काठमाडौं- दायित्व वांमय प्रतिष्ठान, नेपालले यस वर्षका लागि विभिन्न पुरस्कार पाउने स्रष्टाको नाम छनोट गरेको छ । प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा सम्पन्न बैठकले २०८२ सालका विभिन्न चार पुरस्कारको निर्णय गरेको हो ।
अध्यक्ष पन्तका अनुसार रु २५ हजार राशिको ‘शंकर कोइराला आख्यान पुरस्कार’ आख्यानकार मधुवन पौडेललाई, रु ५१ हजार १११ राशिको ‘चुडामणि भाषा व्याकरण-कोश पुरस्कार’ साहित्यिक पत्रकार रोचक घिमिरेलाई, २५ हजार रुपैयाँ राशिको ‘कुमार-सरस्वती समालोचना पुरस्कार’ समालोचक प्रा डा लक्ष्मणप्रसाद गौतमलाई तथा रु ५५ हजार ५५५ राशिको ‘रामप्रसाद पन्त वांमय पुरस्कार’ नाट्यकर्मी किशोर पहाडीलाई प्रदान गरिने भएको छ ।
दायित्व वांमय प्रतिष्ठान, नेपालको स्थापना २०५७ सालमा गरिएको हो । प्रतिष्ठानले भाषासाहित्यका क्षेत्रमा काम गर्दै आएको छ ।