Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • छानबिनलाई निष्पक्ष बनाऊ
छानबिनलाई निष्पक्ष बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार ३०, २०७९
Hardik health
बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले काम सुरु गरेको छ । समितिको पहिलो बैठकले छानबिनका क्रममा गरिने कार्यहरु समेटेर कार्यविधि बनाएको छ । जसमा समितिले अर्थ मन्त्रालयबाट कागजात मगाउने, सिसिटिभी फुटेज मगाउने, बजेट निर्माणमा संलग्नसँग सोधपुछ गर्ने र स्थलगत अनुगमन गर्ने भनिएको छ । जेठ १४ गते मध्यरातमा अर्थ मन्त्रालयमा पूर्वनासुलाई प्रवेश गराउँदै शर्माले करको दर व्यापारीको स्वार्थमा हेरेफेर गरेको आरोप लागेपछि मन्त्री पदबाट असार २२ गते राजीनामा दिएका थिए । अर्थमन्त्रीमाथि गम्भीर प्रश्न उठेपछि त्यही दिनै (असार २२) सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरेका थिए । समितिमा प्रमुख प्रतिपक्षी एमालेबाट चार, सत्तापक्ष नेपाली कांग्रेसबाट दुई, माओवादी केन्द्रबाट दुई, एकीकृत समाजवादी, लोसपा र जसपाबाट एक/एक जना सांसद छन् । यस्तै, प्रतिपक्ष लोसपाबाट एक सदस्य छन् । समितिले १० दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने कार्यादेश पाएको छ । बहालवाला कुनै पनि सार्वजनिक पद धारण गरेका व्यक्ति गम्भीर विवादमा मुछिँदा राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्नु राजनीतिक इमान्दारिता हो, जुन जनार्दनले पनि देखाएका छन् । यसअघिका केही मन्त्रीहरू पनि विवादित बनेपछि यसरी नै राजीनामा दिन बाध्य भएका थिए । तर, उनीहरूमाथिको छानबिन, अनुसन्धान औपचारिकतामा मात्र सीमित भएको थियो । जनार्दनमाथिको छानबिन यस्तो नहोस् । हुनु पनि हुँदैन । अर्को महत्वपूर्ण कुराचाहिँ छानबिन समितिले राजनीतिक आग्रह, पूर्वाग्रह राख्नु हुँदैन । देशको अर्थतन्त्रलाई गम्भीर असर पार्ने मुद्दा जोडिएको घटना भएकाले छानबिन स्वतन्त्र र निष्पक्ष हुन जरुरी छ । सत्तापक्षले जसरी पनि बचाउने र प्रतिपक्षले जसरी पनि कारबाही गर्ने मानसिकताबाट अघि बढियो भने समितिको खास अर्थ रहने छैन । समितिको इमान्दारितामाथि प्रश्न उठ्नेछ । कुनै पनि व्यक्ति दण्डको भागिदार हो कि होइन ? हो भने उक्त कसूरअनुसार कस्तो कारबाही हुनुपर्ने हो ? यसमा समिति गम्भीर बन्नैपर्छ । राजनीतिक आग्रह साँध्नका लागि, कसैको राजनीतिक भविष्य सिध्याउनका लागि समिति उद्देलित हुनुहुँदैन । छानबिनका क्रममा जनार्दनले गलत गरेको पुष्टि भएमा स्वाभाविक रूपमा उनी कारबाहीको भागिदार बन्नैपर्छ । राजनीतिक, नैतिक र कानुनी सजायको भागिदार बन्नैपर्छ । तर, उनको राजनीतिक करिअर ड्यामेज गर्नका लागि जबर्जस्ती कसूरदारचाहिँ देखाउनु हुँदैन । समितिको अर्को जोखिम के छ भने ११ सदस्यीय समितिमा प्रमुख प्रतिपक्ष एमालेका चार जना सांसद छन् । सत्तारूढ कांग्रेस–माओवादीका दुई/दुई जना, एकीकृत समाजवादी र जनता समाजवादीका एक/एक जना गरेर सत्ता गठबन्धन आवद्ध सांसद समितिमा छ जना छन् । प्रतिपक्ष दल लोसपाका एक जना सांसद् छन् । यसरी हेर्दा समितिमा सत्तँपक्षको बहुमत देखिन्छ । कथं कुनै विषयमा मत विभाजन गर्नुपर्ने अवस्था आयो भने सत्तापक्षको निर्णय स्वतः हाबी हुने देखिन्छ । मानौं, उदाहरणका लागि एमालेसहित प्रतिपक्षका सांसदहरूले जनार्दनमाथि कारबाहीको सिफारिस गर्नुपर्ने प्रस्ताव ल्याए तर, त्यसको विपक्षमा सत्तागठबन्धन एकजुट भयो भने एमालेको प्रस्ताव पारित हुने स्थिति छैन । त्यसकारण समितिमा राजनीतिक रंग देखिनु हुँदैन । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर शर्माले पदीय मर्यादाविपरीत काम गरेका हुन्, कुनै निश्चित स्वार्थ समूहका लागि काम गरेका हुन्, राज्यलाई क्षति पुर्‍याउने काम गरेका हुन् र जुन छानबिनका क्रममा सप्रमाण भेटियो भने उनलाई कुनै हालतमा उन्मुक्ति दिनु हुँदैन । तर, उनको संलग्नता पुष्टि भएन भने एमालेले प्रतिपक्षको भूमिका निभाउनकै लागि कारबाहीको गीत गाइरहनु पनि हुँदैन । एउटा विशेष परिस्थितिमा समिति बनेको छ । समितिको विश्वसनीयता आमजनमा हुने र आउने दिनमा बनाइने यसप्रकारका समितिप्रतिको भरोसा बढाउनसमेत यो समितिले निष्पक्ष काम गर्नैपर्छ । छानबिन निष्पक्ष होस् ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  ०९:२०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP