काठमाडौं– कामको सिलसिलामा बिचौलियाहरूको चंगलुमा परेर अमेरिका हिँडेका ५ जना युवा इन्डोनेसियामा अलपत्र परेका छन् । विगत ९ महिनादेखि युवाहरू बिचौलियाको सम्पर्कका आधारमा अमेरिका जाने योजनाका साथ हिँडेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । युवाहरू यतिखेर इन्डोनेसिया अध्यागमन प्रहरीको हिरासतमा रहेका प्रहरी ब्युरोले सूचना दिएको छ । अलपत्र परेका ती युवाहरूको नाम सार्वजनिक नगरिएको भए पनि उनीहरू सन् २०१९ को जनवरी महिनामा अमेरिका जाने भन्दै नेपालबाट गएको जनाइएको छ । तर, विगत ९ महिनादेखि मानव तस्करको कारण इन्डोनेसियामै युवाहरू अलपत्र अवस्थामा परेको बुझिएको हो ।
अमेरिकाको आसा देखाएर अलपत्र परेका ५ जनासँग प्रतिव्यक्ति १५ देखि २० लाख नेपाली रूपैयाँ लिएर इन्डोनेसिया पु¥याएर अलपत्र पारेको प्रहरीले फेला पारेको जनाएको छ । ती युवाहरूले इन्डोनेसिया पुगेपछि भिसा अवधि सकिएपछि बाध्य भएर अध्यागमन प्रहरीमा अत्मसमर्पण गरेको बताइएको छ । इन्डोनेसियामा बन्धक युवाहरूले शारीरिक र मानसिक यातनासमेत सहनुपरेको भन्दै उद्धारका लागि पहल गरिरहेको ब्युरोका डिएसपी नरहरि रेग्मीले बताए ।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६ ०८:०८