Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • चाँडो उठाऊ फोहोर
चाँडो उठाऊ फोहोर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ १८, २०७९
Hardik health
स्थानीय तहको निर्वाचन सम्पन्न भएर काठमाडौं महानगरपालिकामा जनप्रतिनिधि अँइसकेका छन् । उनीहरूले पदभार पनि ग्रहण गरिसकेका छन् । तर, चुनावताका नै काठमाडौंका सडकमा थुप्रिएको फोहोर थुप्रो भने झन्झन् अग्लिदै छ । यसले पैदलयात्रुलाई नाक थुनेर हि“ड्ने अवस्था त सिर्जना गरेको छ नै, वातावरण र मानवस्वास्थ्यमा पनि प्रतिकूल असर गरिरहेको छ । यतिबेला हेर्ने हो भने काठमाडौंका गल्ली–गल्लीमा फोहोर थुप्रिएको छ । दुईरतीन हप्तासम्म फोहोर नउठ्दा नागरिक आक्रान्त र आक्रोशित बनिरहेका छन् । उसो त यो समस्या अहिलेको मात्र होइन । पटक–पटक यस्ता समस्या दोहोरिरहेका छन् । महिनौंसम्म पनि फोहोर नउठ्ने समस्या काठमाडौंवासीले झेलिसकेका छन् । तर, सधैँको समस्या त हो नि भनेर कोही पनि पन्छिन मिल्दैन । अझ काठमाडौं महानगरपालिका एउटा जिम्मेवार निकाय भएकाले तत्काल तदारुकता देखाउनैपर्छ । सोमबार काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न नगरप्रमुख बालेन्द्र शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कामपाको नवनिर्वाचित प्रमुख शाहको अध्यक्षतामा सोमबार बसेको पहिलो कार्यपालिका बैठकले उपप्रमुखसहित पा“च जनाको अध्ययन कार्यदल गठन गर्ने निर्णय ग¥यो । शाह निर्वाचित भएको घोषणा भएकै दिन पनि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनस्थल सिसडोल र बञ्चरेडा“डा पुगेर फर्किएका थिए । फोहोर व्यवस्थापन र खाल्डाखुल्डी काठमाडौंका प्रमुख चुनौती हुन् । महानगरलाई सुन्दर बनाउन यी कुराले बाधा गरिरहेका छन् । मेयर शाहले काठमाडौं महानगरलाई देशकै उत्कृष्ट सहर बनाउने घोषणा गरेका छन् । यसका लागि आवश्यक पूर्वाधार निर्माण, सम्पदा संरक्षण, योजना निर्माण, वृक्षरोपण या यस्तै काम त गर्नुपर्ला नै तर, सबैभन्दा पहिले फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्छ । बाहिरबाट हेर्दा सुन्दर लाग्ने तर, जब सहर छिरिन्छ तब दुर्गन्धले नाक छोप्दै हिँड्ने अवस्था आउने हो आवरणको सुन्दरताको कुनै अर्थ छ । मेयर शाहका अनेक परिचय छन् । उनी युवा छन् । पढेलेखेका छन् । इञ्जिनियर पनि हुन् । यसकारण उनीबाट महानगरबासीका थुप्रै अपेक्षा छन् । दलीय राजनीतिले थिलोथिलो पारेको महानगरलाई माथि उठाउन मतदाताले आफ्नो अपेक्षा स्वतन्त्र उम्मेदवार शाहलाई आफ्नो अमूल्य मत दिएर व्यक्त गरेका छन् । शाह पनि दलका नेताजस्तो चुनावअघि अनेक फुर्का जोडिएका सुन्दर घोषणापत्र बनाउने र पदमा पुगेपछि कार्यान्वयन गर्ने चरित्रमा चुर्लुम्म भए भने यसले व्यक्तिगत रूपमा उनलाई त घाटा गर्छ नै । मतदाताको मतको समेत घोर अपमान ठहरिनेछ । आउँदा दिनमा स्वतन्त्र उम्मेदवारप्रतिको जनविश्वास पनि गुम्नेछ । देशको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरको नेतृत्वमा पुग्दै गर्दा मेयर बालेनका अगाडि चुनौतीका चाङ छन् । त्यसमध्येको पहिलो चुनौती नै फोहोरमैला व्यवस्थापन हो । उनले कार्यदल बनाएर केही सकारात्मक सन्देश त दिएका छन् । तर, कार्यदलमा नरहेका वडाध्यक्षलाई फोहोरमैला व्यवस्थापनमा जिम्मेवार बनाएनन् भने कार्यदल मात्र होइन सिंगो महानगर नै असफल हुने जोखिम छ । तसर्थ, महानगरमा निर्वाचित सबै जनप्रतिनिधि र महानगरबासीको साथ लिएर फोहोरमैला व्यवस्थापनमा जुट्नुपर्छ । यसअघि पनि अभ्यास भएको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै फाल्ने व्यवस्थामा कडाइ गर्नुपर्छ । यसका लागि चाहिने न्यूनतम पूर्वाधार तयार पार्नुपर्छ । घरभित्रबाट फोहोर निकाल्दा दुईवटा पोका/बोरा निकाल्न लगाउनुपर्छ । एउटा कुहिने, एउटा नकुहिने । बाटोमा पनि यसका लागि प्रशस्त डस्टबिनहरू राख्नुपर्छ ।आमनागरिकको तहबाट पनि जिम्मेवारी प्रदर्शन गर्न जरुरी छ । आफ्नो घरभित्र उत्पादन भएको फोहोरलाई बाहिर सडकमा जथाभावी फाल्ने, महानगरलाई औंला देखाएर पन्छिने काम पटक्कै गर्नु हुँदैन । महानगर हामी सबैको हो र यसको सफलता वा असफलताका लागि हामी सबै जिम्मेवार छौं भन्ने बिर्सिनु हुँदैन । सबभन्दा नजिकको सरकार भएको नाताले महानगरपालिकाको आफ्नो दायित्व त छँदै छ, नागरिकले पनि आफ्नो कर्तव्य र जिम्मेवारी पालना गर्ने हो भने काठमाडौं साँच्चिकै सुन्दर सहर बन्नेछ । लोभलाग्दो सहर बन्नेछ । सम्पदा र संस्कृतिले भरिपूर्ण सहर काठमाडौंलाई सरसफाइमा पनि उत्तिकै सुन्दर बनाउन सबैजना आजैदेखि आ–आफ्नो ठाउँबाट लागि परौँ।
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP