दोहा– रोजगारीका लागि कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ । दाङका ३६ वर्षीय जबिन्द्र परियारको कुवेत पुगेको डेढ महिनामै उपचारको क्रममा मृत्यु भएको हो ।
परियार गत सेप्टेम्बर महिनामा मरिना थाई रेस्टुरेन्टमा कामका लागि कुवेत पुगेका थिए । दुई दिन मात्रै ड्युटी गरेका उनलाई एक्कासि टाउको दुखेपछि २ अक्टोबरमा फर्वानियाको अल सिफा अस्पतालमा पु¥याइएको थियो । तर उनको त्यहाँ उपचार हुन नसकेपछि एक हप्तामा फर्वानिया अस्पातलमा रिफर गरिएको थियो ।
अस्पतालको अनुसार उनलाई मस्तिस्कमा क्षयरोग लागेको र लामो समय उपचार गर्दा पनि डाक्टरले बचाउन नसकेको मुतकका भाइ शैलेन्द्र परियारले जानकारी दिए ।
शवलाई आवश्यक प्रक्रिया पूरा गरेर नेपाल पठाउने तयारी भइरहेको कुवेतस्थित नेपाली दूताबासकी द्वितीय सचिव जानकी ओझाले जानकारी दिइन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६ ०७:४०