Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मोदी ‘अनिच्छा’को अर्थ
मोदी ‘अनिच्छा’को अर्थ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २, २०७९
Hardik health
शुक्रबार भारत भ्रमणमा गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार बेलुका स्वेदश फर्किए । दाहालको उच्चस्तरीय भेटघाटको सम्भावित कार्यसूचीमा समावेश थियो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट । जसलाई दाहालको सचिवालयले पुष्टिसमेत गरिसकेको थियो । दाहाल स्वयंले पनि दिल्ली जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दा मोदीसँग पनि आफ्नो भेट हुने बताएका थिए । तर, भारतको सत्तारूढ पार्टी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नाड्डाको निमन्त्रणामा नयाँ दिल्ली पुगेका दाहालले मोदीलाई भेट्न पाएनन् । मोदीले भेटको समय नदिएपछि उनी ‘निरास हुँदै’ आइतबार स्वदेश फर्किए । मोदीसँग हुने भनिएको भेट अन्तिम समयमा रोकियो । भारतीय जनता पार्टीको कार्यालयमा अध्यक्ष नड्डासँग भेटवार्ता सकेर होटलमा फर्कने क्रममा मोदीसँग हुने भनिएको भेट स्थगित भएको सँचना आएको दाहालको दाबी छ । त्यसपछि उनी स्वदेशका लागि प्रस्थान गरे । नेपाल फर्किएपछि दाहालले मोदीसँगको भेट स्थगित हुनुको चित्तबुझ्दो जवाफ पनि दिन सकेनन् । मोदीको अनिच्छारबारे अनभिज्ञता प्रकट गरे । मोदीसँगको भेट अचानक रोकिएको भन्दै टालटुले जवाफ दिए । उनीहरूबीच आइतबार दिउँसो १ बजे भेट हुने भनिएको थियो । नेपालमा आमनिर्वाचनको तयारी हुँदै छ । दाहालले नेपाली कांग्रेससँग सत्ता गठबन्धन गरेका छन् । स्थानीय तह निर्वाचनमा कांग्रेससहितका दलहरूसँग गबठन्धन गरेका उनी आउँदो निर्वाचनसम्म यसलाई निरन्तरता दिन चाहन्छन् । यसको कारण मुर्झाउँदै गएको आफ्नो पार्टीलाई ब्युँझाउनु हो । र, महत्वपूर्ण कुरा उनी आउँदो निर्वाचनपछि प्रधानमन्त्री बन्न चाहन्छन् । तर, उनको यो चाहना पूरा हुने सम्भावनाको जग कमजोर छ । कथं कांग्रेस पहिलो पार्टी बन्यो भने तेस्रो पार्टी बन्ने माओवादीलाई प्रधानमन्त्री दिन कुनै हालतमा तयार हुने छैन । देउवा स्वयंले चाहेर मात्र पनि यो सम्भव नहुने देखिन्छ । उसो त देउवा आफैं पनि सातपटक प्रधानमन्त्री हुने ज्योतिषीय विश्वासको लिगलिगे दौडमा छन् । यस्तो बेला दाहालको प्रधानमन्त्री सपनामा चिसो पानी खनिने सम्भावना ज्यादा छ । आफै प्रधानमन्त्री बन्नका लागि उनी भारतको साथ चाहन्छन् । यो भ्रमणभित्रको एउटा कारण यो पनि हो । दिल्लीमा देउवापत्नी आरजु राणा देउवासँगको भेट पनि यसैको अर्को पाटो भएको चर्चा भइरहेको छ । दाहाल अबको निर्वाचनपछि देउवालाई राष्ट्रपति बनाएर आफँ प्रधानमन्त्री हुने दाउमा छन् । यद्यपि, अहिलेकै अवस्थामा त्यो सम्भव देखिँदैन । मोदीले बेवास्ता गरेपछि उनी ‘निरास’ भएर स्वदेश फर्किएका दाहालले कस्तो कदम चाल्छन्, त्यसको रोचक पर्खाइको विषय बनेको छ । कांग्रेसमासमेत माओवादीसँगको गठबन्धन जोगाइराख्नुपर्ने मत बलियो रहेको बुझेका उनले थप ‘बार्गेनिङ’का लागि एमाले कार्ड प्रयोग गर्न सक्ने छन् । शनिबार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले वाम गठबन्धनका लागि ‘ग्रिन सिग्नल’ दिइसकेका छन् । उनले त्यसका लागि पहिलो सर्तका रूपमा कांग्रेससँगको गठबन्धन तोड्नुपर्ने राखेका छन् । सोही कार्यक्रममा माओवादी नेता नारायणकाजी श्रेष्ठले वाम तालमेलका लागि अघि बढ्नुपर्ने धारणा राखेका थिए । जसबाट कांग्रेसको एउटा समुहभित्र ‘चिसो पसिसकेको’ छ । यता एमालेसमेत कुनै पनि हालतमा चुनावअघि नै वर्तमान गठबन्धन भत्काउने दाउमा छ । यस्तो बेला मोदीकोसमेत ‘दर्शन’ नपाएका दाहालले कांग्रेससँग ‘घुर्की’ देखाउनसक्ने सम्भावना छ । एमाले कार्ड फालेर उनी गठबन्धनमा बढी सिट हत्याउन लाग्न सक्ने देखिन्छ । तर, उनी आफ्नो बोलीमा इमान्दार भए भने गठबन्धन तलमाथि हुने छैन । आउँदो निर्वाचनसम्म वर्तमान गठबन्धन कायमै रहनेछ । एमाले गठबन्धनको सामना गर्दै चुनावी मैदानमा उत्रिनेछ । एउटा कुराचाहिँ के हो भने सत्ता गठबन्धनकै बहुमत आए पनि नेपालको राजनीतिमा ‘सूक्ष्म व्यवस्थापन’ गर्दै आएको भारतको ‘ग्रिन सिग्नलविना’ दाहाल आउने निर्वाचनपछि प्रधानमन्त्री हुने सम्भावना कमै छ । यसपालिको भारत भ्रमणमा मोदीले देखाएको ‘अनिच्छा’बाट दाहालले यो कुरा पक्कै बुझेका होलान् ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP