अंकुरण हुन सकेनन् कतै, मरुभूमिमा कर्मका बीज
सपनाहरू मृत्युतुल्य, बाँझो मरुभूमिजस्तै सबै चिज
भाग्य मृत्युतुल्य लाग्छ, लाग्नै नसक्ने भए कर्मका फल
खोक्रो ललाटमा कहाँ रहन्छ र सधैँ कुनै चिजबिज?
मृत्युतुल्य लाग्छन् अब त सपनाहरूका ती सबै बीज
नशाजस्तै छु सदा झुम्मझुम्म, अन्धकारमै छु म निज
भोटेकोसीझैँ आयो बाढी, बगायो कर्म र भाग्यका बृज
डाँडापारि धिपधिप गर्दै निभ्न लागेका सपनाका दीप।
कतिबेला आउने हो सुनामी, मनमा बेचैनी, छैन स्थिर
लाग्छ, गन्तव्य छैन कतै- देख्छु जताततै कृष्णभीर
भाग्य मृत छ मरुभूमिझैँ, सधैँ उजाड, छैन अब पीर
कोशिश त गर्दैछु निरन्तर-ढल्ने हुन् अभावका पहाड आखिर?
गहिरो निद्रामा छु म, सकिरहेको छैन कति पनि बिउँझन
दुनियाँ शराबझैँ रहेछ, आफन्त शब्दहरू शब्दकोशमै विलीन
आफन्त भन्ने शब्द नै नभए, पीडा नुनचुकझैँ लाग्ने थिएन
तर पनि अझै आशावादी छु-सपनाहरू हुनेछन् अंकुरण।