Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार बचतपत्रमा लगानीको अवसर
वैदेशिक रोजगार बचतपत्रमा लगानीको अवसर
शुक्रबार, जेठ १३, २०७९
Hardik health
काठमाडौं– नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरुलाई लक्षित गर्दै ५० करोड रुपैया“ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले पा“च वर्ष अवधिका लागि उक्त बचतपत्र बिक्री गर्न लागेको हो । यो बचतपत्रमा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा रहेका नेपाली नागरिक, विदेशबाट फर्किएका र गैरआवासीय नेपालीहरुले लगानी गर्नसक्ने राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्माका अनुसार यो बचतपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १२.५ प्रतिशतका दरले ब्याज पाउने छन् । बचतपत्र खरिदकर्तालाई ६–६ महिनामा ब्याज प्रदान गरिने उनले बताए । साथै, लगानीकर्ताले पछि बचतपत्र फिर्ता गर्न चाहेमा बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकबाट जुनसुकै बेला फिर्ता गर्न सकिने उपनिर्देशक विश्वकर्माले बताए । यो बचतपत्रको बिक्री यही १८ जेठदेखि आगामी ६ असारसम्म खुला गरिने राष्ट्र बैंकले जानकारी दिएको छ । ‘विदेश गएका, विदेशबाट फर्किएका, विदेश गएका परिवारका सदस्य तथा गैरआवासीय नेपालीले न्यूनतम १० हजार रुपैया“ बराबरको बचतपत्र खरिद गर्न सक्ने छन्,’ विश्वकर्माले भने । विदेशबाट फर्किएकाको हकमा छ महिना बितेकाहरुले भने यस प्रक्रियामा सहभागी हुन नपाउने राष्ट्र बैंकले जनाएको छ । वैदेशिक रोजगार बचतपत्र लिन चाहने व्यक्तिले सरकारले निर्धारण गरेको प्रक्रियामार्फत विदेशबाट पैसा पठाएको प्रमाणित हुने कागजात पेस गर्नुपर्नेछ भने परिवारका सदस्यको थप नाता प्रमाण पनि पेस गर्नुपर्नेछ । यसको लागि विद्युतीय प्रणालीमार्फत आफूले चाहेको मूल्य बराबरको बचतपत्रको आवेदन दिन सकिने उपनिर्देशक विश्वकर्माले बताए । नेपालबाट विदेश जानेको संख्या बढ्न थालेपछि सरकारले वैदेशिक रोजगार कार्यविधि २०६४ अनुसार २०६६÷६८ सालबाट वैदेशिक रोजगार बचतपत्र बिक्री गर्न थालेको विश्वकर्माले जानकारी दिए । ‘सरकारले यस वर्ष २३९ अर्ब आन्तरिक ऋण उठाउने नीति लिएअनुरुप वैदेशिक रोजगार बचतपत्रमार्फत ५० करोड संकलन गर्ने लक्ष्य लिएको छ,’ उनले भने, ‘यसबाहेक सरकारले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्रलगायत औजारमार्फत पनि आन्तरिक ऋण उठाउने गर्छ ।’ वैदेशिक रोजगार बचतपत्र चालु आवका लागि यो नै अन्तिम हुने भएकाले इच्छुक व्यक्तिहरुले आफूले चाहेको मूल्य बराबरको बचतपत्र लिनसक्ने विश्वकर्माले बताए । यसका लागि राष्ट्र बैंकको वेबसाइटमार्फत् अनलाइन आवेदन दिने व्यवस्था गरिएको उनले जानकारी दिए ।  
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १४:३५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP