Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • एसपिपीमा सरकारको दोहोरो चरित्र
एसपिपीमा सरकारको दोहोरो चरित्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ६, २०७९
Hardik health
अमेरिकी सैन्य साझेदारी कार्यक्रम (एसपिपी)को विषय पछिल्लो समय केही सेलाएको थियो । एक, डेढ महिनाअघि चर्कोसग उठेको यो विषय मत्थरजस्तै भएको थियो । सरकारले एसपिपी अस्वीकार गर्ने भनेर अमेरिकालाई पत्र लेखिसकेको गृहमन्त्रीले प्रतिनिधिसभामा जवाफ दिएपछि यो विषय मत्थर भएको थियो । तर, पछिल्लो समय सरकारले अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग उठेपछि यो विषय फेरि चर्चामा आएको छ । यही विषयलाई लिएर बुधबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीम रावलले रोस्ट्रम नै ‘कब्जा’ गरेका थिए । बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि यो विषयले प्रवेश पायो । संसद्मा सत्तारुढ दलकै सांसदहरुले प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले त्यसबारे जानकारी दिन सरकारलाई निर्देशन दिने अवस्था आयो । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहितले एसपिपी अघि नबढाउने सरकारको निर्णय शंकास्पद भएको भन्दै प्रश्न उठाएका थिए । अन्य दलका सांसदहरुले एसपिपी सम्झौता अघि नबढाउने भनेर अहिलेसम्म सरकारले अमेरिकालाई पत्राचार नगरेको भन्दै प्रश्न उठाएपछि सभामुख सापकोटाले यसबारेमा रुलिङ गरे । गुरुङले एसपिपीलाई अन्य दुई फरक नाममा पास गराउने दाउमा सरकार रहेको भन्दै प्रश्न उठाएका थिए । त्यसैगरी नेकपा एमालेका सांसद रावलले पनि एसपिपीमा आबद्ध नहुने शेरबहादुर देउवा नेतृत्वको सरकारको निर्णय अलपत्र परेको बताएका थिए । उनले मन्त्रिपरिषद्ले निर्णय गरेर पनि एसपिपी कार्यान्वयन नगर्ने गरी अमेरिकालाई पत्र नलेखेको भन्दै आपत्ति जनाए । एमसिसीपछि रणनीतिक रूपमा एसपिपी लागू गर्न खोजिएको आशंका सांसदहरूले गरेका छन् । यसमा सरकारले देखाएको दोहोरो चरित्रले पनि आशंका गर्ने ठाउ दिएको छ । यसअघि एक मस्यौदा सार्वजनिक भएको थियो । मस्यौदामा नेपालको जुनसुकै भागमा अमेरिकी सेना तैनाथ हुन पाउने विषय समावेश थियो । जसको चर्को आलोचना भएपछि मन्त्रिपरिषद्ले एसपिपी अस्वीकार गर्ने र यस विषयमा अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म पत्र पठाए÷नपठाएको कुनै जानकारी छैन । नेपालको परराष्ट्र नीति असंलग्न स्वतन्त्र परराष्ट्र नीति हो । जो संयुक्त राष्ट्रसंघको वडापत्रमा आधारित छ । असंलग्न पञ्चशीलका सिद्धान्तमा आधारित छ । तर, नेपालमा अमेरिकी सेनाको प्रवेश र संयुक्त सैन्य अभ्यास हुने हो भने नेपालले अंगालिरहेको परराष्ट्र नीतिविपरीत हुन जान्छ । यसले दीर्घकालमा ठूलो संकट निम्त्याउन सक्छ । नेपाललाई एउटा सैनिक गठबन्धनतिर लैजाने र अमेरिकी हिन्द प्रशान्त रणनीति (इण्डो प्यासिफिक स्ट्राटेजी)को अंग बनाएर नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई ध्वस्त गर्ने काम हुनसक्नेतर्फ सचेत हुनैपर्छ । हामीले जसरी विभिन्न देशसग कूटनीतिक सम्बन्ध राखेको छौं, त्यसैलाई निरन्तरता दिनुपर्छ । कुनै अमुक देशसग बढी नै नजिकिने, आफ्नो भूमिलाई कुनै अमुक देश वा त्यहाको कुनै समुदायविरुद्ध प्रयोग हुन नदिने कुरामा सचेत बन्नैपर्छ । हाम्रो आन्तरिक राजनीति र मुलुकको दीर्घकालीन स्थायित्वमा पार्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्छ । यो वा त्यो कारणले देश र जनतालाई असर पर्ने कुनै पनि काम गर्नु हुदैन । सरकारले एसपिपीका विषयमा अझै स्पष्ट पार्नुपर्छ । अमेरिकालाई लेखिएको भनिएको पत्र सार्वजनिक गरे सबैलाई विश्वास दिलाउनुपर्छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ११:००
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP