Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कोटा प्रणाली कार्यान्वयनमा चुनौती
कोटा प्रणाली कार्यान्वयनमा चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार २२, २०७९
Hardik health
मुलुकमा विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा देश आर्थिक संकटको बाटोमा छ । आयातमा निर्भर अर्थतन्त्र भएकाले नेपालमा थप चुनौती बढ्दै गएको हो । व्यापार घाटा निरन्तर बढिरहेको छ । त्यसमा इन्धनको आयातले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । पेट्रोलियम पदार्थको आयातमा मुलुकै अर्बौं घाटा बेहोर्नुपरिरहेको छ । निरन्तर घाटा चुलिँदै जाँदा नेपाल आयल निगम आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुगिसकेको छ । इन्धन आयात गर्न नसक्ने अवस्थातर्फ उन्मुख छ निगम । निगमलाई अहिले पनि हप्तामा अर्बौं घाटा भइरहेको छ ।दिनदिनै बढिरहेको घाटा र आर्थिक संकटलाई मध्यनजर गर्दै निगमले इन्धनमा कोटा प्रणाली लागू गर्न सरकारलाई प्रस्ताव गरेको छ । घाटा केही भए पनि कम गर्न निगमले कोटा प्रणालीसहित विभिन्न प्रस्ताव गरेको हो । निगमले सरकारलाई पेस गरेको १० बुँदे सुझावमा मोटरसाइकललाई एक पटकमा बढीमा पाँच लिटर र कार तथा जीपलगायत साना सवारीसाधनलाई २० लिटर मात्र इन्धन बिक्री गर्ने प्रबन्ध मिलाउन भनेको छ । सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधानबाहेक सरकारी तथा निजी सवारीसाधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न र प्रमुख सहरमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्न प्रस्ताव गरेको छ । पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई यस्तो प्रस्ताव गरिएको निगम बताउँछ । यस्तै, विद्युतीय सवारीसाधनको प्रयोग बढाउन प्रमुख सहर र राष्ट्रिय राजमार्गमा निःशुल्क चार्जिङ स्टेसन निर्माण गर्ने तथा सार्वजनिक र निजी पार्किङस्थलमा विद्युतीय सवारीका लागि अलग्गै निःशुल्क पार्किङस्थल तोक्न निगमले सरकारलाई प्रस्ताव गरेको छ । निगमले छोटो दूरीमा सवारीसाधनको प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्न, डिजेल र पेट्रोल गाडीको आयातमा प्रतिबन्ध गर्न, ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारीसाधन पूर्णक्षमतामा चलाउन, मोटरसाइकल, कार तथा सरकारी सवारीसाधनमा सिटअनुरुप यात्रु रहनेगरी सञ्चालन गर्ने व्यवस्था मिलाउन प्रस्ताव गरेको छ । यसअघि सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन भन्दै आइतबारसमेत सार्वजनिक बिदा लागू गरेको थियो । तर, आइतबार सार्वजनिक बिदा व्यावहारिक र प्रभावकारी हुने नदेखिएपछि सरकार एक महिनामै उक्त निर्णयबाट पछि हटेको थियो । निगमले पुनः आइतबार सार्वजनिक बिदा गराउन सम्भव नदेखिएको भन्दै जोरबिजोर प्रणालीदेखि इन्धनमा कोटा प्रणालीसम्म लागू गर्न सुझाव दिएको हो । तर, निगमको यो प्रस्ताव कार्यान्वयनमा भने प्रसस्त चुनौती छन् । खासगरी इन्धनमा लगाउने भनिएको कोटा प्रणाली कार्यान्वयन हुने देखिँदेन । अहिलेकै अवस्थामा यसको अनुगमन, नियमन गर्ने कुनै संयन्त्र छैन । कुनै व्यक्तिले कालीमाटीको पेट्रोल पम्पमा कोटा अनुसारको इन्धन भरेर आउँदा टेकु वा त्रिपुरेश्वरको पेट्रोल पम्पमा फेरि इन्धन भर्न सक्छ । यसरी उसले प्रत्येक पेट्रोलसम्म पुगेर एक दिनमै फुलट्यांकी इन्धन हाल्न सक्छ । यसको नियमन र अनुगमन कसरी गर्ने ? राज्यसँग कुनै संयन्त्र छैन । यो संयन्त्र बनाउन त्यति सजिलो पनि छैन । एउटा व्यक्तिले एक दिनमा कोटाभन्दा बढी इन्धन भर्न नपाउने व्यवस्था गर्न हालकै अवस्थामा सम्भव देखिँदैन । कुनै ट्र्याकिङ प्रणाली भएको खण्डमा यसको अनुगमन र नियमन गर्न सकिन्छ । तर, एकातिर देशमा आर्थिक संकट बढेर कोटा प्रणाली लागू गर्नुपर्ने अर्कोतिर त्यसलाई नियमन गर्न भनेर कुनै प्रणाली विकास गर्दा राज्यलाई आर्थिक भार पर्न सक्छ । निगमले प्रस्ताव गरेकोमा जोरबिजोर प्रणाली लागू गर्न सकिन्छ । किनकि, हामीले कोरोना संक्रमणका कारण गरिएको बन्दाबन्दी/निषेधाज्ञाका बेला यसको अभ्यास गरिसकेका छौं । प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको पनि व्यवस्था गर्न सकिन्छ । यसका सामान्य चुनौतीहरूलाई व्यवस्थापन गर्न सकिएला । तर, निगमले भनेजस्तो अहिल्यै इन्धनका कोटा प्रणाली त्यति व्यावहारिक र पूर्ण लागू गर्न सकिने देखिँदैन । उपभोक्ता आफैंले दिनमा एक पटकभन्दा बढी इन्धन नभर्ने गरे मात्र निगमको योजना लागू कार्यान्वयन होला । कोटा प्रणालीको प्रभावकारी कार्यान्वयन हुने सुनिश्चित नभएसम्म अन्य विकल्पमा अघि बढ्नुपर्छ ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP