Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • फोहोरको दीर्घकालीन समाधान खोज
फोहोरको दीर्घकालीन समाधान खोज
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २६, २०७९
Hardik health
काठमाडौंलाई सधैं पिरोलिरहने एउटा मुद्दा हो– फोहोर व्यवस्थापन । यो हरेक समय दोहोरिन्छ, जस्तो अचेल पनि दोहोरिरहेको छ । फोहोर काठमाडौंका सडक, गल्ली–गल्लीमा थुप्रिएको छ । फोहोरको थुप्रो दिनैपिच्छे अग्लिँदै जान थालेको छ । फोहोरका कारण काठमाडौं दुर्गन्धित मात्र भएको छैन संक्रमणको जोखिम पनि उच्च बन्दै गएको छ । काठमाडौंको फोहोर व्यवस्थान गर्ने भनिएको ल्याण्डफिल्ड साइड, नुवाकोटको सिसडोल र बञ्चरेडाँडामा दिनैपच्छिे तनाव हुन थालेको छ । काठमाडौंको फोहोर व्यवस्थापन गर्न सोमबार सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका धादिङ तथा ककनी गाउ“पालिका नुवाकोटका प्रतिनिधिबीच सहमति भयो । जसअनुसार मंगलबार बिहानैदेखि काठमाडौंका सडकमा थुप्रिएको फोहोर उठ्न थाल्यो । बिहानै फोहोर बोकेका गाडी नुवाकोटको सिसडोल र बञ्चरेडाँडा पुगे । तर, स्थानीयबासिन्दाले स्थानीय तहका जनप्रतिनिधिसँग गरेको सहमति नमान्ने भन्दै फोहोर फाल्न दिएनन् । त्यसपछि प्रहरीले बल प्रयोग गर्‍यो । आधा दर्जनभन्दा बढी स्थानीयलाई नियन्त्रणमा लियो । मंगलबार प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर विसर्जन गरियो ।बुधबार पनि उसैगरी तनावग्रस्त बन्यो बञ्चरेडाँडा । अघिल्लो दिनभन्दा प्रहरीको संख्या पनि दोब्बर पारियो । तर, स्थिति मंगलबारको भन्दा झन् तनावग्रस्त बन्यो । आफूहरूका माग सम्बोधन नभएकाले फोहोर फाल्न नदिने भन्दै स्थानीयहरूले अवरोध गरे । त्यसक्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भयो । स्थानीयसँगको झडपका क्रममा प्रहरी सहायक निरीक्षक (असई)सहित तीन जना प्रहरी कर्मचारी घाइते भए । प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड अश्रुग्यास र तीन राउण्ड हवाई फायर गर्‍यो । स्थानीयबासिन्दाले ढुंगामुढा गर्दा १२ वटा गाडीमा क्षति पुगेको प्रहरी बताउँछ । प्रहरीले बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, तपन उप्रेतीसहित चार जनालाई नियन्त्रणमा लिएको छ । स्थानीयले अवरोध गरेपछि फोहोर बोकेका टिपर फोहोरसहित काठमाडौं फिर्ता भएका छन् । फोहोरको यो कहर नयाँ होइन । त्यसकारण पनि बरु अब नयाँ विकल्प सोचिनुपर्छ । अर्थात्, यसको दीर्घकालीन समाधानबारे सोच्नुपर्छ । एक ठाउँ उत्पादन हुने फोहोरले अर्का ठाउँका नागरिकलाई किन सास्ती दिने ? किन रोगको भुंग्रोमा पार्ने ? सिसडोल र बञ्चरेडाँडाका नागरिकले फोहोर फाल्न दिँदैनौं भन्न पाउँछन् । यो उनीहरूको अधिकार हो । गर्दै नगरेको गल्तीको सजाय उनीहरूलाई किन दिने ? तर, काठमाडौंमा ठाउँ अभाव भएकाले सिसडोल र बञ्चरेडाँडाका नागरिकको स्वास्थ्यलगायत कुनै पनि कुरामा प्रतिकूल असर नपर्नेगरी, उनीहरूकै सहमतिमा हाललाई अल्पकालीन रूपमा फोहोर व्यवस्थापन गर्नसक्ने विकल्प भने सरकारसँग छ । तर, सबभन्दा उपयुक्त उपाय कुनै प्रविधिको प्रयोग गरेर काठमाडौं उपत्यकाबासीको स्वास्थ्य र यहाँको वातारणमासमेत कुनै नकारात्मक असर नपर्नेगरी काठमाडौंमै फोहोर बिसर्जन गर्ने वातावरण मिलाउनुपर्छ । तत्कालका लागि भने ल्याण्डफिल्ड साइटका नागरिकको सार्वजनिक सरोकारलाई ध्यान दिएर, उनीहरूका कुरा सुनेर, कुनै पनि प्रतिकूल असर नपर्नेगरी फोहोर व्यवस्थापनको वातावरण बनाउन सकिन्छ । यसका लागि काठमाडौं महानगरपालिका र सरकारले ध्यान देओस् । महानगरबासीले पनि आफ्नो कोठा, घर, कार्यालय, व्यवसाय कुनै पनि ठाउँबाट निस्किने फोहोरलाई कुहिने र नकुहिनेगरी दुई छुट्टाछुट्टै प्याकिङ गरेको खण्डमा फोहोर व्यवस्थापनमा सहयोग पुग्नेछ । फोहोर व्यवस्थापन नहुँदा त्यसको प्रत्यक्ष असर हाम्रो स्वास्थ्य र दैनिकीमा पर्ने भएकाले महानगरबासी यसमा सचेत बन्नैपर्छ । हाम्रो आनीबानीको सानो सुधारले फोहोर व्यवस्थापनमा ठूलो सहयोग हुनेछ ।
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP