Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • बजेट कार्यान्वयनमा कमजोरी सच्याऊ
बजेट कार्यान्वयनमा कमजोरी सच्याऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ३, २०७९
Hardik health
प्रत्येक पटक सरकार परिवर्तन हुँदा अर्थ मन्त्रालयको बागडोर सम्हाल्ने मन्त्रीको प्रतिबद्धता हुन्छ, पुँजीगत खर्च बढाउने । तर, प्रतिबद्धताअनुसारको प्रगति देखिँदैन । गत आर्थिक वर्षमा पनि सोही नियति दोहोरियो । यसपटक त बजेटको कुनै पनि लक्ष्य भेट्टाउन सकेन । यसको अर्थ बजेट कार्यान्वयनमा सरकार असफल भयो । गएको आर्थिक वर्ष २०७८÷७९ मा पुँजीगत खर्च गर्नमा सरकार झन् कमजोर देखियो । जसमा लक्ष्यअनुसार काम हुन सकेन । सरकारले पुँजीगत (विकास) खर्चको लक्ष्यमा ५७ दशमलव १८ प्रतिशतमात्र प्रगति हात पार्‍यो । कूल पुँजीगततर्फ तीन खर्ब ७८ अर्ब नौ करोड रुपैयाँ विनियोजन गरेकोमा दुई खर्ब १६ अर्ब २१ करोड मात्र खर्च गर्न सक्यो । असार अन्तिम सातामा मात्र पुँजीगत खर्च नौ अर्ब २६ करोड ३९ लाख र चालु खर्च दुई अर्ब ७७ करोड १४ लाख गरी कूल एक खर्ब १८ अर्ब तीन करोड ५३ लाख रुपैयाँ खर्च तथा भुक्तानी गरिएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा देखिन्छ । अघिल्लो वर्षहरुको तुलनामा समग्र सरकारी खर्च बढे पनि पुँजीगत खर्च भने बढ्न सकेन । यस आर्थिक वर्षमा चालु खर्च ९० दशमलव ७६ प्रतिशत अर्थात् नौ खर्ब ६६ अर्ब एक करोड रुपैयाँ, वित्तीय व्यवस्थापनतर्फ ६२ दशमलव पाँच प्रतिशत अर्थात् एक खर्ब एक अर्ब ३९ करोड रुपैयाँ खर्च भएको छ । गत आर्थिक वर्षका लागि चालुतर्फ १० खर्ब ६५ अर्ब २९ करोड र वित्तीय व्यवस्थातर्फ एक खर्ब नौ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरिएको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्ने क्रममा आर्थिक वर्ष ०७८/७९ मा कूल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात् आठ दशमलव छ प्रतिशत हुने संशोधित अनुमान सार्वजनिक गरेका थिए । कूल सरकारी खर्चमध्ये चालु खर्च नौ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१ दशमलव दुई प्रतिशत, पुँजीगत खर्च तीन खर्ब नौ करोड अर्थात् ७९ दशमलव चार प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२ दशमलव सात प्रतिशत खर्च हुने संशोधित अनुमान रहेको थियो । सरकारले एक आर्थिक वर्षमा विनियोजित बजेट अर्थात् १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँको ७९ प्रतिशत मात्र खर्च गरेको छ । सरकारले उक्त आर्थिक वर्षमा विनियोजित बजेटमध्ये १३ खर्ब एक अर्ब ४२ करोड ५४ लाख रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम (१) अनुरुप सरकारी कार्यालयले विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकमबाहेक भुक्तानी दिनुपर्ने अन्य रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरे पनि त्यसलाई बेवास्ता गर्दै कोष तथा लेखा नियन्त्रयक कार्यालय अघि बढेको देखिन्छ । बजेट कार्यान्वयनमा असफल हुनु भनेको सरकार असफल हुनु हो । सरकारले ल्याएका नीति तथा कार्यक्रमअनुसार काम नहुनु हो । यसको दूरगामी असर मुलुकले बेहोर्नुपर्छ । मुख्यगरी पुँजीगत खर्च कमजोर हुँदा समग्र विकास प्रक्रियामा नै असर गर्छ । आर्थिक वर्षको मध्य र अन्तिमतिर बजेट निकासा हुने, त्यसपछि तोकिएको क्षेत्रमा गर्नुपर्ने खर्चका लागि अपनाउनुपर्ने प्रक्रियाका कारण पनि ढिलाइ हुने गरेको छ । अर्कोतिर, अनेक खिचातानी र दाउपेचले पनि समयमा पुँजीगत खर्च हुन सक्दैन । खासगरी, राजनीतिक अस्थिरता, सार्वजनिक खरिद ऐन, स्थानीयको असहयोग र सुस्त कर्मचारीतन्त्रजस्ता कारणले समस्या हुने गरेको छ । त्यसकारण यी सबै समस्यालाई समाधान गर्नेगरी योजना बनाउनुपर्छ । नयाँ आर्थिक वर्ष आइतबारदेखि सुरु भएको छ । अब यो आर्थिक वर्षमा अघिल्ला वर्षहरूजस्तो बजेट कार्यान्वयनमा असफल नहुने गरी सरकारले काम गर्न आवश्यक छ । सरकारलाई हाम्रो आग्रह– भाषणमा होइन व्यवहारमा काम गरेर देखाऊ ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ०९:१२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP