काठमाडाैं- आगामी माघ १ गते मण्डला थिएटरमा कविता कन्सर्ट हुँदैछ ।‘बजारका कविता’ शीर्षकमा हुन लागेको कन्र्सट रंगकर्मी एवं कवि अनुप न्यौपानेले आयोजना गर्न लागेका हुन् ।
दुई वर्ष पहिले पनि अनुपले कविता कन्र्सट गरेका थिए । कन्सर्टमा अनुपले आफ्ना कविता वाचन गर्ने र मेलिना राई, विराज बास्कोटा, समीर भट्टराईको कलात्मक प्रस्तुति रहने जनाइएको छ ।
अनुपले वाचन गर्ने कवितालाई संगीत भरेर रोचक बनाइने छ । जसमा संगीततर्फ सौरभ चालिसे, सुदीप खतिवडा, रचना घिसिङ र निकोल्सन महर्जनले सहयोग गर्ने कवि न्यौपानेले जानकारी दिए ।
न्यौपाने कविसँगै रंगकर्मीसमेत हुन । उनले ‘सिरुमारानी’, ‘क्याफे’, ‘वैतर्णी’, ‘एन्टिगोनी’, ‘सलेदो’लगायतका नाटकहरुमा अभिनय र ‘कथा एक’, ‘सिरुमारानी’ जस्ता नाटकको निर्देशन गरिसकेका छन् ।