Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • असुरक्षित हवाई यात्रा
असुरक्षित हवाई यात्रा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १७, २०७९
Hardik health
आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एनइटी ट्वीनअटर जहाज दुर्घटना हुँदा त्यसमा सवार सबै २२ जनाको मृत्यु भयो । यसमा चालकदलका तीन जनासहित १३ नेपाली, चार भारतीय र दुई जर्मन नागरिक परे । खराब मौसम छिचोल्दै पोखराबाट अघि बढेको जहाज जोमसोम पुग्न थोरै मात्र बाँकी रहँदा मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भीरमा दुर्घटनामा पर्‍यो । यो दुर्घटना नेपालका लागि पहिलो होइन । हवाई दुर्घटनाको लगत राख्न थालिएको ६७ वर्षयता आइतबारको दुर्घटनासमेतलाई जोड्दा नेपाली आकाशमा १०८ वटा हवाई दुर्घटना भएका छन् । जसमा १०० भन्दा बढीले मृत्युवरण गर्न पुगे । केही घाइते भए । अर्को दुःखद् पक्ष भनेको आइतबारको दुर्घटना यती समूहको १३औं हवाई दुर्घटना हो । यती समूहले दुर्गम उडानका लागि १३ वर्षअघि तारा एयरको नाम दिएर छुट्टै कम्पनी स्थापना गरेको थियो । तारा एयर स्थापना भएयता नै छ वटा दुर्घटना भइसकेका छन् । कूल १३ वटा दुर्घटनामा यती समूहले मानवीय क्षति भएका छ वटा दुर्घटना बेहोरिसकेको छ । यसमा तीनवटा तारा र तीनवटा यतीसँग सम्बन्धित छन् । बाँकी सात वटा घटनामा यात्रु घाइते भए पनि कुनै मानवीय क्षति भने हुन पाएन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिमाली भेगमा मात्रै ११ वटा दुर्घटना भएका छन् । प्राधिकरणद्वारा जारी एभिएसन सेफ्टी रिपोर्ट–२०२१ का अनुसार, २०१२ सालदेखि २०७६ चैतसम्म नेपालमा भएका १०७ हवाई दुर्घटनामा अल्ट्रालाइट वायुयान तीन, एकल इञ्जिनयुक्त विमान आठ, विदेशी वायुसेवाका नौ, हेलिकप्टर ३६ र मल्टी इञ्जिनयुक्त विमानसँग सम्बन्धित ५१ वटा दुर्घटना भएका छन् । यसले नेपाली आकाश सुरक्षित छैन भन्ने संकेत गर्छ । उसो त पुराना जहाज, मौसम खराब हुँदा पनि उड्नैपर्ने पाइलटमाथिको ‘दबाब’जस्ता कारणले पनि दुर्घटना निम्तिने गरेका छन् । नेपाली आकाशमा हरेक दुई वर्षमा हवाई दुर्घटना हुन थालेपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र युरोपियन युनियन (इयू)ले नेपालको हवाई उडानलाई कालोसूचीमा राखेको छ । केहीदिन पहिले मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री प्रेम आलेले कालोसूचीबाट हटाउन माग गरेका थिए । तर, यसमा उनीहरूले सम्बोधन गरेका छैनन् । सरकारले तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन वरिष्ठ एरोनटिकल इञ्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा पाँच सदस्यीय जाँच आयोग गठन गरिसकेको छ । तर, हरेकपटकको दुर्घटनापछि बन्ने यस्ता आयोगले कि मौसमलाई कि दुर्घटनामा निधन भइसकेका चालकलाई दोषी करार गर्ने गरेको पाइन्छ । जसले गर्दा एयरलाइन्स कम्पनीहरू दोषको भागिदारीबाट उम्किने गरेका छन् । हेरौं, आयोगले यसपटक के प्रतिवेदन दिन्छ ।तर, अब एउटा सोच्नुपर्ने विषय भनेको उडानमा कडाइ गर्नुपर्ने देखिन्छ । खराब मौसम हुँदा वा मौसमको जोखिम रहँदा उडान सञ्चालन गरिनु हुन्न । उडानका लागि पाइलटलाई ‘अनुचित दबाब’ दिनुहुन्न । पुराना जहाजहरूलाई विस्थापन गर्नुपर्छ । किनकि, दुर्घटनाको कारण पुराना जहाज पनि बन्न सक्छन् । समग्रमा, नेपाली हवाई यात्रालाई सुरक्षित बनाउन सरोकारवाला सबैले बेलैमा ध्यान दिनुपर्छ । कामना गरौं यस्ता दुर्घटनाहरू अब नेपालीले कहिल्यै व्यहोेर्न नपरोस् । फेरि यस्तो नियति कहिल्यै नदोहोरियोस् ।
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP