दोहा– युरोप पठाउने भन्दै कतार ल्याएर अलपत्र पार्ने काम पछिल्लो समय बढ्दै गएको छ । पोल्यान्ड, पोर्चुगल, टर्कीलगायत युरोपेली मुलुकमा पठाउने भन्दै ठगी गर्ने क्रम बढेको हो ।
केहि दिन यता युरोपलगायत देशहरूमा पठाउने भन्दै कतार ल्याएर अलपत्र पार्नेको उजुरी बढेपछि कतारस्थित नेपाली दूताबासले एक सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको छ । नेपालबाट पोल्यान्डलगायत युरोपेली मुलुकहरूमा पठाइदिने भनी नेपाली नागरिकहरूलाई कतार ल्याई अलपत्र पारेको र ठूलो रकम असुल गरी सम्पर्कमा नरहने गरेको गुनासो आउने गरेकोसमेत दूताबासले जनाएको छ ।
नेपालबाट कुनै तेस्रो मुलुक जानका लागि कतार आइरहनु नपर्ने र कतारको वोर्किङ भिसा प्राप्त गरेको अवस्थामा अन्य तेस्रो मुलुक जान पाइने प्रावधान छैन । यस्तो अवस्थामा केही व्यक्तिले नेपाली नागरिकहरूलाई आकर्षक जागिरको प्रलोभन देखाई पोल्यान्डलगायत युरोपेली मुलुक पु¥याउने नाममा ठूलै मात्रामा रकम असुल गरिरहेको बुझिन आएको हु“दा कसैको सम्पर्कमा यस्ता व्यक्तिहरू आएमा त्यस्ता व्यक्तिहरूको भनाइमा विश्वास नगर्न दूताबासले अनुरोध गरेको छ ।
यसैबीच, युएईमा भिजिट भिसामा ल्याएर अलपत्र पार्ने नेपाली ’तस्कार’हरूको नाम दूतावासले सार्वजनिक गरेको छ ।
युएई स्थीत नेपाली दूतावासले युएईमा विभिन्न समयमा भिजिट भिसा लगायतमा नेपालीलाई ल्याएर अलपत्र पार्ने ’मानव तस्कर’हरूको सूची सार्वजनिक गरेको हो । दूताबासले प्रेस विज्ञप्तिमार्फत सो सूची सार्वजनिक गरेको छ । सो सूचीमा त्यस्ता व्यक्तिहरूको नाम, ठेगाना, कम्पनीको ठेगाना तथा टेलिफोन नम्बरसमेत उल्लेख छ । उनीहरूको पहिचान पीडितले दिएको निवेदन तथा अन्य स्रोतहरूबाट गरिएको दूतावासले जनाएको छ ।
यसैबीच मानव तस्करको प्रलोभनमा परेर विभिन्न समयमा भिजिट भिषामा युएई आएका तथा विभिन्न समस्यामा परेर दूतावासको आश्रयस्थलमा आएका गरी ७१ जनालाई युएईस्थित नेपाली दूतावासले स्वदेश फिर्ता पठाएको छ । यो संख्या गत साउनयता स्वदेश पठाइएका नेपालीहरूको हो ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६ ०६:२५