Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अब बल समितिको कोर्टमा
अब बल समितिको कोर्टमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २३, २०७९
Hardik health
एकपछि अर्को विवादमा तानिँदै गएका अर्थमन्त्री जनार्दन शर्माले अन्ततः बुधबार राजीनामा दिए । बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप लागेपछि उनी थप विवादमा तानिएका थिए । सोही घटनामा सूचनाको हक प्रयोग गरी मागिएको सिसिटिभी फुटेजसमेत दिन अस्वीकार गरेपछि अर्थमन्त्री शर्मामाथि राजीनामा र बर्खास्तीको चर्को दबाब थियो ।बुधबार प्रतिनिधिसभाले ११ सदस्यीय छानबिन विशेष समिति गठन गरेपछि शर्मा राजीनामा दिन बाध्य भए । सभामुख अग्निप्रसाद सापकोटाले बुधबारको प्रतिनिधिसभा बैठकमा समितिको औपचारिक घोषणा गरे । संसदीय छानबिन समितिमा संसद्को सबभन्दा ठूलो दल नेकपा एमालेका चार जना, नेपाली कांग्रेस र नेकपा माओवादीका दुई–दुई जना सांसद रहेका छन् । यस्तै, एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका एक–एक जना सांसद समितिमा छन् । समितिमा सांसदहरू खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, पुष्पा भुसाल गौतम, सरला कुमारी यादव, देवप्रसाद गुरुङ, शक्तिबहादुर बस्नेत, सिताराम महतो, लक्ष्मणलाल कर्ण र सुरेन्द्र प्रसाद यादव रहेका छन् । समितिलाई १० दिनभित्र प्रतिनिधि सभामा प्रतिवेदन पेस गर्ने समयसीमा दिइएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले मात्र होइन, सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका केही सांसद र नेताहरूले समेत अर्थमन्त्रीले राजीनामा दिनुपर्ने, उनी आरोपित घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने आवाज उठाएका थिए । उनीहरूले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवामाथि यस विषयमा दबाब बढाएका थिए । अर्थमन्त्रीले राजीनामा दिइसकेपछि र दलहरूकै माग अनुसार समिति बनेपछि अब बल समितिको कोर्टमा पुगेको छ । अर्थमन्त्रीका रूपमा जनार्दन शर्माले गलत गरेका हुन् कि होइनन्, गलत गरेका हुन् भने के–के गलत गरे ? उनलाई कस्तो सजाय हुने लगायतका विषयमा अब समितिले निष्पक्ष तवरबाट अध्ययन, छानबिन गर्नुपर्छ । जसलाई जनविश्वासयोग्य बनाउनुपर्छ । यतिमात्र होइन, अर्थमन्त्रीबाट राजीनामा दिएका शर्मा स्वयंले पनि छानबिनका लागि समितिलाई प्रशस्त सहयोग गर्नुपर्छ । यदि उनले कुनै गलत काम गरेका छैनन्, जनहितविपरीत, राष्ट्रहितविपरीत काम गरेका छैनन् भने खुलारूपमा समितिलाई सघाउनुपर्छ । ताकि उनीमाथि लागेका आरोपबारे प्रशस्त छानबिन र अनुसन्धान गर्न सकियोस् । यसले शर्माको कद घटाउने होइन, अरू बढाउने काम गर्नेछ । कुनैबेला ऊर्जा मन्त्रालयको नेतृत्व गरेर देशलाई लोडसेडिङमुक्त बनाउन भूमिका खेलेका शर्माले आफ्नो शाख जोइराख्न पनि छानबिनमा सहयोग गर्नैपर्छ । अनेक तिकडम गर्ने, शक्तिकेन्द्र धाउने र संसदीय छानबिन समितिलाई असहयोग गर्ने काम गरे भने भने एउटा राजनीतिक भविष्य बोकेको योद्धा अवसानको बाटोमा लाग्ने पक्का छ । तसर्थ, यसमा शर्मा स्वयं र उनका निकटले विवेक पु¥याउनुपर्छ । उनलाई सल्लाह दिनेहरूले असल सल्लाह दिनुपर्छ । थाहा छैन यसअघि उनीहरूले कस्ता सल्लाह दिए, वा उनीहरूले दिएका सल्लाह शर्माले माने/मानेनन्? त्यो उनीहरू नै जानुन् । तर, एउटा बहालवाला मन्त्री ‘गम्भीर मुद्दा’मा मुछिएपछि यसको स्वतन्त्र छानबिनका लागि सहयोग गर्नु नै न्यायोचित हुन्छ । यो जनार्दनका लागिमात्र होइन उनी आबद्ध सिंगो माओवादी पार्टीका लागि पनि फलदायी हुने कुरामा दुईमत छैन ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  ०८:०४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP