Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • चट्याङबाट जोगिऔं
चट्याङबाट जोगिऔं
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार २०, २०७९
Hardik health
पछिल्लो समय चट्याङबाट मानवीय तथा अन्य क्ष्ँति भएका खबर आइरहेका छन् । मनसुन सक्रिय भएसँगै चट्याङका घटना बढ्न थालेका छन् । विशेषगरी मनसुन र प्रि–मनसुनको समयमा बढी मात्रामा चट्याङ पर्छ । के सहर, के बजार, के गाउँ, के तराई, के पहाड सबैतिर चट्याङ पर्ने गरेको छ । विशेषगरी आकाशमा कालो बादल मडारिन थालेपछि चट्याङ पर्ने सम्भावना बढी हुन्छ । यतिबेला नेपालमा मनसुन सक्रिय छ । यस्तो बेला चट्याङ पर्ने सम्भावना अझै बढी छ ।विज्ञान र प्रविधिको अधिकतम् प्रयोग गरेर कुन स्थानमा चट्याङ पर्छ  भन्नेबारेमा पत्ता लगाउन जल तथा मौसम विज्ञान विभागले प्रयास गरे पनि त्यसमा हालसम्म कुनै सफलता हासिल हुन सकेको छैन । विपरीत स्थानबाट आएका बादल एकापसमा घर्षण हुँदा त्यसबाट विद्युतीय शक्ति पैदा हुन्छ । त्यसबाट प्रकाश र आवाज दुवै उत्पन्न हुन जान्छ । त्यसलाई बुझिने भाषामा चट्याङ भनिन्छ ।पछिल्लो विवरणअनुसार जुम्लाको पातारासी गाउँपालिका–४ लुमको बागजले पाटनस्थित चार परिवारको भेडागोठमा चट्याङ पर्दा ८० वटा भेडा मारिए । ३०० भेडा हराइरहेका छन् । बाराको कलैया उपमहानगरपालिका–१३ छोटकी फूलबरिया बस्ने २८ वर्षीय एक महिला घरको बरण्डामा बसिरहेको बेला अचानक चट्याङ लागेर घाइते भइन् । बैतडीको दोगडाकेदार गाउँपालिका–३ जडियाखानको एक गोठमा चट्याङ पर्दा एक भैँसीको मृत्यु भयो । गत वैशाख १ गतेदेखि असार १७ गतेसम्म देशभर ९८ वटा चट्याङका घटनामा परी ३८ जनाको ज्यान गयो भने ६१ जना घाइते भएका छन् । त्यसबाट १२५ परिवार प्रभावित भएका छन् भने १६ लाख ९८ हजार बराबरको अनुमानित क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा छ । गत वैशाख १ गतेदेखि शुक्रबारसम्मको विवरणअनुसार विपद्का घटनामात्रै ९३७ वटा भएको छ । त्यसबाट कूल ९८ जनाको ज्यान गएको छ भने २१३ जना घाइते भएका छन् । ती घटनाबाट कूल ६५ करोड १४ लाख ९८ हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ । २०६९ देखि २०७८ सम्म चट्याङबाट ९५२ जनाको ज्यान गएको सरकारी तथ्यांक छ । यस वर्षमात्रै ३८ जनाको ज्यान गएको छ । त्यो विवरणसमेत जोड्दा ९९० हुन जान्छ । २०६९ मा १९६ वटा घटना भएको थियो र ज्यान जानेको संख्या १३१ थियो । यस्तै, २०७८ मा २०३ वटा घटना भए र ५६ जनाको ज्यान गयो । चट्याङबाट हुने मानवीय क्षति पहिरोबाट भन्दा पनि बढी छ । पछिल्लो १० वर्षको विवरण हेर्ने हो भने दुई हजार २३९ वटा चट्याङका घटना भए । त्यसबाट सबैभन्दा बढी प्रभावित हुने जिल्लामा मकवानपुर शीर्षस्थानमा छ । चट्याङबाट जोगिन घरभित्रै बस्ने गर्नुपर्छ । खुला स्थान वा ठूला रुख वा संरचनाको मुनि सकेसम्म बस्नु हुँदैन । चट्याङ पर्ने खतरा बढेका बेला घरभित्रै भए विद्युतीय उपकरण बन्द गर्नुपर्छ । खुला स्थान वा अग्ला डाँडामा चट्याङको जोखिम बढी हुन्छ । त्यस्ता स्थानमा सकेसम्म जानु हुँदैन । बादलमा जम्मा भएको विद्युतीय शक्ति आकाशबाट पृथ्वीतिर आउनेक्रममा जुन वस्तु नजिक पर्छ, त्यही वस्तुमा चट्याङले हान्ने हुँदा टावर, अग्ला रुख, अग्ला संरचनामा चट्याङ पर्ने सम्भावना बढी हुन्छ । तसर्थ, चट्याङबाट आफू पनि जोगिऔं, अरुलाई पनि जोगाउन पहल गरौं ।

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP