Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मलमा सधैं छल
मलमा सधैं छल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २९, २०७९
Hardik health
मकै, धानलगायतका बाली लगाउने बेला भइसक्यो । पहाडी क्षेत्रमा त मकै लगाइसकिएको छ । तराईका जिल्लामा धानको बीउ राख्ने समय भइसक्यो । बाली लगाउने समय सुरु भएसँगै मल किन्न किसान कृषि सामग्री केन्द्र तथा सहकारी संस्था धाइरहेका छन् । तर, उनीहरूले मल पाइरहेका छैनन् । नेपालमा बर्सेनि बाली लगाउने समयमा रासायनिक मलको अभाव हुँदै आएको छ । यस वर्ष पनि विगतका वर्षहरूको नियति दोहोरिएको छ । कृषकहरूले मलको अभाव झेल्नुपरेको छ । मल अभावको विषय सडकदेखि सदनसम्म उठिरहेको छ । सरकारको लापरबाहीका कारण यो वर्ष पनि मुख्य सिजनमै रासायनिक मलको अभाव भएको देशैभरका किसानको गुनासो छ । किसानले मकै, चैते धान र छिट्टै रोपाइँ हुने असारे धान र बीउमा राख्नका लागि मलको चरम अभाव भोग्नुपरेको छ । जब–जब मल चाहिने बेला हुन्छ, त्यहीबेला सरकारले मल किन्ने ठेक्का खोल्छ । अर्कोतिर, सरकारले नै मल किन्दा एकमुस्ट किन्दैन । जसले गर्दा पनि मल अभावको समस्या हुने गर्छ । कृषकले पनि चाहिनेजति मल पाउ“दैनन् । नेपालमा दुईवटा कम्पनीले रासायनिक मल आयात गर्ने अनुमति पाएका छन् । पूर्णसरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड र अर्धसरकारी स्वामित्वको साल्ट ट्रेडिङ कम्पनीले मल आयात गर्छन् । सरकारले यो वर्ष मल आयातका लागि २७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । पहिले बजेटबाटै १५ अर्ब मल खरिदमा छुट्याइएकोमा पछि थप १२ अर्ब रुपैयाँ दिइएको थियो । यो रकमबाट करिब ४०० मेट्रिकटन मल आयात गर्ने लक्ष्य राखिएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मुलुकमा छ लाख मेट्रिकटन मल चाहिन्छ । तर, एक लाख मेट्रिकटन युरिया, ४४ हजार ७०० मेट्रिकटन डिएपी र सात हजार ५०० मेट्रिकटन एमओपी मात्रै सरकारले आपूर्ति गरेको छ । दुई लाख २२ हजार मेट्रिकटन मल आउने क्रममा रहेको कृषि मन्त्रालय बताउँछ । तर, सरकारले ल्याउने भनेको सबै मल आए पनि दुई लाख २६ हजार मेट्रिकटन भने अझै अभाव हुने देखिन्छ । नेपालमा रासायनिक मलको प्रयोग २०३६/३७ सालदेखि हुन थालेको हो । सुरू–सुरूमा युरिया त्यसपछि डिएपी प्रयोग गरिन थालियो । अहिलेसम्म धेरै किसानले यही मल मात्र प्रयोग गरिरहेका छन् ।नेपाललाई कृषिप्रधान देशसमेत भन्ने गरिन्छ । सरकारको नीति तथा कार्यक्रमदेखि बजेटमा कृषिलाई नै ‘प्राथमिकता’ दिने गरिन्छ । तर, कृषक बर्सेनि मलको अभाव भोग्न बाध्य छन् । मल अभावको हल कहिल्यै हुँदैन । संघीयदेखि प्रदेश सरकारसम्म कृषि मन्त्रालय छन् । त्यहीअनुसारको जनशक्ति छ । तर पनि सरकार किसानको समस्यामा अनुदार देखिन्छ । किसानले भोगिरहेको मल अभावको पीडा सरकारका लागि ‘गोहीको आँसु’जस्तो भएको छ । सरकारलाई साँच्चै किसानका पीडाको अनुभूति हुँदो हो, किसानले आँसुले पोल्दो हो त हरेक वर्ष यसरी मलको अभाव हुने थिएन । मलमा यो हदसम्मको छल हुने थिएन । एकातिर सरकार जमिन बाँझो राख्ने कृषकलाई कारबाही गर्ने चेतावनी दिन्छ । अर्कोतिर समयमा मल, बीउ दिन सक्दैन । यसले न देशको कृषि क्रान्ति हुन्छ । न सरकारले कृषिलाई प्राथमिकता दिएको ठहरिन्छ । नारामा मात्र कृषि क्रान्तिका कुरा गरेर हुँदैन, व्यवहारमा यसलाई लागू गर्नुपर्छ । जसको सुरुआत सरकारले किसानलाई समयमै मल, बीउ उपलब्ध गराएर गर्नुपर्छ ।
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP