Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • बजेटविनाको खर्च रोक
बजेटविनाको खर्च रोक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ५, २०७९
Hardik health
नयाँ आर्थिक वर्ष सुरु भइसक्दा पनि केही स्थानीय तहले अझै बजेट ल्याएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार बुधबारसम्म देशभरका ७५३ स्थानीय तहमध्ये १९३ वटाले आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएका छैनन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय तहले असार १० गते आगामी आर्थिक वर्षको बजेट अनिवार्य गाउँ/नगरसभामा पेस गर्नुपर्ने हुन्छ । सभामा पेस भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ । तर, साउन ४ गतेसम्म पनि १९३ स्थानीय तहले बजेट नल्याई कानुन उल्लंघन गरेका छन् । साउन १ गतेबाट ती स्थानीयले गर्ने खर्च गैरकानुनी हुने अर्थविद्हरुको भनाइ छ । केहीमा विवादलगायत विभिन्न कारणले बजेट प्रस्तुत गर्न नसकेको, केहीले बजेट ल्याएको भए पनि मन्त्रालयको प्रणालीमा प्रविष्ट नगरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । बजेट नल्याउने स्थानीय तह सबैभन्दा बढी मधेस प्रदेशका ६२ वटा र सबैभन्दा कम गण्डकीका नौ वटा छन् । बागमती प्रदेशका ३१ स्थानीय तहले पनि बजेट पेस गरेका छैनन् । यस्तै, प्रदेश १ का २८, सुदँरपश्चिम प्रदेशका २३, लुम्बिनी प्रदेशका २२ र कर्णालीका १७ स्थानीय तहले बजेट ल्याएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असार ३१ गते नै बजेट स्वीकृत भएको विवरण अद्यावधिक गराउन सबै स्थानीय तहलाई आग्रह गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ उपदफा ६ बमोजिम नगर वा गाउँ सभाले असार मसान्तभित्र आगामी आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । विगत वर्षहरुमा पनि स्थानीय तहहरुले समयमा बजेट ल्याउन सकेका थिएनन् । कतिपय स्थानीय तहले त आर्थिक वर्ष सकिँदासम्म पनि बजेट ल्याएनन् । स्थानीय तहमा देखिएको यस्तो विकृति यो वर्ष पनि दोहोरिएको छ । बजेट कानुनको ठाडो उल्लंघन गर्ने त्यस्तो स्थानीय तहमाथि कारबाहीको व्यवस्था नहुँदा समस्या दोहोरिएको छ । समयमा बजेट नल्याउने स्थानीय तहलाई संघीय सरकारले दिने अनुदान रोक्का गर्ने चेतावनी विगतमा पनि दिइँदै आएको थियो । तर, त्यसको प्रभाव नदेखिएको यसपटकको गतिविधिबाट पनि पुष्टि भएको छ ।नेपालको नयाँ संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन भएर सबै स्थानीय तहमा जनप्रतिनिधि आइसकेका छन् । स्थानीय तह भनेका जनताका नजिकका सरकार हुन् । अझ राजनीतिक दलका नेताहरूको भनाइलाई भन्ने हो भने स्थानीय तह गाउँका सिंहदरबार हुन् । राज्यका तर्फबाट जनतालाई प्रदान गरिने आधारभँत तहको सेवाको पहिलो केन्द्र नै स्थानीय तह हुन् । तर, विगतकैजस्तो कमजोरी गरेर स्थानीय सरकारले आफ्नो जनविश्वास गुमाउने काम गरिरहेका छन् । समयमा बजेट नल्याउँदा त्यसले आर्थिक मात्र होइन संवैधानिक संकट पनि निम्त्याउँछ । बजेट पारित नहुँदा उनीहरूले खर्च गर्न पाउँदैनन् । साउन १ गतेयता उनीहरूले गरिहेको खर्च अवैधानिक ठहरिन्छ । जनप्रतिनिधिहरू जनताप्रति कति उत्तरदायी छन् भन्ने एउटा उदाहरण पनि हो बजेट ल्याउने विषय । जब बजेट नै समयमा ल्याउन सक्दैनन् भने उनीहरूले नागरिकलाई दिने सेवा चुस्त, दुरुस्त दिइरहेका छन् ? भन्ने प्रश्न खडा हुन्छ । स्थानीय सरकार सञ्चालन ऐनको मर्मलाई समेत ख्याल गर्दै सबै स्थानीय तहले समयमै बजेट ल्याउनुपर्छ । स्थानीय तहमा देखिएको यो बेथिति हटाउन संघीय सरकारले पनि तत्काल प्रभावकारी नीति बनाएर काम गर्न आवश्यक छ । बजेट नल्याई अवैधानिकरुपमा गरिने खर्चलाई तत्काल रोक्न जरुरी ।
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०९:००
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP