Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अपरिपक्व सरकार, अदूरदर्शी निर्णय
अपरिपक्व सरकार, अदूरदर्शी निर्णय
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २५, २०७९
Hardik health
सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय एक महिना नबित्दै फिर्ता लिएको छ । जेठ १ गतेदेखि लागू भएको निर्णय असार १ गतेदेखि खारेज हुनेगरी सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । यसअघि वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गतेदेखि लागि हुनेगरी आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । पेट्रोलियम पदार्थको खपत घटाउन भन्दै गरिएको उक्त निर्णय एक महिना पनि टिक्न सकेन । हप्तामा दुई दिन बिदा दिँदा सेवा प्रवाहमा समस्या आएको भन्दै सरकारको चर्को आलोचना हुन थालेपछि सरकार पछि हट्न बाध्य भएको हो । सोमबार नै आइतबार सार्वजनिक बिदा दिने निर्णयविरूद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएको थियो । आइतबार सार्वजनिक बिदा दिने निर्णयलाई कतिपय स्थानीय तहले अवज्ञा गरिसकेका थिए । निजी विद्यालयहरूले पनि अवज्ञा गरिसकेका थिए ।उसो त सातामा दुई दिन बिदा दिने निर्णय नेपालमा नयाँ प्रयोग भने थिएन । यसअघि प्रयोगमा आएर असफल भइसकेको थियो । तर, पनि सरकारले दुई दिने बिदाको ‘रहर’ गर्‍यो । सरकार यो रहरमा एक महिना पनि टिकेन । सरकार र राज्य सञ्चालकहरूले दूरगामी महत्वका निर्णय गर्नुपर्छ । जनतालाई अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन रूपमा फाइदा हुने र त्यसको अनुभूति हुने निर्णय सरकारले गर्नुपर्छ । जनसरोकारका निर्णय गर्दा सरकारले कैयौंपटक सोच्नुपर्छ । तर, दुई दिने बिदाको सन्दर्भमा सरकारले जसरी हचुवाका भरमा निर्णय गरेको थियो त्यसरी नै फिर्ता लिने निर्णय पनि गर्‍यो । यसले सरकारको अपरिपक्वता दर्शाउँछ । यस्तै, अपरिपक्व र अदूरदर्शी देखिने अर्को निर्णय हो, असारभित्र बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय । जुन निर्णयबाट पनि सरकार पछि हटिसकेको छ ।संसद्देखि सडकसम्म आलोचना भएपछि सरकारले २०७८ मंसिर १ गतेदेखि दर्ता भएका सवारीसाधनहरूमा मात्र इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले एक मंगलबार सूचना जारी गर्दै यस्तो जानकारी गरायो । जबकी, केही दिन पहिले विभागले नै इम्बोस्ड नम्बर असार मसान्तभित्र अनिवार्य राखिसक्नुपर्ने नत्र साउन १ गतेदेखि कारबाही हुने सूचना जारी गरेको थियो ।यातायात कार्यालयहरूले पनि यो निर्णयमा हात उठाउन थालिसकेका थिए । पोखरास्थित यातायात व्यवस्था कार्यालयले मंगलबार एक सूचना जारी गर्दै नयाँ र सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट दिन सकिने भनेको छ । यसका लागि सरकारसँग पर्याप्त पूर्वाधार छैन । देशमा आर्थिक संकट गहिरिँदो छ । तर, सरकारले इम्बोस्ड नम्बर प्लेटका लागि बंगलादेशी विवादित कम्पनीलाई ठेक्का दिएको छ । यसको पनि चौतर्फी आलोचना भइरहेको छ ।हाल सरकारले लामो समयसम्य स्मार्ट लाइसेन्स दिन सकेको छैन । स्मार्ट लाइसेन्स अनिवार्य गरेको धेरै भइसक्यो । तर, ट्रायल पास हुँदा पनि दुई -अढाई वर्षसम्म नागरिकको हातमा स्मार्ट लाइसेन्स पर्दैन । अर्को दुःखद् पक्ष त सरकारस“ग ती स्मार्ट लाइसेन्स ‘रिड गर्ने’ मेसिनसमेत छैन । त्यसैमा इम्बोस्ड नम्बरको ‘भाउँतो’ थपेपछि नागरिक आक्रोशित हुनु स्वाभाविकै थियो । यी घटनाबाट सरकारले पक्कै पनि पाठ सिकेको होला । आशा गरौं आउँदा दिनमा गरिने कुनै पनि निर्णय दूरदर्शी र परिपक्व हुने छन् । नागरिकलाई अनावश्यक सास्ती दिने निर्णय सरकारबाट हुने छैन । सरकार साँच्चिकै जनताको अभिभावका रूपमा स्थापित हुनेछ ।
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  ११:३४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP