Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
साहित्य
  • Home
  • साहित्य
  • केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस १४, २०८२

ललितपुर - संस्कृति पुस्तान्तरणको निर्मम श्रृङ्खलाकाे केदार संकेतको ‘अन्तिम साँझ’ लोकार्पित भएकाे छ । आज ललितपुर मानभवनको अइला लन्जमा आयोजित एक विशेष कार्यक्रमका विभिन्न साहित्यकार, उपन्यासकार स्रष्टाबीच केदार संकेतको ‘अन्तिम साँझ’ लोकार्पित भएकाे हाे। 

नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार ओम श्रेष्ठ ‘रोदन’ महाकाव्यकार खेमनाथ दाहाल, साहित्यकार प्रगति राई, कीर्तिमानी सङ्गीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठ, लगायतले एकसाथ बेलायतमा बसेर यात्रा स्पर्श, कविता, गीत, उपन्यासमा निरन्तर क्रियाशिल स्रष्टा यात्रा स्पर्श अभियान्ता केदार सङकेतको नवौं कृति अन्तिम साँझ लोकार्पित गरिएकाे हाे । 

मिलाप पब्लिकेसनले प्रकाशन गरेको उक्त कथा सङ्ग्रहमा पहिचानजनित एक कथासहित समसामायिक १५ वटा कथाहरु सङ्ग्रहित छन् । साहित्य जस्तो विशुद्ध क्षेत्रमा पनि धेरै राम्रा लेखकहरु गुमनाम भएको प्रमुख अतिथि ओम श्रेष्ठ रोदनले गुनासो गरेका छन् । उनले भने,' यो समय प्रविधिले साथ दिएको समय पनि हो कहिल्यै नसुनिएका नचिनिएका साहित्यकारलाई अचानक एउटै कथाले सबै माझ चिनाउन सकिने तर त्यसको लागि अलिकति मिहिनेत र धैर्यता चाहिने भन्दै भर्खरै १२ खरी कथा प्रतियोगिताबाट पुरस्कृत कथाका कथाकारले कैयौं पटक आफुले लेखेको कथा सम्पादन गरेको छ ।,'कथाकारमा परिपक्वता समेत देखिएकाे छ । हामीले रामायण लेख्ने भानुभक्तको वारेमा धेरै सुनेका छौं । र उनका धेरै सालिकहरु पनि बनेको छन् । सबैले चिन्छन् तर महाभारत लेख्ने सुब्बा होमनाथ र केदारनाथलाई कसैले चिन्दैन । कारण भानुभक्तका पछाडि मतिराम भट्ट थिए तर सुब्बा होमनाथ र केदारनाथका पछाडि कोही थिएनन्। '

'यसैले सबै माझ चिनिनको लागि चर्चा पाउनको लागि मतिरामहरु हुनेपर्ने रहेछ । तै पनि सुब्बा होमनाथ र केदारनाथहरु समुन्द्र हुन् । कसैले चर्चा गरोस नगरोस समुद्र आफ्नो शान्तभावमै विश्वलाइ कब्जा गरेर आफ्नो वर्चश्व कायम गरेर बसेको हुन्छ । हो त्यस्तै हुन केदार सङ्केत । हल्ला खल्लाका आधारमा चर्चित बनेका कतिपय साहित्यकारहरुको अस्तित्व सदैव स्थिर हुन सक्दैन । काव्यिक स्वधर्म र सिर्जनशील चिन्तनमा लगातार प्रवाहित भइरहने स्रष्टाहरुको सुदुर गन्तव्य सुनिश्चित छ ' उनले भने । 

Hardik health

'पुरस्कार, प्रतियोगिता र हल्लाखल्लाका भरमा स्थापित हुने रहर पाल्ने कतिपय सर्जकहरुको भीडमा केदार सङ्केत फरक छन । प्रयोगवादी शैली, विषयवस्तुको विविधता कथानकमा गम्भीरता जस्ता विशेषताले गर्दा अन्तिम साँझ जस्ता राम्रा कृतिका लागि हल्ला गरिरहनु पर्दैन ।' उनले भने,' समयको प्रवाहले आफैं मूल्यांकनको कसीमा खरो उत्रिन्छ । सिर्जनशील कर्मको बलमा आफैँ चर्चाको सगरमाथाको शिखर चुम्छ । पक्कै पनि यो कथा सङ्ग्रहले कथाकारलाई सम्मानित बनाउने छ।’

कथा सङ्ग्रहको समालोचनात्मक चिरफारमा साहित्यकार प्रगति राईले कतिपय कथाहरु यदाकदा पढ्न पाइएको तर्फ इंकित गर्दै १२ वटा कथाहरु उस्तै उस्तै रहस्यमयी भएको, एक कथामा आफैं कथाको पात्र भए जस्तो लागेको बताए । उनले भने, ‘यस कथा सङ्ग्रहमा सुनकोशीको कथा छ, जुन कथाले सुनुवार जातिको इतिहास उत्खनन् मात्रै गरेको छैन,आम नेपाली समाजमा घटेको वास्ताविक घटना पनि पस्केको छ ।

उनले भने 'सानो नातिले बाजेलाई प्रश्न गर्छ कि बुबा भन्नु हुन्छ अंग्रेजी पढ, अंग्रेजी भविश्य हो, तपाइँ भन्नुहुन्छ हाम्रो संस्कृति बुझ यो भविश्यमा तँलाई काम लाग्छ । मेरो सानो दिमागले यति धेरै कुरा कसरी एकै पटक गर्नसक्छु । तर बाजेले नातिलाई सजिलै चित्ता बुझाउँछ । एक से एक कथा उत्कृष्ट फरक र चाखलाग्दो छन । र शिर्ष कथा अन्तिम साँझ मार्मिक छ, युद्धले कसरी समाज पिल्सीएको छ भन्ने समसामायिक यथार्थ पस्किएको छ ।’

त्यसैगरी कथा सङ्ग्रहको समिक्षा गर्दै कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले भने , ‘साहित्यकारले कृति जन्माउनु र मानिसले बच्चा जन्माउनु उस्तै कुरा हाे । अन्तिम साँझ कथा सङ्ग्रहकाे १२ औं कथाले आध्यात्मिक चेतना जागृत भएर शान्तिको खोजी गरेको छ । कोलाहलबाट मुक्ति खोजेको देखिन्छ । उनको कथाले नेपाली साहित्यलाई विश्वव्यापी यात्रा गराउने छ । कथाहरु प्रगति ज्युले भने जस्तै एकदमै श्रृङ्गारिक र रहस्यमय छन । आकर्षक कलेवर र साजसज्जामा आएको कथा सङ्ग्रहका बारेमा श्रीओम श्रेष्ठ ‘रोदन’, रोचक घिमिरे, प्रकाश सायमी जस्ता मूर्धन्य साहित्यकारहरुको भूमिका रहनुले कृतिको स्तरीयताको स्वत: मापन भएको छ । मैले धेरै बोलीरहनै पर्दैन ।’

सबैको शुभकामना र समिक्षा सुनेपछि कार्यक्रममा भौतिक रुपमा उपस्थित हुन नसके पनि कथाकार केदार सङ्केतले भिडियो कल मार्फत लेखकीय मन्तव्य व्यक्त गरेका थिए । आफ्नो कथाका सबै पात्रहरुसँग धेरै पटक कुरा गरेको र सबै पात्रहरुलाई आफ्नै जन्मभुमि फर्काएको बताउँदै लेखकका लागि पाठकहरुको प्रतिक्रिया नै पुरस्कारका रुपमा रहने र यथोचित प्रतिक्रियाका आधारमा आगामी लेखन कर्ममा परिमार्जन गर्दै अघि बढ्ने बाचा गर्दै साथसहयोग गर्ने सबैमा आभार व्यक्त गरे ।

लोकार्पण कार्यक्रमका सभाध्यक्ष वरिष्ठ साहित्यकार ख्यामनाथ दहालले कथा सङ्ग्राहको सबै कथाको शिर्षकगत छोटो समिक्षा गर्दै निस्कर्षमा "स्वन्त सुखयः" भने जस्तै अन्तत: मान्छेले अन्तिम सुख आफैंमा देख्ने रहेछ र आफुले भोगेको संस्कारमै फर्किने रहेछ भन्दै अगाडि थपे , ‘केदार संकेत पनि गीताको ‘स्वधर्म निधनम् परोधर्म भयवह’ कै बाटोमा हिड्नुभएको सुनकोशीको कथाले प्रष्ट पार्छ । उहाँ विश्वको जुनसुकै कुनामा पुगे पनि घुमे पनि आफ्नै संस्कार संस्कृति प्यारो लाग्छ भन्ने प्रमाणित उक्त कथाले गरेको छ ।’ कार्यक्रमको समापन भने आफुले नगरी पत्रकार कृष्ण भुषाललाई समापन गर्न माइक हस्तान्तरण गरे । 

कथा सङ्ग्रहका भाषा सम्पादक, साहित्यकार तथा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दहालले कार्यक्रममा औपचारिक स्वागत र प्रकाशक तथा सम्पादक गीता अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए भने 'रचना' साहित्यिक द्वैमासिक पत्रिकाका सम्पादक प्रतीक घिमिरे, साहित्यकार तथा आदिवासी लेखक/साहित्यकार महासङ्घका उपाध्यक्ष उत्तमकुमार सुनुवार (कोइँच बु काःतिच) ले कथाकार सङ्केतको कथा सङ्ग्रहले आम नेपाली कथा अनुरागीको मन जित्न सफल होस् भन्ने शुभकामना दिँदै आगमी दिनमा पनि नेपालीपनको मौलिक कथाको अपेक्षा गरे । 


प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १२:५५
#अन्तिम_साँझ #खिवाँराे
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
मन्डलामा कविता कन्सर्ट हुँदै
मन्डलामा कविता कन्सर्ट हुँदै मंगलबार, पुस २२, २०८२
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि आइतबार, पुस २०, २०८२
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट सोमबार, पुस १४, २०८२
‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि शेरचनलाई दिइने
‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि शेरचनलाई दिइने आइतबार, पुस १३, २०८२
बाह्रखरी कथा प्रतियोगितामा शिवराजको ‘एक मान्ठ एक देउता’ प्रथम
बाह्रखरी कथा प्रतियोगितामा शिवराजको ‘एक मान्ठ एक देउता’ प्रथम शुक्रबार, पुस ११, २०८२
डा. उपाध्यायलाई भारतमा प्रतिभाश्री अवार्ड
डा. उपाध्यायलाई भारतमा प्रतिभाश्री अवार्ड आइतबार, पुस ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP