Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आप्रवासी कामदारको अधिकारबारे अन्तर्राष्ट्रिय सम्मलेन हुने
आप्रवासी कामदारको अधिकारबारे अन्तर्राष्ट्रिय सम्मलेन हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २२, २०७६
Hardik health
शशिशेखर घिमिरे काठमाडौं– आप्रवासी कामदारको अधिकार संरक्षणलाई जोड दिने उद्देश्यले आउँदो कात्तिक २६ देखि २८ गतेसम्म काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मलेन हुने भएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आप्रवासी कामदारहरूको अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै उक्त सम्मलेन गर्न लागेको जनाएको छ । सम्मेलनले आप्रवासी कामदारहरूको समस्या समाधानको दीर्घकालीन उपायको खोजी गर्दै कामदार पठाउने र लिने मुलुकका प्रतिनिधिहरू सहभागी हुन जनाइएको छ । उक्त सम्मलेनमा दक्षिण एसिया, एसिया प्रशान्त क्षेत्र, अफ्रिका, दक्षिण अमेरिका र युरोप क्षेत्रका राष्ट्रिय मानवअधिकार संस्थाका प्रमुख तथा आयुक्तहरू पनि सहभागी हुने कार्यक्रम रहेको छ । राष्ट्रिय मानव अधिकारको आयोगका सदस्य तथा सम्मेलनका संयोजक सुदीप पाठकले सम्मेलनमा गन्तव्य मुलुकका सरकारी निकायका प्रतिनिधिहरू, गैरसरकारी संस्थाका प्रतिनिधिहरू, आप्रवासन क्षेत्रका विज्ञहरू समेत गरी ३० देशका सरोकारवाला पक्ष सहभागी हुने जनाए । सम्मेलनमा अफ्रिकी राष्ट्र केन्या र मोरक्को, एसियाप्रशान्त मुलुकहरूबाट फिलिपिन्स, मलेशिया, कतार, युएई, बहराइन, थाइल्यान्ड, मंगोलिया, अष्ट्रेलिया, न्युजिल्यान्ड, भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका, जर्मन, मोरिसस लगायतका २५ मुलुकहरूको सहभागिता रहने उल्लेख छ । आप्रवासी सम्मेलनमा मूलतः वैदेशिक रोजगारमा कामदार पठाउने मुलुक, लिने मुलुक र सम्बन्धित देशका मानवअधिकार आयोगका प्रतिनिधि, कर्मचारी ट्रेड युनियनका प्रतिनिधिको सहभागिता हुने उल्लेख छ । साथै सम्मेलन आप्रवासीहरूको अधिकार संरक्षण र समस्या समाधानको दीर्घकालीन उपायको खोजी गर्ने तर्फ केन्द्रित हुने पाठकले बताए । विशेषगरी, नेपाली कामदारको बारेमा रोजगार गन्तव्य मुलुकमा मानवअधिकार आयोगको टोली जाँदा ज्यादा समस्या सुनिने गरेकोतर्फ ईगिंत गर्दै पाठकले आउँदो सम्मेलनले कामदार पठाउने र लिने मुलुक र काम गर्ने संस्थाका कारण आप्रवासी कामदाहरूलाई परेको समस्याको कारण खोतल्दै समाधानको दिशातर्फ उन्मुख हुने बताए । सम्मेलनमा आप्रवासी कामदारहरूको मानवअधिकार संरक्षणका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबाट प्रस्तुत कार्यपत्रलाई आधार मानेर प्राप्त विषयलाई गहन छलफल गरि बुँदागत रूपमा अघि बढ्ने जनाइएको छ । साथै सम्मेलनले सरोकारवाला निकायको माध्यमवाट समस्या समाधानको उपायहरू समेत संलग्न गरी काठमाडौं घोषणापत्र जारी गरिने पनि जनाइएको छ । सन् २०१२ को नोभेम्बरमा काठमाडौंमा राष्ट्रिय मानवअधिकार आयोगले आप्रवासी कामदारको अधिकारसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन गरेको आठ वर्षपछि दोस्रो सम्मेलन हुन लागेको हो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  ०८:२७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP