Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
साहित्य
  • Home
  • साहित्य
  • वैदेशिक अध्ययनमा केन्द्रित ‘मोचन’
वैदेशिक अध्ययनमा केन्द्रित ‘मोचन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार २२, २०७९
Mochan
Hardik health
काठमाडाैं - अमेरिका पुगेको एक नेपाली जोडीबीच भयंकर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग विवाह गरी आफ्नो विद्यावारिधि पूरा गरेका विषयमा केन्द्रित एक उपन्यास अहिले बजारमा छ । हाल अमेरिका–नेपाल आउजाउ गरिरहने डा तुलसी आचार्यको ‘मोचन’ उपन्यास (फिनिक्स बुक, २०७८) को सारांश यति मात्र भए पनि यसले अमेरिकी जीवनबारे पनि केही बताएर पाठकलाई अर्कै महादेशमा लैजान्छ । लेखकले पछिल्ला घटनालाई अगाडि ल्याउने (फ्ल्यासब्याक) शैलीमा उपन्यासमा प्रथम पुरुष (उत्तम पुरुष)का रूपमा रहेर आफ्नो प्रेम, द्वन्द्व, वियोग, संयोग र शैक्षिक जिन्दगीको कथा बताएका छन् । तीस प्रतिशत आफ्नो जीवनका प्रसंग उपन्यासमा ल्याएका लेखकले भिन्न आर्थिक वर्गबीच हुनसक्ने द्वन्द्व र त्यसको परिणामलाई राम्ररी चित्रण गर्नाका साथै अमेरिकी जीवनलाई थोरै अंशमा भए पनि प्रस्तुत गरेका छन् । विवाहपूर्व नै विद्यावारिधि गर्न गएको विद्यार्थी पछि नेपाल आएर बाबुआमाको रोजाइको केटी विवाह गर्छ र उतै हानिन्छ । पछि युवककी पत्नी पनि अमेरिका पुग्छिन् र दुवै अध्ययन र कामका बीच अमेरिकाको स्वतन्त्रता र स्वच्छन्दता भोग्छन् । काम गर्ने र त्यसबाट पैसा कमाएर कलेज पढ्ने पुरुषलाई पत्नीले हरबखत विलासिताका लागि जोड दिन्छिन्, खाना बनाउने–भाँडा माझ्ने काम पनि पति प्रायः एक्लै गर्न पुग्छ । ‘दुई दिनको जिन्दगी हो पैसा जोगाएर, प्याक प्याक भएर बाँच्नु छैन मलाई,’ पत्नी भन्थिन् ।उनीहरूबीच पाठकले सोच्न नसक्नेसम्मको भयंकर झगडा चल्छ, पतिले आफूलाई शारीरिक आक्रमण गरेकामा पत्नी प्रहरीसमेत गुहार्न पुग्छिन् । पढाइ सकेपछि आफू नेपाल फर्कने र नातिनातिना खेलाउने बाबुआमाको चाहना दुवैलाई उनकी पत्नी मन पराउँदिनन् । लवाइ, खवाइ र विचारजस्ता विषयमा द्वन्द्वको पराकाष्ठा पुगेपछि ऊ आफूलाई राम्रो पति हुन नसकेको महसुस गर्दै अर्की पत्नीको खोजमा हुन्छ ।कलेजमा पढ्ने र काम पनि गर्ने पहिलेकी पत्नी आश्माबाट खुसी, शान्ति र आत्मसम्मान पाउन वञ्चित पुरुष पाँच वर्षपछि बाध्य भएर अर्की युवतीसँग ‘साइबर लभ’ हुँदै भौतिक उपस्थितिमै नेपाल आएर विवाह गर्न पुग्छ । जिम्मेवार र देशभक्त छोरा तथा पति बन्ने पुरुषको इच्छा र कसैको वैवाहिक जीवनमा जबर्जस्ती प्रवेश नगर्ने बरू पहिली पत्नीबाट विल्कुल प्रेम नपाउने र आफूले पनि नगर्ने भए मात्र आफू विवाहित पुरुषसँग विवाह गर्ने पछिल्ली युवती अनामिकाको विचार देखाएर लेखकले दोस्री पत्नीको प्रवेशलाई स्वाभाविक बनाउने प्रयास गरेका छन् । पत्नीलाई छाडेर केही समय नेपाल आएको पात्रसँग पहिली पत्नीले हरबखत इमेलबाट वा तन्द्रामा पनि आफूसँग प्रेमको भीख मागिरहेकी हुन्छिन् भने उसको नवप्रेमिका अनमिकासँगको प्रेम र हिमचिम बढिरहेको हुन्छ । यस्ता अवस्थामा नयाँ प्रेमिकासँग विवाह गर्ने कुरा सोच्न नसक्ने स्थितिमा पुगेको पुरुषभित्र मच्चिएको हुन्डरीलाई पनि लेखकले स्वाभाविक ढंगले यथार्थ चित्रण गर्न सकेका छन् । उपन्यासमा मदन आश्रित हत्याको रहस्य, गोरखा भूकम्पका प्रभाव, भारतीय नाकाबन्दी, केही असन्तुष्टिमै गाडी जाम गर्ने र सवारीसाधनमा ढुंगा हान्ने व्यवहार, पशुपतिनाथ, भक्तपुर, ओशो तपोवन आदि स्थान देखाएर हाम्रो तीर्थस्थल, इतिहास र प्रवृत्तिलाई उजागर गरेका छन् । ठाउँ–ठाउँमा विभिन्न लेखक, दार्शनिक, कवि, गायकका भनाइ, गीत कविता तथा सिसिफस, फोनिक्स चरा, सतीदेवी, इन्द्रको आसन आदिजस्ता कतिपय ग्रीक र हिन्दू मिथक तथा गीताका श्लोक उद्धृत गरेर लेखकले आफूलाई अध्येता र बौद्धिकरूपमा चिनाउन पनि खोजेका छन् । पाठकलाई सम्बोधन गर्दै लेखिएको प्रायोगिक उपन्यासमा आफूभित्रको द्वन्द्व र उतारचढाव तथा ‘कष्ट तथा बाधाबन्धन आदिबाट छुट्ने काम’ देखाएर शीर्षकलाई सार्थकता दिने प्रयास गरिएको छ ।विद्यावारिधिजस्तो उच्च शैक्षिक खुड्किलो सम्पन्न गरेर लेखकले अमेरिकामा गरिएको दुःख र संघर्षबाट ‘मोचन’ पाएका छन् । नेपाल–अमेरिका–नेपाल गर्दै प्राध्यापन–लेखनमा सरिक लेखकले नेपालमै स्कुल–कलेजमा अध्यापन गरेको पुरुष पात्रले अमेरिकामा कुचो लाउने, भाँडा माझ्ने आदि काम गरेको प्रसंग उपन्यासमा देखाएर विदेशमा विदेशीले गर्ने यथार्थ काम प्रस्तुत गर्ने हिम्मत गरेका छन् । बेहुलीले विवाहमण्डपमै मोबाइल फोन उठाएको तथा पत्नीले पतिलाई तल्लास्तरका शब्द प्रयोग र व्यवहार गरेको चाहिँ हाम्रो चलन र संस्कृतिसँग त्यति मेल खाँदैन । गरिब र दासताबाट मुक्त हुन नचाहँदा नै मानिस दरिद्र हुन्छ भन्ने अनामिकाको पूजापाठमा विश्वास गर्ने र ज्योतिषी देखाएर आफ्नो भाग्य जान्न चाहने व्यक्तित्वमा भने विरोधाभास देखिन्छ । आश्मा र अनामिकालाई गरेका सम्झनालगायत अन्य प्रसंगहरू अनेकपटक पुनरुक्ति भएका छन् । अनामिकासँग रिसाएर हिँडेको पुरुषको तपोवनमा उनैसँग भेट हुनामा नाटकीयता देखिन्छ । पारिजातको ‘शिरीषको फूल’ उपन्यास पढेपछि आफ्नो जिन्दगी निस्सार प्रेममा परेको सुयोगवीरसँग पटक–पटक दाँजेको पुरुषले आखिर विनाछोडपत्र दोस्रो विवाह गरेरै छाड्छ जसलाई नेपाली कानुनी दृष्टिले ठीक ठहराउन भने सकिँदैन । वर्णविन्यास धेरै ठाउँमा गल्ती देखिन्छ । पुराणकै प्रसंग भए पनि ‘विश्वामित्र’का ठाउँमा ‘वशिष्ठ’ र ‘मेनका’का ठाउँमा ‘उर्वशी’ भएको छ । एकै नाम कतै जेम्स सि–डोब्सन र कतै जेम्स सिडोक्सन भएको छ । नेपालकै मोरङ, झापातिर जन्मेहुर्केका लेखकले कतैकतै मात्र ‘थिएछन्’ जस्तो दार्जिलिङे नेपाली भाषा प्रयोग गर्दा स्वाभाविक लाग्दैन । एक विद्यार्थीको अमेरिका प्रवेश, उसको वैवाहिक जीवन, प्रेम, उतारचढाव, दुःख र संघर्ष तथा सफलताका कथा पढ्दापढ्दै उपन्यास सकिएको पाठकलाई पत्तै हुँदैन । यही नै यसको सफलता मान्न सकिन्छ ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९  ०८:०३
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन मंगलबार, मंसिर २३, २०८२
हेमजा साहित्य महोत्सव सम्पन्न
हेमजा साहित्य महोत्सव सम्पन्न आइतबार, मंसिर २१, २०८२
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण आइतबार, मंसिर २१, २०८२
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान शुक्रबार, मंसिर १२, २०८२
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक शुक्रबार, मंसिर १२, २०८२
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी आइतबार, मंसिर ७, २०८२
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि बुधबार, मंसिर ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP