Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • न्यायालय बचाऊ
न्यायालय बचाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार ९, २०७९
Hardik health
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतमा बेथिति र भ्रष्टाचारलाई प्रश्रय दिएको भन्दै उनीहरूविरुद्ध कानुन व्यवसायीले लामो समय आन्दोलन गरे । सर्वोच्च अदालतकै न्यायाधीशहरूले बेञ्च सेयर गरेनन् । न्यायालय विवादको भूमरीमा गिजोलियो । न्याय सम्पादनमा लामो समय अवरोध भयो । केही समय न्यायाधीशहरू इजालसमै बसेनन् । न्यायाधीश र कानुन व्यवसायीको माग थियो– चोलेन्द्रको राजीनामा ।तर, उनले आफूविरुद्ध लामो समय आन्दोलन चल्दा पनि राजीनामा दिएनन् । बरु अदालत जाने, हाजिर गर्ने र फर्किने गर्न थाले । प्रधानन्यायाधीश र न्यायाधीशबीच शीतयुद्ध नै चल्यो । पछि प्रधानन्यायाधीश राणाविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भयो । त्यसपछि उनी निलम्बनमा छन् । महाभियोगको बाँकी प्रक्रिया अघि बढेको छैन । वरिष्ठतम् न्यायाधीश दीपकुमार कार्कीले कामयमुकामय प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेका छन् ।यहीबेला सार्वजनिक भएको एक न्यायाधीश र कानुन व्यवसायीबीचको ‘घुस डिल’को अडियो संवादले फेरि एकपटक न्यायक्षेत्र तरंगित बनेको छ । न्यायालयभित्रको बेथिति बहसको विषय बन्न पुगेको छ । ठगीको आरोपमा मुद्दा चलेका सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छाड्ने विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचको संवाद बाहिरिएको छ । यसस“गै न्यायालय तरंगित बनेको छ । यसभित्रको खेल सार्वजनिक भएको छ । न्यायालयभित्र कतिसम्म चलखेल हुन्छ भन्ने विषयलाई यो प्रकरणले उदांगो पारिदिएको छ । अदालतमा भ्रष्टाचार बढ्दै गएको, पेसी तोक्दादेखि नै भ्रष्टाचार सुरु हुने न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको एक समितिले औंल्याइसकेको छ । समितिको प्रतिवेदनअनुसार हाल सर्वोच्च अदालतसहित देशभरका सबै अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने प्रचलन सुरु गरिएको छ । हालै सार्वजनिक भएको संवाद पनि गोलाप्रथा सुरु भइसकेपछिको रहेको उनीहरूको संवादबाट बुझ्न सकिन्छ । तामाङविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएर तामाङमाथि थुनछेक बहस हु“दै गर्दा दुवै पक्षबीच डिल भएको संवादबाट बुझ्न सकिन्छ । २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । बाहिरिएको संवाद त्यही आसपासको हो । तामाङको पक्षमा वकालत गरेका पोखरेल त्यतिबेला नेपाल बार एसोसियसनका कोषाध्यक्ष थिए । उनले तामाङलाई धरौटीमा छाड्नका लागि निकै जोडबल गरेको देखिन्छ ।वास्तवमा सामान्य मानिसले अहिले मुद्दा लड्नै नसक्ने अवस्था छ । निकै खर्चिलो बनेको छ यो काम । पैसाको बलमा पीडकले पनि उन्मुक्ति पाउने गरेको भनेर बेलाबेला चर्चा र आलोचना भइरहन्छ । त्यसैलाई पुष्टि गरेको छ पछिल्लोपटक सार्वजनिक भएको संवादले । न्यायालय सुधारका लागि गर्नुपर्ने थुप्रै काम छन् । त्यसमध्येको प्रमुख काम भनेको यहाँभित्र हुने भ्रष्टाचार र चलखेलको अन्त्य नै हो । अदालत पुगेपछि न्याय पाइन्छ भन्ने पीडितलाई विश्वास जाग्नुपर्छ । त्यसका लागि न्यायालयबाट हुने न्याय सम्पादनले नै पुष्टि गर्ने हो । तर, यो विश्वासको वातावरण आमजनमा धर्मराउँदै गएको छ । न्यायालयको नेतृत्वले बेलैमा यसलाई गम्भीरताका साथ लिनुपर्छ । न्यायालय जोगाउने प्रमुख दायित्व न्यायपालिकाकै हो । त्यसकारण यसमा गम्भीर बनौं । न्यायपालिकाको विश्वास बचाइराखौं ।  
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  ०८:३०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP