काठमाडाैं- गायक तथा मोडल सबिन खड्काको आवाजमा ‘हामी सबै नेपाली, हाम्रो नेपाल’ सार्वजनिक भएकाे छ । गीतका शब्द स्वयं गायक सबिन खड्काकै हुन् ।
गीतमा खड्काको आवाजमा छ भने संगीत चर्चित गायक तथा सर्जक बैकुण्ठ भरेका छन् । समसामयिक परिस्थिति र राष्ट्रियताको गहिरो अनुभूतिलाई समेटिएको यस गीतले देशप्रतिको माया, एकता र जिम्मेवारीको सन्देश प्रवाह गरेको छ।