Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सम्भावित संकट रोक
सम्भावित संकट रोक
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १०, २०७९
Hardik health
पछिल्लो समय दैनिकजसो पानी परिरहेको छ । जसका कारण काठमाडौंका सडकमा रहेका खाल्डा भरिने र हिलाम्ये हुने समस्या देखिन थालेको छ । अनि, पानीमा दूषित पदार्थ मिसिन थालेको छ । जसले गर्दा हैजा, पखालालगायतका पानीजन्य स्वास्थ्य समस्या देखिन थालेका छन् । काठमाडौंका विभिन्न स्थानका चारजनामा त हैजा पुष्टि भइसकेको छ । ती चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक/एक जनामा हैजा देखिएको छ । हैजा फैलिनुको कारण फोहोर र प्रदूषित पानी रहेको उनी बताउँछन् । यद्यपि, यसको पूर्ण अनुसन्धानका लागि एक समिति बनाइएको छ ।विगतमा काठमाडौंमा लामो समयसम्म फोहोर नउठेका कारणले पनि हैजाको प्रकोप बढेको हुनसक्ने बताइएको छ । हैजा पुष्टि भएका ठाउँमा थप खोजी र लक्षण भएका हैजाका बिरामीको खोजी थालिएको छ । बागबजारका दुई जना १८ र २३ वषर््ीय युवतीमा यही असार ५ गते तथा भोटेबहाल र डिल्लीबजारमा एक/एकमा मंगलबार हैजा देखिएको हो ।बागबजारको पानीको तीनवटा नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेको छ। । एउटा धारा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र ट्युवेलको पानीको नमूना परीक्षण गरिएको थियो । स्वास्थ्य कार्यालय काठमाडौंले चार जनामा हैजा देखिएपछि सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले शुद्ध खानेपानी खान, प्रदूषित खानेकुरा तथा झि“गा भन्केको खानेकुरा नखान आग्रह गर्दै माइकिङसमेत सुरु गरेको छ । खानेपानीलाई शुद्धीकरण गरेर मात्र खान आग्रह गर्दै महिला स्वास्थ्य स्वयंसेविका टोली टोलटोलमा खटाउन थालिएको छ । कार्यालयले काठमाडौं उपत्यका खानेपानी लिमिडेट, खानेपानी बोक्ने ट्यांकर व्यवसायी र जार व्यवसायीसँग पनि खानेपानी शुद्धीकरण गरेर मात्र वितरण गर्न भनेको छ ।यो समस्या बागबजार, भोटेबहाल र डिल्लीबजारको मात्र होइन, सिंगो काठमाडौं उपत्यकाको हो । सबैभन्दा बढी जनघनत्व यहीँ छ । लामो समय काठमाडौंका सहरमा थुप्रिएको फोहोर उठ्न सकेन । जसले गर्दा प्रदूषण बढ्यो । विभिन्न रोगको जोखिम पनि उत्तिकै बढिरहेको छ । तसर्थ, हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गरौं । गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरू फैलिने गर्छन् । यसलाई ध्यान दिएर पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गरौं । व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइमा ध्यान दिऔं । खुला रूपमा दिसापिसाब नगरौं । चर्पीको प्रयोग गरौं । दिसापिसाब गरेपछि अनिवार्य रूपमा साबुन पानीले हात धुने गरौं । स्वास्थ्य मन्त्रालय र सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय तथा अन्य स्वास्थ्य संस्थाले पनि नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सर्वसुलभ सेवा प्रदान गर्नुपर्छ । सम्भावित जोखिमलाई रोक्नका लागि प्रभावकारी कदम चाल्न मन्त्रालयसँग आग्रह गर्दछौं । बाक्लो वस्ती र जनघनत्व रहेको सहरमा रोग फैलिनसक्ने सम्भावना ज्यादै हुन्छ । तसर्थ, ठूलो क्षति हुनबाट रोक्नका लागि आजै र अहिल्यै पहल गरौं । नत्र, पछुताउनुको विकल्प हुने छैन ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  ०८:२८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP