेकोले मूल्य समायोजन गर्न सकिँदैन । निगमको यो जस्तो लाचारीपन अरू के हुन सक्ला † निगमले अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेको बताएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले कोरोना कहरका कारण ठूलो आर्थिक व्ययभार खेपेका यातायात व्यवसायीलाई राहत दिनुको सट्टा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा समायोजन नहुनु दुःखद् रहेको बताएको छ । सार्वजनिक सवारीसाधनको कर, बैंकको ब्याज, रुट इजाजत दस्तुर, जाँचपास बिमा, सवारीसाधनका इजिनको मूल्य अत्यधिक बढिरहेको छ तर, मूल्य समायोजनका सरकार उदासीन देखिएको छ । यो विषयले संसद्मा पनि प्रवेश पाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सांसदहरूले समेत सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकको विशेष समयमा बोल्ने सांसदहरुले भारतबाट पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटेर आइसकेको तर, नेपालमा मूल्य समायोजन नभएको भन्दै तत्काल मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकार जनताको अभिभावक हो । तर, यहाँ सरकार यो दायित्वबाट विमुख भएको देखिन्छ । महँगी अचाक्ली बढिरहेको छ, सरकार त्यसलाई नियन्त्रण गर्न ध्यान दिँदैन । पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि समायोजनामा चासो राख्दैन । सरकारले जनताका समस्याप्रति कम चासो दिइरहेको छ । पेट्रोलियम पदार्थको मूल्यको असर सर्वसाधरणको भान्सादेखि दैनिकीसम्म पर्ने भएकाले सरकारले यसमा गम्भीर ध्यान दिन जरुरी छ । आयल निगम वर्षौं घाटामा छ भन्न छोड्दैन तर, कर्मचारीलाई बोनस बाँड्छ । सरकार यस्ता विषयमा किन आँखा चिम्लेर बसेको अचम्म लाग्छ । हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल÷मट्टीतेल १७२ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर १८ सय रूपैयाँ छ । इन्धनमा गरिएको मूल्यवृद्धि वा घट्नुको प्रभाव केवल यसका उपयोगकर्तालाई मात्र पर्दैन । यसले चौतर्फी असर गर्छ । हरेक नागरिकको दैनिकीमा प्रत्यक्ष असर गर्छ । इन्धनको मूल्य बढ्दा दैनिक उपभोग्य वस्तुमा पनि मूल्य बढ्छ । यसै त अहिले पनि दैनिक उपभोग्य वस्तुमा चर्को मूल्य तिर्न बाध्य भइरहेका छन् । यस्तो अवस्थामा मूल्य समायोजना हुँदा जनताले राहतको महसुस गर्ने थिए । जनताका समस्यालाई उचित सम्बोधन गर्ने, जनताको दैनिकीलाई सहज, सरल र सुविधायुक्त बनाउने दायित्व सरकारको हो । नेपालको संविधान गास, बास र कपासलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ । तर, सरकारको लाचारीपनले यी विषय केवल अक्षरमा मात्र सीमित रहेको आमनागरिकलाई आभाष भइरहेको छ । सरकारले यस विषयमा तत्काल ध्यान दिई मूल्य समायोजन गर्नुपर्छ ।
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १८:२८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP