Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • असल अभ्यासको थालनी
असल अभ्यासको थालनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ७, २०७९
Hardik health
सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि प्राथमिक सेयर निष्काशन (आइपिओ)मा आरक्षणको व्यवस्था गर्ने तयारी गरेको छ । उक्त आरक्षणमा सहभागी हुन वार्षिक न्यूनतम एक लाख रुपैयाँ रेमिट्यान्स पठाएको हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत् वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आइपिओ निष्काशनमा १० प्रतिशत आरक्षणको व्यवस्था गर्ने घोषणा गरेको हो । यसका लागि औपचारिक माध्यम (रेमिट्यान्स कम्पनी र बैंक)मार्फत वर्षमा कम्तीमा पनि एक लाख रुपैया“ नेपालमा पठाएको हुनुपर्ने प्रावधान राख्न लागिएको छ । रोजगारीका लागि विदेशमा रहेका व्यक्तिले औपचारिक माध्यमबाट वार्षिक एक लाख रुपैयाF पठाएको पाइएमात्रै आरक्षण गरिएको १० प्रतिशत आइपिओ भर्न पाउने गरी नेपाल धितोपत्र बोर्डले कार्यविधि बनाइरहेको छ । विदेशमा रहेका श्रमिकले आरक्षण गरिएको आइपिओमा सहभागी हुनलाई केही मात्रा भए पनि रेमिट्यान्समा योगदान पुर्‍याउन् भन्ने उद्देश्यले कार्यविधि निर्माण गरिरहेको छ । प्राथमिक सेयरमा आरक्षण पाउन निश्चित रेमिट्यान्सको सीमा नतोकिए पनि मोटामोटी रुपमा एक लाख रुपैया“ पठाउनेलाई सहभागी गराउने विषयमा कार्यविधि निर्माण समितिमा छलफल भइरहेको छ । मुलुकमा भएको विदेशी मुद्रा सञ्चितिमा गिरावट आएपछि सरकारले विदेशी मुद्रा भित्र्याउन वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई सेयरमा आरक्षण व्यवस्था गर्ने नीति लिएको हो । वैदेशिक रोजगारीमा गएकाहरूलाई १० प्रतिशत सेयर आरक्षण गरिए पनि ठूलै मात्रामा विदेशी मुद्रा भित्रिने सरकारले विश्वास लिएको छ । यसमा धितोपत्र बोर्डले १० प्रतिशत सेयर आरक्षित गर्ने सवालमा सरकारले बजेटमा घोषणा गरेअनुसार नै कार्यान्वयन हुने जनाएको छ । वैदेशिक रोजगारीमा रहेकाहरूले आइपिओ भर्न अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने बोर्डले जनाएको छ । यस्तो खाता खोल्दा पहिलो चरणमा भिडियो कलबाट उनीहरूको व्यक्तिगत विवरण लिने र पछि रोजगारीबाट नेपाल फर्किएको समयमा आफैं उपस्थित भएर पहिचान अद्यावधिक गराउनुपर्ने नियम लागू गर्ने बोर्डको योजना छ । यसैको प्रयोगस्वरुप नेपालका केही बैंकले भिडियो कलबाट व्यक्तिगत पहिचान विवरणसम्बन्धी फाराम भर्न थालिसकेको बोर्डले जनाएको छ । डिम्याट खाता सञ्चालनमा आइसकेपछि वैदेशिक रोजगारीमा गएकाहरूले नेपालमै रहेका सर्वसाधारणले जस्तै आफ्नो सेयर खाताको जानकारी पाउन र कारोबार गर्न सक्ने छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले वार्षिक रुपमा झण्डै १० खर्ब रुपैयाँ रेमिट्यान्स पठाउने गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ । यद्यपि, पछिल्लो समय मुलुकभित्र आउने रेमिट्यान्समा गिरावट आएस“गै वैदेशिक रोजगारीमा जानेहरूलाई आकर्षित गर्न सरकारले सेयरमा आरक्षण दिने मात्र नभई विभिन्न योजनामा सहभागी गराउने नीति अघि सारेको छ । वैदेशिक रोजगारीमा रहेकाहरूले हुण्डीलगायत गैरकानुनी माध्यमबाट रकम पठाउँदा एकातिर जोखिम बढेको छ भने अर्कोतिर राज्यको विदेशी मुद्रा सञ्चिति घटिरहेको छ । सरकारले बनाएको यो योजना लागू भयो भने साँच्चै असल अभ्यासको सुरुआत हुनेछ । वैदेशिक रोजगारीमा हुनेले स्वदेशी कम्पनीमा लगानी गर्ने वातावरण बन्नेछ । जसले गर्दा थाहै नपाई थोरै रकम भए पनि भविष्यका लागि बचत हुनेछ । आइपिओ भर्नका लागि विदेशमा रहेका नागरिकले औपचारिक माध्यमबाट रकम पठाउ“दा राज्यको विदेशी मुद्रा सञ्चिति पनि बढ्ने छ । समग्रमा हेर्दा यो व्यक्ति स्वयं र राज्यका लागि पनि फाइदाजनक छ । बरू यसलाई कार्यान्वयन गर्ने विषयमा सरकारी संयन्त्र चुक्नु हु“दैन । आइपिओ भर्नका लागि वैदेशिक रोजगारीमा रहेकाहरुलाई व्यवस्था गर्न लागेको आरक्षणको व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्छ । यसबाट ठूलो संख्यामा विदेशमा कार्यरत नेपालीहरु लाभान्वित हुने निश्चित छ ।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP