
दोहा– नेपाली कामदारको मानवअधिकार संरक्षण गर्न कतार सधैँ तयार रहेको कतार राज्यको राष्ट्रिय मानव अधिकार समितिका अध्यक्ष अली बिन सामिक अल मार्रीसँगले बताएका छन् । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजसँग समितिका अध्यक्ष मार्रीसँगबीच भएको भेटवार्तामा उनले यस्तो बताएका हुन् ।
भेटमा उनीहरूले कतारमा रहेका नेपाली आप्रवासी कामदारहरूको अधिकार संरक्षण गर्नेलगायत आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको थियो ।
कतारले श्रमिक हितका लागि गरेका प्रयासहरू अत्यन्तै सकारात्मक र मानवहितमा रहेको भन्दै सुधारतर्फ गरिएका प्रयासलाई व्यापक अनुगमन गरेर लागू गराउन राजदूत भारद्वाजले आग्रह गरेको कतारस्थित नेपाली दूताबासले जनाएको छ ।
राजदूत भारद्वाजले काठमाडौंमा गत नोभेम्बरमा नेपालको राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी) द्वारा आयोजित प्रवासी मजदुरहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा कतारको सहभागिताका लागि अध्यक्ष अल मार्रीलाई धन्यवाद दिएका थिए ।