
दोहा– नेपालले कतारको राष्ट्रिय संग्रहालयलाई नेपालको राष्ट्रिय फूल लालीगुराँस अंकित कार्पेट उपहार स्वरूप दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पठाइएको लालीगुराँस अंकित कार्पेट कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले कतारको राष्ट्रिय संग्रहालयका प्रमुख अहमद मुसा अल नाम्लालाई हस्तान्तरण गरेको कतारस्थित नेपाली दूताबास जनाएको छ ।
हस्तकलाका कालिगढहरूले राष्ट्रपति भण्डारीको निर्देशनअनुसार विशेष रूपमा तयार पारेको कार्पेट हस्तान्तरण गरिएको हो । कार्पेट पूर्णरूपमा हातबाट निर्मित भएको तथा शुद्ध तिब्बतीयन ऊन र रेशमबाट निर्मित र कार्पेटमा फूलिरहेको लालस्गुराँस अंकित रहेको दूताबासले जनाएको छ ।
अक्टोबर २०१८ मा कतारको औपचारिक भ्रमणमा आएको बेला राष्ट्रपति भण्डारीले कार्पेट उपहार दिने सोच बनाएकी बताइएको छ ।