Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • महँगी नियन्त्रण गर
महँगी नियन्त्रण गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ८, २०७९
Hardik health
एक वर्षमा पेट्रोलियम पदार्थको मूल्य ६४ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । अघिल्लो वर्ष असार ९ गते नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा पेट्रोल प्रतिलिटर १२७ रूपैयाँ कायम गरेको थियो । निगमले डिजेल/मट्टितेल प्रतिलिटर ११०, खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर एक हजार ४०० रूपैयाँ कायम गरेको थियो । त्यसपछि निरन्तर उकालो लागेको पेट्रोलियम पदार्थको मूल्य आज पर्यन्त रोकिएको छैन । इन्धनको मूल्य एक वर्षको अवधिमा झण्डै दोब्बरको स्थितिमा पुगेको छ । यसबीचमा १४ पटक मूल्य बढाउँदा दुई पटकमात्र घटाइएको थियो । पछिल्लोपटक निगमले आइतबार रातिदेखि फेरि मूल्यवृद्धि गरेको छ । यसपटक भारी मात्रामा मूल्यवृद्धि भएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २१ रूपैयाँ बढाएर लिटरको १९९ पुर्‍याएको छ भने डिजेल/मट्टितेलमा २७ रूपैयाँ बढाएर प्रतिलिटर १९२ पुर्‍याएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यसअघिकै अर्थात् प्रतिसिलिण्डर एक हजार ८०० रूपैयाँ नै कामय गरिएको छ । निगमले हवाई इन्धनमा पनि मूल्य बढाएको छ । जसअनुसार आन्तरिकतर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पु¥याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएस“गै सार्वजनिक यातायातको भाडा बढाइएको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा ७.७ प्रतिशतसम्म भाडा बढाएको छ । यात्रुवाहक सार्वजनिक सवारीसाधनमा ५.३० प्रतिशतले भाडा बढाइएको छ । त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा बढाइएको विभागले सोमबार सूचना जारी गरी जानकारी दिएको छ । यस्तै, हवाई यातायात (आन्तरिक)को भाडासमेत बढेको छ । वायु सेवा सञ्चालक संघले बुधबारदेखि लागू हुनेगरी हवाई भाडा बढाएको हो । बढेको दरअनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको भाडा १६ हजार ८०५ रुपैयाँ पुगेको छ । यस्तै, काठमाडौं–नेपालगञ्ज रुटको १३ हजार ८१५ रुपैयाँ पुगेको छ । काठमाडौंदेखि माउन्टेन फ्लाइटको भाडा १४ हजार ७२० रुपैयाँ पुगेको छ । आयल निगमले सोमबारदेखि पेट्रोलिय पदार्थको मूल्य बढाएको हो । जसअनुसार हवाई इन्धन (आन्तरिक)को मूल्य १९ रुपैयाँले बढेर प्रतिलिटर १८५ रुपैयाँ पुगेको छ । इन्धनको मूल्य बढ्नु भनेको यसका उपभोक्ता मात्र मारमा पर्नु होइन, यसले सिंगो अर्थतन्त्रलाई असर गर्छ । हरेक नागरिकको दैनिकीमा प्रत्यक्ष असर गर्छ । इन्धनको मूल्य बढ्दा दैनिक उपभोग्य वस्तुमा पनि मूल्य बढ्छ । यसै त अहिले पनि दैनिक उपभोग्य वस्तुमा चर्को मूल्य तिर्न बाध्य भइरहेका उपभोक्ता सरकारको यो निर्णयबाट थप मारमा पर्ने निश्चित छ । न्यून आय भएका, दैनिक मजदुरी गरी गुजारा चलाउने मानिसका लागि झनै कठिन हुनेछन् आगामी दिनहरू । जसले उनीहरूको दैनिकी कष्टकर मात्र होइन, बाँच्नै मुस्किल हुनेछ । सरकार भनेको जनताको अभिभावक हो । जनताका समस्यालाई सरकारले उचित सम्बोधन गर्ने, जनताको दैनिकीलाई सहज, सरल र सुविधायुक्त बनाउने दायित्व सरकारको हो । नेपालको संविधान गास, बास र कपासलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ । तसर्थ, सरकारले अब महँगी नियन्त्रणमा पहिलो प्राथमिकता दिनुपर्छ । नागरिकलाई चारैतिरबाट अप्ठ्यारोमा पारेर सरकार कुनै पनि हालतमा हाइसञ्चोसहित बस्न मिल्दैन । तुरुन्त महँगी नियन्त्रण गर्नुपर्छ ।
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  ०८:२०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP