Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • विवादित विधेयक फिर्ता लेऊ
विवादित विधेयक फिर्ता लेऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार २८, २०७९
Hardik health
प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा रहेका जस्तै प्रावधान राखेर विधेयक ल्याएका छन् । ओलीले अध्यादेशका आधारमा संवैधानिक आयोगहरुमा विवादास्पद नियुक्तिको सिफारिस गरेका थिए । जहा“ परिषद्का अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा गणपूरक संख्या पुगेको मानिने व्यवस्था थियो गरिएको थियो । अध्यादेशमार्फत् गरिएको उक्त व्यवस्था अनुसार ओलीले विभिन्न संवैधानिक निकायमा ‘नियुक्ति राज’ चलाएका थिए । अहिले देउवाले ठीक त्यसरी नै संवैधानिक परिषद्मा आफूअनुकूल निर्णय गर्न सकियोस् भन्ने चाहनासहित विधेयक ल्याएका छन् । विधेयक राष्ट्रिय सभामा दर्ता भइसकेको छ । संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता गरेको हो । तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ मंसिरमा ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वतः निष्क्रिय भएपछि कानुनी रिक्तता हटाउन विधेयक ल्याइएको सरकारी तर्क छ । तर, परिषद्को गणपूरक संख्या र निर्णय गर्ने कार्यविधि परिमार्जन गर्नुले देउवा नेतृत्वको सरकारले आफू अनुकूल संवैधानिक नियुक्तिहरु गर्ने उद्देश्यले यो विधेयक ल्याएको स्पष्ट हुन्छ । संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष हुन्छन् । सदस्यहरुमा विपक्षी दलका नेता, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख हुन्छन् । यसरी परिषद् ६ सदस्यीय हुने संविधानको धारा २८४ मा उल्लेख छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशको सिफारिस गर्दा कानुनमन्त्री सदस्य हुने उक्त धारामा उल्लेख छ । मूल ऐन अनुसार परिषद्को बैठक बस्नका लागि अध्यक्षसहित पाँच जनाको उपस्थिति हुनुपर्ने व्यवस्था छ । सहमतिबाट निर्णय हुन नसकेमा परिषद्का सम्पूर्ण सदस्यको बहुमतबाट निर्णय गरिने प्रावधान राखिएको छ । तर, सरकारले अहिले दर्ता गरेको संशोधन विधेयकमा गणपूरक संख्या र निर्णय गर्न चाहिने न्यूनतम संख्यालाई ख्याल गरेर दफा ६ को उपदफाहरु ३, ६ र ७ मा परिवर्तन गरेको छ । मूल ऐनको दफा ६ (३) मा ‘अध्यक्ष र कम्तीमा चार जना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ’ भनिएको थियो । तर, संशोधन विधेयकको दफा ६ (३) मा ‘अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा पचास प्रतिशत सदस्य उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ’ भन्ने उल्लेख गरिएको छ । सरकारले विधेयक ल्याएपछि सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला लगायतले विरोध जनाएका छन् । उनीहरूले सरकारले विधेयक फिर्ता लिनुपर्ने माग गरेका छन् । यता, सत्तँरूढ नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि विधेयक फिर्ता लिनुपर्ने बताएका छन् । उनले यसबारे सत्तारूढ पाँच दलीय गठबन्धनका छलफल हुनुपर्ने माग गरेका छन् । ओलीले अध्यादेश ल्याउँदा देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतले चर्को विरोध गरेका थिए । कतिसम्म भने सभामुख अग्निप्रसाद सापकोटा त सर्वोच्च अदालत पुगेका थिए । उनले दायर गरेको मुद्दा विचाराधीन छ ।यही बेला हिजो अध्यादेशको चर्को विरोध गर्नेहरू नै सरकारमा भएका बेला उनै ओलीले अध्यादेशमा राखेका जस्ता प्रावधान समेटेर विधेयक ल्याउनु लाजमर्दो छ । राजनीतिक र नैतिकरूपमा यो सुहाउने कुरा हुँदै होइन । यसले शक्ति पृथकीकरणमा पनि असर गर्ने कुरामा दुई मत छैन । साथै, राजनीतिक विग्रह र अस्थिरतासमेत ल्याउँछ ।कानुनी रिक्तता हटाउन विधेयक ल्याउनु सरकारको दायित्व हो । तर, विवादस्पद प्रावधान राखिनु र हिजो आफैंले चर्को विरोध गरेका विषय समेटिनु त झन् सुहाउने कुरै भएन । त्यसकारण वर्तमान सरकारले राष्ट्रिय सभामा दर्ता गरेको विधेयक फिर्ता लिएर अर्को विधेयक ल्याउनुको विकल्प छैन ।
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  ०९:१९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP