Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ‘फ्रि भिसा, फ्रि टिकट’लाई व्यावहारिक बनाऊ
‘फ्रि भिसा, फ्रि टिकट’लाई व्यावहारिक बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १३, २०७९
Hardik health
सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित र कामदारमैत्री बनाउन ‘फ्रि भिसा, फ्रि टिकट’ लागू गरेको सात वर्ष भइसक्यो । सरकारले विदेश जाने श्रमिकको हितमा हुनेगरी २०७२ सालदेखि ‘फ्रि भिसा, फ्रि टिकट’ लागू गर्ने निर्णय गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लागू गरेको मलेसिया तथा खाडी मुलुकमा जाने कामदारका लागि भिसा र हवाई टिकटबापत लाग्ने खर्च रोजगारदाता कम्पनीले बेहोर्नुपर्ने नीति अहिले पनि कायमै छ । तर, ‘फ्रि भिसा, फ्रि टिकट’को प्रावधानका कारण सास्ती बेहोर्नुपरेको म्यानपावर व्यवसायीहरुले गुनासो गर्दै आएका छन् । मलेसियालगायत खाडी मुलुकमा जाने कामदारसँग १० हजार रुपैयाँ सेवा शुल्क मात्र लिएर रोजगारीका लागि समन्वय गरिदिनुपर्ने भएका कारण सास्ती खेप्नुपरेको व्यवसायीहरुले बताउँदै आएका छन् । फ्रि भिसा, फ्रि टिकटको नीति अव्यावहारिक र श्रमिकको हितमासमेत नभएको भन्दै म्यानपावर व्यवसायीले सुरुदेखि नै विरोध जनाउँदै आएका थिए । त्यसो त व्यवसायीहरुले सरकारको नीति लागू हुनेबित्तिकै एक महिना लामो आन्दोलन गरेका थिए । त्यसबाट खासै परिणाम आउन सकेन । फ्रि भिसा, फ्रि टिकटको नीतिले सास्ती खेप्नुपरेको र कामदारको माग ल्याउन अस्वस्थ प्रतिस्पर्धा हुने गरेको व्यवसायीहरु बताउँछन् । तर, यसको अन्तर्य भने अर्कै छ । फ्रि भिसा, फ्रि टिकट लागू भएको बताइए पनि श्रमिकहरुले लाखौं रुपैयाँ बुझाउनुपरिरहेको तथ्य लुकेको छैन । सरकारलाई जति धारेहात लगाए पनि म्यानपावर व्यवसायीहरूले कुनै न कुनै रूपमा रकम असुलिरहेका छन् । यसको खास मारमा वैदेशिक रोजारमा जाने कामदार परेका छन् । त्यतिमात्र होइन यसरी जाने कामदारले अझै पनि एजेन्टकै भर पर्नुपर्ने अवस्था छ । जसले उनीहरूको लाखौं रकम खर्च भइरहेको छ ।समग्रमा फ्रि भिसा र फ्रि टिकट नीति श्रमिकका पक्षमा छ । तर, विनाअध्ययन र लहडमा कार्यक्रम ल्याउने अनि कार्यान्वयनमा चासो नदिने गर्नाले यसको खास सदुपयोग हुन सकेको छैन । मलेसियालगायतका खाडी मुलुकमा जाने कामदार न्यून आय भएका वा त्यो पनि नभएकाहरू हुन् । जग्गा, जमिन धितो राखेर वा चर्को ब्याजमा साहु ऋण गरेर उनीहरू खाडीमा रगत, पसिना बगाउन जाने हुन् । तर, फ्रि भिसा र फ्रि टिकटको नीति कार्यान्वयन प्रभावकारी नहुँदा विदेश जाने खर्चले यहीँ उनीहरूलाई न्याँकिरहेको छ । जसले गर्दा वैदेशिक रोजगारमा कमाएको आधाभन्दा बढी पैसा ऋण र ब्याज तिर्नैमा ठीक्क हुन्छ । हाललाई देशमा रोजगारीको वातावरण छैन । वैदेशिक रोजगार बाध्यता बनेको छ । त्यही बाध्यताको फाइदा म्यानपावर व्यवसायीले लिनु हुँदैन । सरकारको नीतिले व्यवसाय सञ्चालनमा साँच्चै समस्या परेको छ भने आफ्ना पीडा सरकारलाई सुनाउने हो । सरकारबाटै भरणपोषण गर्ने हो । तर, फाटेका चप्पल र च्यातिएका लुगा लगाएर नुनिलो आँसु निल्दै खाडी हानिँदै गरेको एउटा गरिबलाई मारमा मार्नु अव्यावहारिक मात्र होइन, अमानवीय पनि हो । दुई÷चार पैसा कमाउने, आफ्ना सन्तानको शिक्षादीक्षामा थोरै भए पनि भरथेग गर्ने मीठो सपनाले खाडीको चर्को घाम बिर्सिनुपर्ने बाध्यताको भूमरीमा परेका कामदारलाई सरकार र व्यवसायीले झन् आर्थिक भूमरीमा पार्नु हुँदैन । यसतर्फ समग्र व्यवसायी र सरकारले सोच्नैपर्छ ।
प्रकाशित मिति: सोमबार, असार १३, २०७९  ०८:१७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP