Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • देशलाई ‘अहित’ हुने एसपिपी अस्वीकार गर
देशलाई ‘अहित’ हुने एसपिपी अस्वीकार गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार ३, २०७९
Hardik health
अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)मा नेपालको सहभागिताका विषयमा पछिल्ला दिनमा व्यापक चर्चा र आलोचना भइरहेको छ । यो मुद्दामा सामाजिक सञ्जाल, सडक र सदनमा बहस र छलफलको विषय बनेको छ । पछिल्ला केही दिन नेपाली राजनीति यही विषयलाई लिएर तातेको छ । सरकारले एसपिपीमा हस्ताक्षर गर्न लागेको दाबी गरिएको छ । प्रतिनिधिसभाका पछिल्ला बैठकमा सांसदहरूले यस विषयमा आवाज उठाइरहेका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमाले मात्र होइन सत्तारूढ दलकै सांसदहरूले पनि यसमा प्रश्न उठाइरहेका छन् । बिहीबारमात्रै गृहमन्त्री बालकृष्ण खाणले संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा एसपिपीमा नेपाल संलग्न नरहेको दाबी गरे । यद्यपि, अमेरिकाले नेपाललाई सन २०१९ मा एसपिपीको सदस्य बनाएको उल्लेख गरेको छ । एसपिपीको वेबसाइटबाट नेपालको नामसमेत राखिएको छ । बुधबार नेपाली सेनाले पनि एसपिपी सम्झौताको प्रक्रियामा नेपाली सेना सहभागी नभएको र नहुने दाबी गर्दै विज्ञप्ति जारी गरेको थियो । तर, बिहीबार सार्वजनिक एउटा पत्रले नेपालमा थप तरंग सिर्जना गरेको छ । नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी. टेप्लिजलाई लेखेको पत्रमा नेपाल सरकारको तर्फबाट आधिकारिक रुपमा नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजिएसएसपी)मा सहभागी हुन अनुरोध गरेको उल्लेख छ । उक्त पत्रमा जंगी अडडाले रक्षा र परराष्ट्र मन्त्रालयलाई बोधार्थ दिएको छ । पूर्वप्रधानसेनापति क्षेत्रीले हस्ताक्षर गरेको पत्र आधिकारिक भएको नेपाली सेनाले पुष्टि गरिसकेको छ । तर, पत्र सन् २०१५ मा भूकम्प गएपछि नेपालले सबैतिर सहयोग माग्दा लेखिएको पत्र भएको सेनाको भनाइ छ । बुधबार अमेरिकी दूतावासले पत्रकारहरूसँगको कुराकानीमा नेपालले सन् २०१५ र सन् २०१७ मा एसपिपीमा सहभागी हुन पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले स्वीकार गरेको प्रस्टीकरण दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले छुट्टाछुट्टै गर्न लागेका प्रस्तावित अमेरिका भ्रमणको पूर्वसन्ध्यामा आएको यस्तो प्रस्तावले संशय मात्र प्रदान गरेको छैन, यसअघि एमसिसीविरुद्धका उठेका आवाजलाई थप बलियो बनाएको छ । एमसिसीपछि रणनीतिकरूपमा एसपिपी लागू गर्न खोजिएको आशंका गर्न थालिएको छ । प्रस्तावित सहमतिमा विभिन्न १० वटा धारा छन् । ती धारामा संवेदनशील विषयहरू समेटिएका छन् । जसले अहिले उत्पन्न आमजनको आशंका थप बल पुर्‍याउने काम गरेका छन् । मस्यौदा अनुसार नै सम्झौतामा हस्ताक्षर भए अब नेपालको जुनसुकै भागमा अमेरिकी सेना तैनाथ हुन पाउनेछ । यो कार्यक्रम पा“च वर्षसम्म चल्ने छ । यो सम्झौता नेपालको संविधानविपरीत र असंलग्न परराष्ट्र नीतविपरीत रहेको भनेर यसका जानकार तथा राजनीतिज्ञहरूले आलोचना गरेका छन् । नेपालको परराष्ट्र नीति असंलग्न स्वतन्त्र परराष्ट्र नीति हो । जो संयुक्त राष्ट्रसंघको वडापत्रमा आधारित छ । असंलग्न पञ्चशीलका सिद्धान्तमा आधारित छ । तर, प्रस्तावमा भएकै जसरी सम्झौता गर्ने, सम्झौता अनुसार नेपालमा अमेरिकी सेनाको प्रवेश र संयुक्त सैन्य अभ्यास हुने हो भने नेपालले अंगालिरहेको परराष्ट्र नीतिविपरीत हुन जान्छ । यसले दीर्घकालमा ठूलो संकट निम्त्याउन सक्छ । नेपाललाई एउटा सैनिक गठबन्धनतिर लैजाने र अमेरिकी हिन्द प्रशान्त रणनीतिको अंग बनाएर नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई ध्वस्त गर्ने काम हुनसक्नेतर्फ सचेत हुनैपर्छ । हामीले जसरी विभिन्न देशसँग कूटनीतिक सम्बन्ध राखेका छौं, त्यसैलाई निरन्तरता दिनुपर्छ । कुनै अमुक देशसँग बढी नै नजिकिने, आफ्नो भूमिलाई कुनै अमुक देश वा त्यहाँको कुनै समुदायविरुद्ध प्रयोग हुन नदिने कुरामा सचेत बन्नैपर्छ । हाम्रो आन्तरिक राजनीति र मुलुकको दीर्घकालीन स्थायित्वमा पार्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्छ । यो वा त्यो कारणले देश र जनतालाई असर पर्ने कुनै पनि काम गर्नु हुँदैन । त्यसैले विवादित तथा राष्ट्रका लागि अहित हुने देखिएका एसपिपी जस्ता सम्झौता स्वीकार गर्ने गल्ती सरकारबाट नहोस् ।
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP