Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • बेरुजु नियन्त्रणमा ध्यान देऊ
बेरुजु नियन्त्रणमा ध्यान देऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार ३१, २०७९
Hardik health
सरकारी निकायमा हुने बेरुजु (रीत नपुर्‍याइ गरिने खर्च) एक वर्षमै सवा एक खर्ब थपिएको छ । बेरुजु नियन्त्रण र फस्र्योटमा सरकार असफल बन्दा कूल बेरुजु रकम चार खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । अझ, कारबाही गरी टुंगो लगाउनुपर्ने रकमसमेत जोड्दा बेरुजु रकम आठ खर्ब २९ अर्ब रुपैयाँभन्दा बढी पुगेको महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औं प्रतिवेदनमा उल्लेख छ । तहगतरूपमा संघमा ४९ अर्ब ४७ करोड, प्रदेशमा ७ अर्ब ४८ करोड र स्थानीय तहमा ४३ अर्ब ९१ करोड बेरुजु देखिन्छ ।सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा देखिएको छ । अर्थमा १९ अर्ब बेरुजु छ । यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पाँच अर्ब ५७ करोड, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको चार अर्ब ७५ करोड, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तीन अर्ब ८७ करोड, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तीन अर्ब ४२ करोड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक अर्ब २२ करोड, रक्षा मन्त्रालयको एक अर्ब नौ करोड, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एक अर्ब सात करोड, उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयको ९२ करोड, गृह मन्त्रालयको ५५ करोड र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ९९ करोड बेरुजु देखिन्छ । यो वर्ष थप भएकोसहित मुलुकको कूल बेरुजु चार खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अद्यावधिक बेरुजुमा कारबाही गरी टुंगो लगाउनुपर्ने रकमसमेत जोड्दा आठ खर्ब २९ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यो वर्ष टुंगो लगाउनुपर्ने रकम ८८ अर्ब रुपैयाँ थपिएको हो । महालेखापरीक्षकको प्रतिवेदनले मुलुकको अर्थतन्त्रमा आठ वटा समस्या औंल्याएको छ । समीक्षा वर्षमा बजार महँगीदेखि मुलुकको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा रेमिट्यान्सको हिस्सासमेत बढी रहेको औंल्याइएको छ । महालेखाले मुद्रास्फीति लक्षित सीमाभित्र रहन नसकेको, आर्थिक वृद्धिदर न्यून रहेको, विदेशी मुद्रा सञ्चितिमा ह्रास हुँदै गएको, आयातको तुलनामा निर्यात बढ्न नसकेको समस्या उल्लेख गरेको छ । यसैगरी, कूल लगानी र राष्ट्रिय उत्पादन बढ्न नसकेको, आन्तरिक तथा विदेशी ऋण बढ्दै गएको, कूल गार्हस्थ उत्पादनमा विप्रेषणको हिस्सा अधिक रहेको र अनौपचारिक अर्थतन्त्रको हिस्सा नियन्त्रण हुन नसकेको महालेखाले जनाएको छ । आर्थिक अनुशासन कमजोर हुँदा आर्थिक वर्षको अन्तिममा बजेट रकमान्तर हुने, खरिद ऐन पालना नगर्नेजस्ता विकृति नियन्त्रण हुन सकेको छैन । सार्वजनिक संस्थानको कमजोर प्रतिफल, निजामती सेवा ऐन पालना नभएको र अनुत्पादक खर्च बढेका कारण बेरुजु बढेको देखिन्छ । यसरी बर्सेनि बेरुजु बढ्नुको कारण बजेट (आर्थिक) अनुशासन पालना नगर्नु हो । सरकारी निकायमा रहेका जिम्मेवार अधिकारीहरुले खर्चलाई दुरुस्त बनाउन जरुरी छ । खर्चको औचित्य पुष्टि गर्न नसक्ने अधिकारीमाथि कडा कारबाही र जरिवानाको व्यवस्था गर्नुपर्छ । निकायलाई खर्चमा जिम्मेवार नबनाएसम्म बेरुजु बढ्ने क्रम रोकिँदैन । जसको असर मुलुकको अर्थतन्त्रले बेहोर्नुपरेको छ । जथाभावी खर्च गर्ने र खर्चको औचित्य पुष्टि नगर्ने प्रवृत्ति नियन्त्रण गर्नैपर्छ । यसमा सरोकारवाला सबै जिम्मेवार बन्न जरुरी छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP