Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • काम नछाड्न साउदी राजदूताबासको आग्रह
काम नछाड्न साउदी राजदूताबासको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २५, २०७६
Hardik health
काठमाडौं– वैदेशिक रोजगारका क्रममा साउदी अरबमा रहेका नेपालीहरूलाई आफ्नो काम नछाड्न साउदी अरबका लागि नेपाली राजदूताबासले आग्रह गरेको छ । दूताबासले साउदी आएको केही हप्ताभित्र नै कम्पनी राम्रो नरहेको, भनेअनुसारको सुविधा नदिएको, मेडिकल नगरेको, मेसको खानाले आफूलाई सञ्चो नभएको, बिरामी हुँदा कम्पनीले उपचार नगरेकोलगायत कारण देखाई काम छाड्ने नेपालीहरूको संख्या बढेको भन्दै नेपाली दूताबासले एक सूचना जारी गर्दै संयमित रहन आग्रह गरेको हो । दूतावासले रोजगारको क्रममा साउदी आइसकेपछि सोही देशको रोजगारको कफला पद्धतिको भूमिकाको बारेमा थोरै भए पनि जानकारी राख्न अनुरोध गरेको छ । कामदारहरूलाई काम नपरेको खण्डमा अकस्मात काम नछाड्नसमेत उसले आग्रह गर्दै त्यसो गरेको खण्डमा समस्या समाधान हुनेभन्दा पनि जटिलता थपिनेतर्फ इंगित गर्दै राजदूताबासले सजग रहन अनुरोध गरेको छ । यसका साथै कुनै समस्या परेको खण्डमा तत्काल आफ्नो समस्या राजदूताबासमा राख्नसमेत आह्वान गर्दै काम र आवास नछाड्नसमेत भनेको छ । समस्या समाधानको दिशामा राजदूताबासले रोजगारदाता र कामदारलाई नेपालबाट पठाउने म्यानपावर व्यवसायीले गर्ने सहयोगमा निर्भर रहने पनि सूचित गराएको छ । साथै, राजदूताबासले समस्या राख्दा बढाइचढाइ गरेर दोषारोपण मात्र गर्ने कार्य राम्रो नभएको भन्दै यथार्थ समस्या राख्नसमेत आग्रह गरेको छ । नेपालका म्यानपावर कम्पनीका प्रतिनिधिले स्वदेशमा भनेको मौखिक कुरा भन्दा पनि आफूले श्रम सम्झौता पत्रमा के बोकेर आएको थिएँ भन्नेसमेत हेक्का राख्न दूताबासले साउदी रोजगारीमा पुगेकाहरूलाई आग्रह गर्दै सोहीअनुसार पत्रमा रोजगारी र सेवा सुविधा भए नभएको पनि गम्भीर भएर हेर्न अनुरोध गरेको छ । गतवर्षको तुलनामा नेपालीहरू चोरीका घटनामा संलग्न भई आरोप लागेर जेल पर्नु परेको भन्दै त्यसखाले गतिविधिमा ठूलो धनराशी कम्पनी वा काफलालाई बुझाउनु परेको घटनाहरू उल्लेख्य संख्यामा आउन थालेको भन्दै दूताबासले चिन्तासमेत व्यक्त गरेको छ । यसखाले कार्यमा संलग्न नहुन एवं कार्यस्थलमा अत्यन्त चनाखो र सजग हुन र एटिएम बुथ वरपर लामो समय नबस्नसमेत अपिल गरेको छ । लामो समय एउटै कम्पनीमा काम गरेका नेपालीहरूले सेवा करार समाप्त गरी स्वेदश फर्कने बेलामा केही कम्पनीहरूले विभिन्न बाहनामा कम्पनीबाट पाउने सुविधाहरू नदिने, महिनौँ सम्मको तलब नदिने, अकमा नवीकरण नगरिदिनेलगायत प्रवृत्तिहरू प्रशस्त देखिएको भन्दै दूताबासले समयमै चनाखो भई आफ्नो समस्याको बारेमा साउदी श्रम कार्यालयमा निवेदन दिन र सोको लिखित जानकारी राजदूताबास समक्ष उपलव्ध गराउन पनि अपिल गरेको छ । सूचनामा उक्त प्रकारका निवदेनउपर श्रम कार्यालयमा ताकेता गरी धेरै जनाको तलब सुविधाहरू प्राप्त भएको पनि अवगत गराएको छ । यसर्थ सेवा अवधि सकिएपछि आफूले पाउने तलब तथा सुविधाहरू कम्पनीले दिने बहानाबाजी वा आलटाल गरेको खण्डमा तत्काल श्रम कार्यालयमा निवेदन नदिई आफूले पाउने सर–सुविधा नलिई घर फर्कने हतारो मात्र नगर्नसमेत अनुरोध गरेको छ । यसका साथै कतिपय नेपालीहरूको परिचयपत्र अकामा प्रयोग गरी विदेशीहरूले आपराधिक गतिविधिमा रकम पठाएका कारण नेपालीहरूले सोको सजाय भोग्न परेकोतर्फ पनि राजदूताबासले सूचनामार्फत सजग गराएको छ । सोही कारण अकामालाई त्यस्ता खाले गतिविधिमा प्रयोग हुन दिनबाट जोगाउन आफैँ सचेत रहन आग्रह गर्दै यदि कथंकदाचित हराएको खण्डमा तुरुन्त प्रहरीलाई खवर गर्नुको साथै अन्य कसैलाई पनि अनावश्यक रूपमा अकामा सक्कल वा नक्कल फोटोकपी नदिनु हुनसमेत दूताबासले आग्रह गरेको छ । त्यसैगरी आफू कार्यरत मुलुकको स्थानीय कानुनको जानकारीका साथै पालना र सम्बन्धित देशको धर्म, संस्कृति र परम्पराको सम्मान गर्न हुनसमेत सचेत गराएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  ०७:४८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP