Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • त्रिविको गरिमा बचाऊ
त्रिविको गरिमा बचाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ ३१, २०७९
Hardik health
देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले हालै सञ्चालन गरेको परीक्षामा अघिल्ला वर्षकै प्रश्न हुबहु सोध्यो । अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ राजनीतिशास्त्रको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयमा हुबहु प्रश्न सोधिएको सार्वजनिक भएपछि यो विषयमा सर्वत्र चासो, आलोचना र विरोधमात्र भएन त्रिवि स्वयं यस विषयमा छानबिन समिति गठन गर्न बाध्य बन्यो । प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको त्रिविले जनाएको छ । रजिस्ट्रार प्रा.डा. पेशल दाहालले छानबिन समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन समय दिएको बताएका छन् ।त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र संकायको परीक्षाका दुई विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि त्रिविले छानबिन समिति गठन गरेको हो । मानविकी संकायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रस“ग हुबहु मिलेको थियो । ६० पूर्णांकको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई वर्षको हुबहु मिलेको छ । उसो त त्रिविले विज्ञ समूहलाई प्रश्नपत्र बनाउन दिने गरेको छ । तर, प्रश्नपत्र सेट गर्ने क्रममा भएको लापरबाहीका कारण प्रश्नपत्र हुबहु दोहोरिने गर्छन् । त्रिविको परीक्षामा प्रश्नपत्र हुबहु दोहोरिएको यो पहिलो घटना भने होइन । यसअघि पनि यस्ता केही घटना भएका थिए । जसबाट पाठ सिकेर यस्ता घटना दोहोरिन नदिनुपर्नेमा त्रिवि यसमा चुकेको छ । पछिल्लो समय त्रिवि भद्रगोल बन्दै गएको छ । पुरानो प्राज्ञिक थलो राजनीतिक दाउपेचको क्रिडास्थल बन्न पुगेको छ । विद्यार्थीका नाममा हुने आन्दोलन या प्राध्यापकमा नाममा हुने आन्दोलन र तालाबन्दीका घटनाले त्रिविको गरिमा गिर्दो छ । त्रिविको साखको कद घटिरहेको छ । त्रिवि यही विश्वविद्यालय हो, जहा“बाट देशका दक्ष जनशक्ति उत्पादन भएका छन् । सबैभन्दा पुरानो विश्वविद्यालय हुनुको नाताले स्वाभाविक रूपमा धेरै जनशक्ति उत्पादन गरेको छ, त्रिविले । तर, पछिल्लो समय भइरहेका अस्वस्थ गतिविधिले त्रिविको विरासत क्ष्ँयीकरण भइरहेको छ । यसको उदाहरणका रूपमा लिन सकिन्छ– १४० दिनपछि आइतबार ताला खुलेको घटना । त्रिविका उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला आइतबारदेखि पूर्णरुपमा खुलाइयो । त्रिविका उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा नेविसंघले गत माघ ७ गतेदेखि र आंशिक शिक्षकहरूले माघ २० गतेदेखि तालाबन्दी गरेका थिए । आफ्ना माग सुनाउन, अधिकार प्राप्तिको लडाइ“मा सहभागी हुन अन्य थुप्रै विकल्प छन् । तर, त्रिवि बन्द, हड्ताल र आगजनीको मात्र सिकार हुने गरेको छ । आन्दोलनरत पक्षका मुद्दामा छलफल र सुनुवाइ गर्न त्रिविले अनिच्छा देखाउ“दा पनि यस्ता घटना लामो समयसम्म हुने गरेका छन् । आगामी दिन यस्ता घटना हुन नदिनका लागि त्रिवि, प्राध्यापक, विद्यार्थी, सरकार सबै सचेत हुनुपर्छ । अध्ययन–अध्यापन हुने पवित्र थलोमा देखिने ‘अपवित्र’ कामलाई निरुत्साहित गर्नैपर्छ । जसका लागि त्रिविलाई लापरबाही दोहोर्‍याउने छुट छैन । विभिन्न विद्यार्थी संगठन र शिक्षकहरूलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न त्रिविलाई अचानो बनाउने छुट छैन । साझा प्राज्ञिक थलोका रूपमा रहेको त्रिविको गरिमा जोगाउन र विरासत ढल्न नदिन सम्बद्ध सबै पक्ष सतिसालझैं उभिनु आजको आवश्यकता हो ।
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP